ट्रेंडिंग:

>> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने

कफीमा तुसारो र गवाँरो

चिसो शुरु भएसँगै कफीका बोटमा समस्या देखिएको छ । कफी उत्पतिको जननी गुल्मीमा अहिले २ सय ४१ हेक्टर क्षेत्रफलमा कफी खेती गरिँदै आएको छ । जिल्लामा यस वर्ष ३० मेट्रीक टन कफी उत्पादन भएको थियो । जस अन्तर्गत आठ टन ग्रिनविन मात्र तेश्रो मुलुकमा निर्यात भएको छ ।
१ पुष २०८०, आइतबार
१ पुष २०८०, आइतबार

गुल्मी, १ पुस ।  चिसो मौसम शुरु भएसँगैै गुल्मीका कफी कृषकहरू चिन्तीत बन्न थालेका छन । चिसो मौशममा तुसारो पर्ने र कफीमा गँवारोको समस्या बढी देखिने भएका कारण चिसो मौशममा कफीका विरुवा र बोटहरू जोगाउन समस्या देखिएको छ । चिसो मौसम शुरु हुन थालेपछि कफीका बिरुवा जोगाउन समस्या परेको र सोंचे अनुसार कफी खेतीबाट प्रतिफल आउन नसकेको किसानहरूको गुनासो छ ।
कृषि ज्ञानकेन्द्र गुल्मीले कफीको जननी जिल्ला गुल्मीमा कफी खेतीमा कसरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्लाका कफी किसानहरूसँग राय तथा सुझाबहरू संकलन गरेको छ । छलफलका क्रममा कफी कृषहरूले आफूले भोगेका समस्या राखेका थिए । कफी किसानका समस्याको बारेमा प्रत्यक्ष रूपमा जानकारी लिने उद्देश्यले ज्ञान केन्द्रले केही समय अघि कृषकहरूसँग गरेको सामूहिक छलफलसँगै कफी कृषकहरूले आफ्ना अनुभव राखेका हुन ।

कार्यालयले आयोजना गरेको छलफल कार्यक्रममा बोल्ने अधिकांस कृषकहरूले कफीवाट आफुहरूले सोंचे अनुसारको प्रतिफल प्राप्त गर्न नसकेको बताएका थिए । उनीहरूले कफी खेतीको विस्तारका लागि राज्यले कफीका बिरुवामा अनुदान उपलब्ध गराएर कफीको उत्पादन र उत्पादकत्व बृद्धि नहुने बताए । किसानहरूलाई राज्यले कफीका बिरुवामा अनुदान दिनु भन्दा बरु एक जना ज्यामी बराबरको पारिश्रमीक उपलब्ध गराउनु पर्नेमा उनीहरूले जोड दिए । व्यावसायीक रूपमा कफी खेती गरि एक हजारदेखि १५ सयसम्म कफी लगाउने किसानलाई मासिक एक जना ज्यामी बराबरको रकम उपलब्ध गराउनु पर्ने उनीहरूको माग रहेको छ ।

रुरुक्षेत्र गाउँपालिका १ अन्तर्गत भड्कुवाकी कफी कृषक मना भट्टराईले चिसो मौसम शुरु भएपछि कफीका बिरुवाहरू मर्ने र फल्ने समयमा सेतो गँवारो, तुसारो, छहारीको समस्या जस्ता कारण कफीका बोटहरू सुक्दै जाने गरेको बताए । भट्टराई जस्तै लामो समयदेखि व्यवसायीक रूपमा कफी खेती गर्दै आएका भडकुवा, बलेटक्सार, आँपचौर मुसिकोट लगायतका अधिकांस कफी कृषकहरूको पनि उस्तै गुनासो थियो । संघ, प्रदेश र स्थानीयतहले कफीमा दिने अनुदान नीतिमा पनि परिमार्जन गर्नु पर्नेमा उनीहरूको मुख्य जोड छ ।

स्थलगत रूपमा अध्ययन नगरि कफी लगाउने नाममा विरुवामा दिईने अनुदानले किसानहरूलाई फाईदा नपुग्ने किसानहरूको भनाई छ । कफी किसानहरूले अनुदान दिने प्रणालीमा परिवर्तन गरि कफी लगाएको आधारमा स्थलगत रूपमा निरिक्षण गरेर मात्र किसानलाई अनुदान उपलब्ध गराउने नीति बनाउन आग्रह गरेका छन । यसबाट मात्र किसानलाई व्यवसायीक कफी खेतीमा आकर्षण गराउन सकिने किसानको सुझाब थियो ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले पनि कफी कृषकहरूले राखेका समस्या उपयुक्त भएको भन्दै कफीमा दिने अनुदानको नीतिलाई परिवर्तन गरि कसरी व्यवसायीक रूपमा थप आकर्षण गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायलाई पनि सोचनीय विषय रहेकोे बताए । उनले कफीको उत्पादन भएमा त्यसको बजारीकरणका लागि खासै समस्या नरहेको बताए । कफीको उत्पादन र प्रबिधि विस्तारको लागि कार्यालयले आगामि दिनमा थप प्रभावकारी योजना बनाउने उनले स्पष्ट पारे

कफी उत्पतिको जननी जिल्ला गुल्मीमा अहिले २ सय ४१ हेक्टर क्षेत्रफलमा कफी खेती गरिदै आएको छ । जिल्लामा यस वर्ष ३० मेट्रीक टन कफी उत्पादन भएको थियो । जस अन्र्तगत आठ टन ग्रिनविन मात्र तेश्रो मुलुकमा निर्यात भएको छ । पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना अन्र्तगत कफी सुपर जोन, आँपचौर कफी विकास केन्द्र, कफी अनुसन्धान केन्द्र लगायत स्थानीय तहले कफी खेतीमा काम गर्दै आईरहेका छन ।

जिल्लामा यति धेरै कफीको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू भएपनि कफी किसानहरू भने सेतो गँवारो र तुसारोको समस्याबाट सधै ग्रसित बन्दै आईरहेका छन । गुल्मीमा पछिल्लो तथ्याङ्क अनुसार कफी खेतीमा आवद्ध बनेका किसानहरूको संख्या १८ सयको हाराहारीमा रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?