Butwal Today

उद्योग ब्यापार संघको सबै पदमा एकल उम्मेदवारी दर्ता

१ पुष २०८०, आइतबार
अ+
अ-

बुटवल,१ पुस । उद्योग ब्यापार संघ बुटवलको पांचौं साधारणसभा तथा तेस्रो अधिवेशन अन्तर्गत नयां नेतृत्वका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । ९ पदाधिकारी सहित २५ सदस्यीय कार्यसमितिमा सबै पदमा एकल उम्मेदवारी दर्ता भएकाले सर्वसम्मत नेतृत्व चयन हुने निर्वाचन समिति संयोजक दामोदर घिमिरेले बताए ।
जसअनुसार अध्यक्षमा विष्णु प्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्षमा लोकनाथ पन्थी, उद्योग उपाध्यक्षमा पदम जि.सी., बाणिज्य उपाध्यक्षमा केशव श्रीस,महिला उपाध्यक्षमा अन्जु पाण्डे, महासचिवमा यमलाल मरासिनी, सचिवमा कोशलराज भण्डारी, कोषाध्यक्षमा नम्रता थापा र सहकोषाध्यक्षमा अर्जुन गिरीको उम्मेदवारी परेको छ । यस्तै कार्य समिति सदस्यहरुमा न्या जुद्दिन मियाँ, विनोद खाती, देवेन्द्र राना, विष्णु मरासिनी, दिपीका क्षेत्री, विशाल पन्थी, विनोद आचार्य,सौरभ भुसाल, दिल प्रसाद शर्मा, प्रशान्त बञ्जाडे, विजय आचार्य, जिब ब. बुढाथोकी, जनेस पन्थी, बसन्ता खनाल र नारायण प्रसाद पाण्डेको उम्मेदवारी परेको निर्वाचन प्रमुख घिमिरेले जानकारी दिए । संघको साधारण सभा तथा अधिवेशन सोमबार इटाभट्टीस्थित एशियन पार्टी प्यालेसमा हुने संघका महासचिव पदम जीसीले जानकारी दिए । नयां कार्यसमितिमा वर्तमान अध्यक्ष अध्यक्ष गोबिन्दराज गैरे पदेन दोस्रो बरियताका पदाधिकारी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?