Butwal Today

अटोभिलेज पनि भाडाको जग्गामा

बर्षाैंदेखि जग्गा अभाव भन्दै लमही बजार स्थित राजमार्गसँगै सटेका अटो ग्यारेजहरू संरचनामा अभावको कारण अव्यवस्थित सहरको रूपमा पहिचान बनाएको लमहीको पहिचान फेरिने अपेक्षा गरिएको छ ।
३० मंसिर २०८०, शनिबार
अ+
अ-

लमही, ३० मंसिर ।  अटोभिलेज संचालनका लागि जग्गाको अभाव देखाउँदै बजारमै अब्यबस्थित बन्दै आएका अटोसप अब भने ब्यबस्थित हुने भएका छन । लमही नगरपालिकाले जग्गा लिजमा लिएर अटो भिलेज सन्चालन ल्याउन थालेको नगरपालिकाका मेयर जोगराज चौधरीले बताए ।

बर्षाैंदेखि जग्गा अभाव भन्दै लमही बजार स्थित राजमार्गसँगै सटाए अटो, ग्यारेजहरू संचानमा आएका छन । जसका कारण अव्यस्थित शहरको रूपमा लमही बजार परिचित हुँदै आएको छ । अटो भिलेजका लागि जग्गा माग गर्दै राप्ती अटो इन्जिनियर एसोसिएसनले नगरपालिकामा आग्रह गर्दै आएको थियो । नगरपालिका–३ मा रहेको बाल जनता माध्यामिक विद्यालयको जग्गालाई भाडामा लिएर अटो भिलेज संचालन गरिने भएको छ । अटो भिलेज निर्माणका लागि वडा नम्बर ३ का वडा अध्यक्षको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

जसको संयोजकमा मनोज कुमार चौधरी, सदस्यहरूमा वडा नम्बर ४ का वडा अध्यक्ष सुबास न्यौपाने, वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, चन्द्रा चौधरी, तुलसा विक, र प्रशासन शाखाका प्रमुख महेश थापा ठेडीलाई सदस्य सचिव रहेका छन ।

त्यस्तै अव्यवस्थित रूपमा रहेका बजार क्षेत्रका अटो ग्यारेजलाई स्थानान्तरण गरेपछि बजार क्षेत्र सुन्दर र सफा देखिने गरि ब्यबस्थापन गर्ने’वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले बताए । हामीले यो कामलाई तिब्ररूपमा अगाडी बढाउने छौं’– उनले भने । यता लमही निवासी नागरिक अगुवा हरू भने जनप्रतिनिधि निर्वाचन भए यता लमही नगरपालिकाले पहिलो राम्रो काम गरेको बताएका छन ।