ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

सिद्धबाबा सुरुङमार्गको कामलाई तीव्रता दिन मन्त्री ज्वालाको निर्देशन

३० मंसिर २०८०, शनिबार
३० मंसिर २०८०, शनिबार

बुटवल, ३० मंसिर ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको भन्दै कामलाई तिव्रता दिन निर्देशन दिएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणधिन सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले कामको गति निकै ढिलो भएकोमा ध्यानआर्कषण गराउँदै तीव्रता दिन निर्देशन दिएका हुन् ।

सिद्धबाबा सुरुङ मार्गलाई ठूलो र महंगो आयोजनाका रुपमा लिइएको बताउँदै यसको काममा कुनै पनि लापरवाही नगर्न मन्त्रीले निर्माण व्यवसायीलाई सचेत बनाए । ‘अहिले ८÷९ प्रतिशत मात्रै काम काम भएको छ, कामको रफ्तार बढाउनका लागि स्थलगत निरीक्षण गरिएको हो’ मन्त्री ज्वालाले भने । सरकारका तर्फबाट समस्या समाधान गर्न तत्पर रहेको तर, वाहना बनाएर काममा ढिलाई गर्न छुट नदिने बताए । ‘समस्या कहाँनिर छ, त्यो हामी सुन्छौं, तर वाहना बनाएर ढिलाई गनए पाईँदैन’ उनले भने ।

मन्त्री ज्वालाले सिद्धबाबा सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल रुपमा पूरा गर्नका लागि आकस्मिक रुपमा निरीक्षण गरिएको बताए । उनले निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्माण व्यवसायीको कामप्रती सन्तुष्ट हुन सक्ने अवस्था नरहेको प्रतिक्रिया दिए । मन्त्री ज्वालाले माथिल्लो सिद्धबाबाको प्रवेशद्धार सहित ३ वटा क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबा देखि पाल्पाको दोभान चौकी सम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्गको अवधारणा अघि सारिएको हो । सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्परेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्गका लागि ७ अर्ब ३४ करोड सम्झौता गरेको हो । निरीक्षणमा सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले कामले गति लिन नसकेको स्विकार गरे । उनले सुरुङमार्ग नेपालका लागि नयाँ भएकाले अहिले बाहिरी डिजाईन स्विकृत गरेर काम भइरहेको बताए ।

यस्तै मन्त्री ज्वालाले बुटवल नारायणगढ सडकखण्डको पनि शनिबार नै निरीक्षण गरेका छन् । सडक निर्माण समयमा पूरा नहँुदा नागरिकले सास्ती पाएको बिषयमा जनगुनासो व्यापाक भएकाले आफू निरीक्षणमा आएको उनले बताए । ‘बुटवल नारायणगढ सडकको कामको गती बढेको छैन, सन्तुष्ट छैनौं’ मन्त्रीले भने –‘अहिले स्थलगत निरीक्षण गरेर समस्या के हो, त्यसको समाधान गर्ने गरी छलफलमा समेत जुटछौ ।’ मन्त्री शर्माले यस सडकका बिषयमा नागरिकहरुको गुनासो निकै धेरै भएकाले अब कुनै पनि वाहनामा काममा ढिलाई नगर्न निर्देशन दिएको बताए ।

मन्त्रीले आफु बुटवल–नारायणगढ सडकको काममा भइरहेको ढिलाईप्रति निकै चासो रहेको बताउँदै यसपटक समस्याको चुरो पत्ता लगाएर समाधान गर्ने गरी आएको बताए । उक्त अवसरमा बुटवल नारायणगढ पश्चिम सेक्टर आयोजना प्रमुख शंशाक मिश्रले पर्याप्त मात्रामा निर्माण सामाग्री नपाउँदा काममा ढिलाई भएको बताए । उनका अनुसार नारायणगढ बुटवल पश्चिम खण्डमा ३९ प्रतिशत भौतिक प्रगती छ । मन्त्री ज्वाला सहितको टोलीले शनिबारै हुलाकी सडकखण्डको समेत निरीक्षण गरेका छन् ।

यस्तै कपिलबस्तुमा निर्माण भएको सुरईखोलाको पुलको समेत उद्घाटन गरिएको छ । निरीक्षणमा मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशिल बाबु ढकाल, मन्त्रालयका निमित्त सचिव रघुराम विष्ट, एसियाली विकास बैंक(एडिबि)का निर्देनालयका प्रमुख चुराराज ढकाल, पुल महाशाखाका प्रमुख ललितजंग खनाल लगायतको सहभागिता रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?