Butwal Today

बुटवलमा निःसन्तान परामर्श शिविर सञ्चालन हुने

२९ मंसिर २०८०, शुक्रबार
अ+
अ-

बुटवल, २९ मंसिर ।

बुटवलमा निःसन्तान परामर्श शिविर सञ्चालन हुने भएको छ । भारतको सबैभन्दा ठूलो आइभीएफ एण्ड फर्टिलिटी चेन इन्दिरा आइभीएफको काठमाडौं क्लिनिकद्वारा निःसन्तान परामर्श शिविर सञ्चालन हुन लागेको हो ।

मंसिर ३० गते शनिबार बिहान १० बजेदेखि ओम उमन एण्ड चिल्ड्रेन हस्पिटल तिलोत्तमा–४ ड्राइभरटोल विष्णुभक्त पथमा शिविर आयोजना गर्न लागिएको हो । शिविरमा सहभागी भएर लाभ लिन क्लिनिकले निःसन्तान दम्पत्रीहरुलाई आग्रह समेत गरेको छ ।