Butwal Today

डन मोडल एकेडेमीमा विज्ञान प्रदर्शनी,विद्यार्थीले देखाए प्रतिभा

२९ मंसिर २०८०, शुक्रबार
अ+
अ-
तिलोत्तमा,२९ मंसिर । तिलोत्तमा ६, नयामिलस्थित डन मोडल एकेडेमीले विगत वर्षहरुमा जस्तै विज्ञान तथा प्रविधिमा रुचि राख्ने विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनका लागि विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ । विज्ञान प्रदर्शनीको तिलोत्तमा ६ का वडाअध्यक्ष गणेश पाठकले विद्यार्थीले बनाएको स्मार्ट डस्टविन र अटोमेटिक वाटर डिस्पेन्सरको प्रगोग गर्दै उद्घाटन गरेका छन् । पाठकले अहिलेको शिक्षा ब्यबहारिक हुनुपर्ने भन्दै तिलोत्तमा नगरपालिकाले कार्यान्वयनमा ल्याएको बुकलेस फ्राइडेलाई सदुपयोग गरी डन स्कुलले आफ्ना विद्यार्थीलाई रचनात्मक र सिर्जनात्मक क्रियाकलापमा संलग्न गराएकोमा सराहना व्यक्त गरे ।
 विज्ञान प्रदर्शनीमा विद्यालयमा कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेको विज्ञान सम्बन्धि सामाग्रीहरु प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा लुम्बिनी वल्र्ड स्कुलको साथै अन्य छिमेकी विद्यालयहरुका विद्यार्थीहरुले प्रदर्शनीको अवलोकन गरेका थिए । उक्त पदर्शनीमा नाईट भिजन ग्लास,रोबर्ट,डाइनामो,सोलर कुकर,म्याजिकल ट्याप,वाटर बोट,क्विज बार्ड,अर्थक्वेक अलार्म,भेजिटेवल कटर,मेटल डिटेक्टर, भ्याकुम क्लिनर,वाटर अलार्म, टच गेम,सेक्यूरिटी अर्लाम, वायरलेस, इनर्जी ट्रान्सफर, वाटर पम्प, इलेक्ट्रिक इरिगेसन, कम्प्रेसर, लिनियर मोटर, एक्चुएटर, भोल्टेज डिभाइडर,सर्कुलेटरी सिष्टम, यूरिनरी सिष्टम, लाइफ साइकल अफ बटरफलाइ, फुड चेन, मुटु, लगायत ७६ वटा विभिन्न विज्ञान सम्बन्धि सामाग्री तथा मोडलहरु प्रदर्शन गरिएको थियो । कक्षा ४ देखि १० सम्मका विद्यार्थीैहरुले आ–आफ्ना सामाग्रीहरुको बारेमा अवलोकन कर्ताहरुलाई वर्णन गरेका थिए ।
विद्यार्थीहरुको पढाइ तथा सिकाइलाई प्रयोगात्मकरुपमा प्रष्फुटन गर्न, नेपाल सरकारको पाठ्यक्रमको उद्देश्य अनुरुप किताबी ज्ञानलाई ब्यवहारमा उतार्न र कक्षाकोठा भित्र गर्न नसकिने विभिन्न प्रयोगात्मक क्रियाकलापहरुमा विद्यार्थीलाई सक्षम बनाउन विद्यालयले विज्ञान प्रदर्शनी आयोजना गरेको विद्यालयका प्राचार्य सीताराम भट्टराईले बताए । त्यसै गरी विद्यालय आलेप सदस्य नारायण प्रसाद पौडेलले विद्यालयका विद्यार्थीहरुले सराहनिय काम गरेको र भविष्यमा विज्ञानको अलवा अन्य क्षेत्रमा पनि यस्तै काम गर्नेछन भन्ने कुरामा आफु ढुक्क रहेको बताए । अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले अहिलेको युग विज्ञान र प्रविधिको युग भएकाले यस्ता विज्ञान प्रदर्शनीले नयां खोज र अनुसन्धानमा उत्प्रेरित गर्ने बताए । विद्यालय संचालक समितिका अध्यक्ष शिवकुमार पाठकले आगामि दिनमा पनि विद्यालयले रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरु गरिरहने बताए ।  शिक्षकहरु  गोविन्द अर्याल, ज्योती रेग्मी, आकाश भुसाल, नविना थापा र निर्मला नेपालले विद्यार्थीहरुलाई उनीहरुले प्रदर्शन गर्ने सामाग्रीहरु बनाउन सहयोग गरेका थिए । बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म चलेको विज्ञान प्रदर्शनीमा करिब १५ सय जनाले विज्ञान प्रदर्शनी अवलोकन गरेको विद्यालयका  सह–प्राचार्य सन्तोष पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?