Butwal Today

कांग्रेस महासमिति वैठक फागुनमा सर्‍यो

२९ मंसिर २०८०, शुक्रबार
अ+
अ-

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसले फेरि महासमिति बैठक तेस्रो पटक सरेको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन ७ देखि १० गते गर्ने निर्णय गरेको हो । यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो ।
तर, सो मितिमा गर्न नसकिने भन्दै सारेर पुस १६ देखि १९ सम्म पुर्‍याएको थियो ।  यसअघि पुसको जाडोमा जिल्ला जिल्लाबाट सदस्य आउन गार्‍हो हुने भन्दै फागुनमा बैठक सार्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा प्रस्ताव राखेका थिए ।