ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन

बुद्ध धर्ममा महिलाको स्थान र भूमिका

२९ मंसिर २०८०, शुक्रबार
२९ मंसिर २०८०, शुक्रबार

यो लेखमा बौद्ध धर्ममा महिलाको स्थानबारे चर्चा गरिएको छ । बुद्ध स्वयंले महिलाको स्थानबारे के भने ? अन्य वुद्धमार्गीले के भने ? महिलावादी सिद्धान्तले सोही विषयवस्तुलाई कसरी अथ्र्याउँछ ? भन्ने प्रश्नका उत्तरहरू यो लेखमा समावेश छ । लेखमा तत्कालीन समयमा महिलालाई पुुरुषको ध्यान भङ्ग गर्ने बस्तुको रूपमा रहेको जानकारी छ । यो मान्यतालाई वुद्धले महिलाहरू भावमही हुुन्छन् र ध्यान गर्न सक्छन अनि केही महिला निर्वाण प्राप्त गर्न सक्षम छन भनी बदलिदिएका छन । वुद्धग्रन्थ थेरिगाथामा यो कुराको चर्चा गरिएको छ । दलाई लामाले पनि महिलालाई प्रेम र शक्तिका स्वरूप मानेका छन् । यति हुँदाहुँदै पनि आजसम्म महिला लामा नबनेको कुरा उजागर गरिएको छ । निचोडमा बुद्ध धर्ममा नारीको स्थान पहिल्याउन नारीवादी समालोचनात्मक चिन्तन प्रस्तुुत गरिएको छ ।

बुद्धको विचार कसरी बन्यो ?

विचार शब्दबाट बन्छ । शब्दको फेरोभित्र हाम्रा विचारहरू बन्दछन् । जुन जुन प्रकारको शब्द हामीमा भरिन्छ त्यहि विचार बन्दछ । त्यसैले हरेक व्यक्ति फरक फरक विचारको हुने गर्दछ । बुद्धले बुढ्याइँ, रोग, तथा मृत्यु बुद्धले सुनेका शब्द हुन । उनले देखेका घटना पनि हुन । त्यसैले उनका चिन्तनहरू तीनै शब्दका वरिपरी घुमेका छन । उनका देशनाहरू पनि त्यसैको मुक्तिका लागि समर्पित छन् ।
गौतमबुद्ध नगर घुम्दै जाँदा बाटोमा रोगी, बृद्ध र मृत्यु भएको मानिसलाई देखेर उनको मनमा यो कसरी हुुन्छ ?मान्छे कसरी यो अवस्थामा पुग्छ ? के जीवनको अध्याय यति छोटो छ भन्ने सोच विचार आयो । यहीबाट सघन विचार गर्दै जाँदा बुुद्धमा चिन्तनको सुरुवात भयो । उनले यो समस्याको समाधानको उपाय के छ ? भनेर खोजी गर्न थाले । एक दिन ज्ञानको खोजीमा दरवारबाट बाहिर निष्किए । ६ बर्षसम्म कठोर तपस्या गरि बुुद्धत्व प्राप्त गरे । त्यसपछि बुुद्ध आफूलाई प्राप्त भएको ज्ञानको प्रचार प्रसारमा हिँड्छन् । उनको दर्शन र प्रबचनबाट उनकी आमा महाप्रजापती प्रभावित हुुन्छिन र आफूपनि बुद्धले प्रसार गरेको ज्ञान अनुरूपको आचरण र व्यवहार अनुसरण गर्ने प्रतिज्ञा गर्दछिन । यस घटनाले पनि बुुद्धको मस्तिष्कमा पुुरुषको लागि मात्र बौद्ध विहार निर्माण गरेर हुँदैन । महिलाका लागिपनि निमार्ण गर्नुपर्छ । किनकि पुरुष र महिलालाई सँगसँगै विहारमा राख्दा कामवासनातिर ध्यान जाने र त्यसको परिणाम स्वरूप ध्यान भङ्ग हुन सक्ने कुरामा उनी सचेत थिए । यस घटनाले बुद्धमा महिलाप्रति चिन्तन गर्ने थप ज्ञानको सुरुवात गरायो ।

वुद्धले देखेका रोगी मानिस हामीले पनि देखेका छौं । बुढो मानिस पनि देखेका छौं । मरेको मानिस पनि देखेका छौं । तर हामीले यसबारे सोचेका छैनौं । ती कुरालाई चिन्तनमा ल्याएका छैनौं । यस अर्थमा हामी चिन्तक बनेनौं । वुद्धलाई त्यही कुराले चिन्तक बनायो । खोजक बनायो । वुद्धले रोग, बुढ्याइँ तथा मृत्युको बारेमा सांज्ञानात्मक खोज गरे । दुुःख, रोग, बुढ्याइँ तथा मृत्यु एउटा विषयवस्तु हो । उनले यस्ता अनेकौं कुराको खोजी गरे । वुद्धले पनि समस्या समाधानका लागि नैं चिन्तन गरे । उनको समस्या ब्यक्तिगत थिएन । सार्वजनिक थियो । वुद्धको सार्वजनीक समस्याको समाधान खोज्ने चिन्तनले उनलाई महान बनायो ।

बुद्ध संघमा महिला कसरी प्रवेश गरे ?

सारनाथमा दिएको वुद्ध देशनालाई उनको संघमा महिला प्रवेशको आधार मान्न सकिन्छ । बुद्धले देशना दिन थालेको धेरै वर्षसम्मपनि उनको संघमा महिलालाई प्रवेश थिएन । त्यतिबेलाको समाजमा महिलालाई दोयम दर्जाको पनि मानिन्थ्यो । पुरुषलाई चाहिँ अब्बल दर्जाको ठानिन्थ्योे । स्त्रीले पुरुषको मन बिचलित गरिदिन्छन् । उनीहरूको गन्ध, आवाज, स्पर्शमात्रले पनि ध्यानस्थ पुरुषलाई विचलित गराइ दिन्छ । उनीहरूले मोहमा फसाउँछन् । वुद्ध सुत्तमा उल्लेखित “अगुत्तर निकाय एक कनिपात रूपादिवर्ग एक” पालीभाषाको यो वाक्यले दिने सन्देश यही हो । यसैले बुद्धले लामो समयसम्म महिलालाई दीक्षित गरेनन् । तर वुद्धको चेला आनन्दले भनेपछि उनले आमा, श्रीमती, नन्दा तथा आम्रपालीलाई देशना दिएका थिए । यसरी देशना दिंदापनि स्त्री बुद्ध बन्न सक्दैन्न भन्ने मान्यता तत्कालीन समाजमा थियो । त्यसैले बुुद्धले महिलाहरूलाई संघमा प्रवेश गराउन ५ वटा आधार बनाए । ती आधारहरू यस प्रकारका थिएः
वुद्धले बौद्ध संघमा सामिल हुनको लागि महिलालाई अधिकार दिए ।
बुद्धले संघमा महिलालाई नेता बन्ने अधिकार पनि दिए ।
कुनैपनि पुरुषको समर्थन बिना स्वतन् त्रभएर महिलाले आफ्नो व्यक्तित्व विकास गर्न सक्छिन भन्ने चिन्तन दिए ।
उनले परिवारको लागि छोरा जन्माउनु पर्ने धारणलाई तोडिदिए ।

महिलालाई शिक्षा र राजनीति आवश्यक छ भन्ने मान्यता स्थापित गरिदिए ।
महिलालाई संघमा प्रवेश गर्नकालागि वुद्धले बनाएका आधारमा केही सीमाहरू प्नि थिए । उनले बौद्ध संघमा सामेल हुन महिलाको उमेर बीस बर्ष हुनुपर्ने, ऋणबाट मुक्त हुनुपर्ने, राजाको सेवा गरेको हुनु नहुने, बा आमा जीवित भए उनीहरूको स्विकृति लिनुपर्ने, विधिवत बस्त्र र भिक्षापात्र प्रदान गर्नुपर्ने, दीक्षित भिक्षुणीले कडा अनुशासनमा बसेको हुनुपर्ने । तात्कालीन सामाजिक परिवेश तथा महिलाको स्वभाविक गुणलाई लिएर वुद्धले यो सीमा तोकेका थिए ।

नारीवादी चिन्तनमा बौद्धमार्गी महिला को हुन ?

नारीबादी दृष्टिकोणबाट हेर्दा तत्कालीन महिलाको धार्मिक स्थिति, घर र सामाजिक परिवेश अन्य धर्ममा भएका महिलाको भन्दा अब्बल देखिन्छ । उनीहरूले प्राप्त गरेको अनुभवपनि फरक देखिन्छ । बनार्ड र मिराशा जस्ता विद्वान यस कुरामा सहमत छन । उनीहरूको भनाइमा लैङ्गिक मुद्दाको सम्वोधन गर्ने कुरामा बौद्ध अध्ययन प्रारम्भिक अवस्थामा छ । यसका लागि उनीहरूले सन् १९९४ मा महिलाको स्थिति कस्तो थियो भन्ने उदाहरण दिएका थिए । उनीहरूको दाबी थियो कि भारतीय तान्त्रिक बौद्ध धर्ममा महिलाको विषयमा गम्भिरतापूर्वक हेरिएको छ । तिव्वती बौद्ध धर्मकी महिला लामा खाद्रो रिम्पोछे भन्छिन– कि बौद्ध धर्ममा महिलाको कुरा हुन्छ । बौद्ध धर्मको बारेमा पनि चर्चा हुन्छ । यसको सन्देश हो — बौद्ध धर्ममा महिला महŒवपूर्ण विषय हो । छब्बीससय वर्षंदेखि महिला संघ सञ्चालनमा रहनु यसको उदाहरण हो । अर्थात अहिलेको महिला संघ नयाँ अवधारणा होइन । यसरी विचार गर्दा स्त्री सिद्धान्त बरावर पुरुष सिद्धान्तको स्थापनालाई बुद्धले प्राकृतिक रूपमा स्वीकारेका छन । त्यसैले बुद्धमार्गी महिलाका बारेमा उनी भन्छन— महिला र पुरुष एकअर्काका पूरक हुन । प्रतियोगी पनि होइनन, विरोधीपनि होइनन् । दुबैको उत्तिकै महत्व छ, दुबै अपरिहार्य पनि छन् ।

दलाई लामाको चिन्तनमा महिला को हुन ?

दलाई लामाले महिलालाई प्रेम र शक्तिका स्वरूप मानेका छन । १४ औँ दलाई लामाले सन् २००७ मा हेम्बर्ग विश्वविद्यालयमा बौद्ध धर्ममा महिलाको स्थितिमा प्रवचन दिए । उनले भने कि परम्परागत रूपमा पुरुषले नैं युद्ध गरेको देखिन्छ । किनकि पुरुष व्यवहार आक्रमक हुन्छ । उसको शरीर पनि त्यसरी नैं बनेको हुन्छ । महिलाको स्वभाव भने अधिक हेरचाह गर्ने खालको हुन्छ । उनीहरू अरूहरूको दुःख कष्ट तथा पीर मर्काप्रति संवेदनशील हुन्छन् । यसैले बौद्ध धर्मले महिलाको मैत्री तथा करुणाभाव खोजेको हुन्छ । उनले यो पनि भनेका छन कि यदी विश्वका अधिकांश नेता महिला भए सायद युद्धको खतरा कम हुने थियो । विश्व भातृत्वको भावना बढने थियो । सम्भवतः अव दलाई लामा महिला हुन सक्छिन् ।

लेखको निष्कर्ष के हो ?

यो लेखको पहिलो निष्कर्ष हो– विचार समाज र परम्पराबाट आउँछ । घर, परिवार र समाजले सानो बालकको दिमागमा शब्द हालिदिन्छन त्यो नै विचार बन्दछ । जव बुद्धले रोगी, बृद्ध, मरेको मान्छ देखे बुद्धको मनमा चिन्तन सुरु भयो । चिन्तन वा विचार विना कुनैपनि समस्याको समाधान हुन सक्दैन । सिद्धार्थ गौतम आफैलाई चिनेर बुद्ध भएको हुन । हामीले पनि आफैलाई चिन्नुपर्छ । बुद्धले अप्पदीपो भवः भनेको त्यही हो ।

दोश्रो निष्कर्ष हो– बौद्ध संघमा महिला स्वतन्त्र भएर व्यक्तित्व विकास गर्ने मौका पाए । सवै बर्गबाट आएका महिलालाई बौद्ध संघमा समान व्यवहार थियो । बुद्ध धर्ममा महिला विद्वान, विदुषी बनेका थिए । महिला भावमयी प्रज्ञा भएकाले उनलाई वेग्लै ध्यान चाहिन्छ । महिलाले भावमयी हुँदाहुँदै पनि ज्ञान तथा निर्वाण प्राप्त गर्न सक्छन् । महिलालाई शिक्षा र राजनीति सिकाउनु पर्छ । महिलामा विभेद गर्नु हुदैन । महिलाले पनि “अप्पदीपो भवः” लाई पालन गर्नुपर्छ । महिलाबारेको बुद्धको सन्देश यही हो ।

                                                                                                                                                            हरैया बहुमुखी क्याम्पस, रूपन्देही

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?