Butwal Today

उजिरसिह माबिमा देवि सरस्वतीको मुर्ति प्राणप्रतिष्ठान

२८ मंसिर २०८०, बिहीबार
अ+
अ-

बुटवल, २८ मंसिर । हीरक जयन्ती मनाउदै गरेको उजिरसिह माबिमा देवि सरस्वतीको मुर्तिमा प्राणप्रतिष्ठान गरिएको छ । विद्यालयका शिक्षक यम प्रसाद श्रेष्ठले आफ्नो स्वर्गीय बुबा पदमलाल श्रेष्ठ स्मृतिमा विद्यालय परिसरमा विहिबार विधिपुर्वक कासको सुन्दर मुर्ति स्थापना गरेका हुन ।

विसं १९९० मा जन्म भई बुटवलको सामाजिक क्षेत्रका अग्रसर रहेका श्रेष्ठको बिस २०७७ मा स्वगाहरण भएको थियो । विद्यालयमा विद्याका देवि सरस्वतीको मुर्ति स्थापना गरि धर्मसंस्कृति र परम्परा संरक्षणमा योगदान मिल्ने गरि कार्य गरिएको उनले बताए ।

विद्यालयमा नाम अनुसार नै कर्णेल उजिरसिहको अर्धकदको मुर्ति स्थापना गरेको विद्यालय परिसरमा विद्याकी देवि सरस्वतीको मुर्ति स्थापना गर्न सफल भएको प्रधानाध्यापक पदमराज ज्ञवालीले बताए । करिब डेढ लाख रुपैया लागतको मुर्ति तयार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?