ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

लुम्बिनी निर्माण ब्यवसायी संघमा एमाले–माओवादी निकट व्यवसायीको संयुक्त प्यानल

२८ मंसिर २०८०, बिहीबार
२८ मंसिर २०८०, बिहीबार

बुटवल, २८ मंसिर ।

लुम्बिनी निर्माण ब्यवसायी संघ, रुपन्देही र बुटवल शाखाको मंसिर २९ र ३० गते हुने अधिवेशनको लागि नेकपा एमाले र माओवादीको संयुक्त प्यानलको टिम घोषणा भएको छ ।

जिल्ला अध्यक्षमा मन्जु भुषालको नेतृत्वमा प्यानलसहित टिम घोषणा भएको हो । भुसाल नेतृत्वको प्यानलमा प्रथम उपाध्यक्ष रमेश बेल्बासे, द्वितीय उपाध्यक्षमा विष्णु सुब्बा, महासचिव अर्जुन रिजाल, सचिव राजन ज्ञवाली, कोषाध्यक्ष पोलेन्द्र पटेल, सहकोषाध्यक्ष रामराजा तिवारीले उम्मेदवारी दिने भएका छन् ।

यसैगरी बुटवल शाखामा भने बुद्धिराज थापाको नेतृत्वमा प्रथम उपाध्यक्ष बाबुराम चौधरी, द्वितीय उपाध्यक्ष दिपेन्द्र सुवेदी, सचिव हिरा श्रेष्ठ, सहसचिवमा अर्जुन श्रेष्ठ, कोषाध्यक्ष सजल नेपाल तथा सदस्यहरुमा चुडामणी न्यौपाने, जगनारायण चौधरी, कृष्ण चौधरी, सुशिल बश्याल र यादवनाथ न्यौपानेको टिम घोषणा भएको हो ।

घोषणा सभामा अध्यक्षका उम्मेदवार मन्जु भुषालले समावेशी र सर्वपक्षीय प्यानल जितको आधार भएको बताईन् । कठिन समयमा आफु नेतृत्वमा आएर संस्थागत रुपमा ब्यवसायीहरुको हितमा आवाज उठाउने बताए । दुई दशक बढी समयदेखि निरन्तर यो पेशामा आवद्ध भएको उनले बताए । ७७ जिल्लामा आफू पहिलो अध्यक्ष पदको महिला उम्मेदवार भएको उनले दाबी गरिन।

महिलाको नेतृत्वमा समावेशी उम्मेदवारी टिममा भएको उनले बताईन् । निर्माण ब्यवसायीको रुपमा महिलाका रुपमा परिचय बनाउन सफल भएको उनले बताईन् । सरकारलाई खबरदारी दिने रुपमा आफू उम्मेद्वार बनेको उनले दाबी गरिन् ।

यता बुटवल शाखामा अध्यक्षका उम्मेदवार बुद्धि थापाले आफुहरु नितान्त ब्यवसायीहरुको हकहितमा मुद्दा उठाएको हुँदा पनि जित सुनिश्चित रहेको बताए । उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा उनले आफुहरु सरकारसंग अब उधारो सहमति नगर्ने बताए । बुटवलमा १ सय २५ मत आफुहरुसंग रहेको हुँदा पनि जितको आधार भएको उनले बताए ।

देशमा नीतिगत भ्रष्टाचारको समस्या अन्त्य गर्न आफुले अगुवाई गर्ने प्रतिवद्धता जनाए । सरकारको ६० प्रतिशत बजेट खर्च गर्ने हँुदा पनि यसलाई चिर्न आफुहरु उम्मेदवार बनेको बताए । म्याद थप नभए ब्यवसायी धरासायी हुने अवस्था छ । सरकारले ०७९÷०८० को ४० अर्ब भन्दा बढी भुक्तानी दिन बाँकी छ । यो वर्षको समेत भुक्तानी बाँकी रहेकोले ब्यवसाय धरासायी भएको उनले दुखेसो गरे । जिल्लामा करीब साढे ३ सय सदस्य छन् । घोषणा सभामा निर्वाचन परिचालन समितिका संयोजक जविन कक्षपति र प्रदेश उपाध्यक्ष नवराज श्रेष्ठले निर्वाचनको समीक्षा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?