ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

पुष्पलालका योगदानका बारेमा विचार गोष्ठी हुने

२८ मंसिर २०८०, बिहीबार
२८ मंसिर २०८०, बिहीबार

बुटवल, २८ मंसिर ।

नेपाली कम्युनिष्ट आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म शताब्दी वर्षका अवसरमा सातवटै प्रदेशमा विचार गोष्ठीको आयोजना गरिने भएको छ ।

पुष्पलालका विविध विषय र क्षेत्रमा रहेका विशिष्ट योगदानहरुको स्मरण गर्ने हिसाबले देशव्यापीरुपमा विचार गोष्ठीहरु गर्न लागिएको हो । लुम्बिनी प्रदेशमा यही मंसिर ३० गते विचार गोष्ठी गर्न लागिएको एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।

पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका सस्थापक महासचिव हुन् । उनले अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको घोषणापत्रलाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए । पहिलो पटक नेपाली समाजको वर्ग विष्लेषण गरेको, नेपालको इतिहासलाई माक्र्र्सवादी दृष्टिकोणले प्रस्तुत गर्ने कामको प्रारम्भ गरेर इतिहास लेखनको जग बसालेकाले उनको योगदानलाई उजागर गर्न विचार गोष्ठी आयोजना गर्न लागिएको घिमिरेले बताए ।

“दर्शनका विषयमा पुष्पलालका योगदानहरु” विषयमा गर्न लागिएको गोष्ठीको आयोजना नेकपा (एमाले)े लुम्बिनी प्रदेश कमिटीले गर्नेछ भने विषयको प्रस्तुति “पुष्पलाल जन्मशताब्दी समारोह आयोजक समिति” द्वारा हुनेछ ।

गोष्ठीमा “पुष्पलाल जन्मशताब्दी समारोह आयोजक समितिका सदस्य गोपीरमण उपाध्यायले “दर्शनका विषयमा पुष्पलालका योगदानहरु” विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् भने सो कार्यपत्रमाथि वामपन्थी चिन्तक, लेखक तथा नेताहरु क्रमसः कमल श्रेष्ठ, एकराज पाण्डे, बसन्त श्रेष्ठ, दिल साहनी, ऋषिराम भुसाल, निर्मल जीसीले टिप्पणी गर्नेछन् ।

समारोह समितिद्वारा आयोजना गरिने अन्य कार्यक्रमहरुमा पुष्पलाल जन्मशताब्दी स्मृति ग्रन्थ प्रकाशन, नेपालका सबै कम्युनिष्ट घटकहरुले पुष्पलालको सम्बन्धमा राखेका अवधारणहरु, देशभरिका विचार गोष्ठीहरुबाट प्राप्त कार्यपत्र, कार्यपत्रमाथिका पूरक विचार एवं गोष्ठीका विवरणहरु रहेका छन् ।

त्यस्तै पुष्पलालको जीवनसंग प्रत्यक्षरुपले संलग्न भएर काम गरेका कार्यकर्ताहरुको संक्षिप्त परिचयात्मक विवरण, देशव्यापीरुपमा पुष्पलालका नामबाट स्थापित सम्पूर्ण भौतिक सम्पदाहरुको परिचय, पुष्पलालको जीवनमा प्रत्यक्षरुपले संलग्न कार्यकर्ताहरुलाई सम्मानित गर्ने, आगामी असार १५ गते मूल समारोहमार्फत् पुष्पलाल जन्मशताब्दी स्मृति ग्रन्थ लोकापर्ण गर्ने कार्यक्रम समेत समारोह समितिले गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?