ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

दोस्रो गैंडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल सुरु

२७ मंसिर २०८०, बुधबार
२७ मंसिर २०८०, बुधबार

गैंडहवा, २७ मंसिर ।

रुपन्देहीकै ठूलो गैडहवा तालको बिकास तथा प्रचार प्रसार गर्ने उद्देश्यले बुधबारदेखि दोस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।

गैडहवा गाउँपालिका ४ मा अवस्थित तालको विकासका लागि बुधवारदेखि मंसिर ३० गतेसम्म खुल्ला भलिबल प्रतियोगितासहित विविध साँस्कृतिक मेला सुरु भएको हो ।

स्थानीय शान्ति युवा क्लबको आयोजना गैडहवा गाउँपालिकासँगको आर्थिक सहयोगमा प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिता तथा सांस्कृतिक मेलाको बुधबार उदघाटन गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडलले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको गैडहवाको पर्यटन क्षेत्रको बिकासका लागि यो प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमका माध्यमबाट महत्वपूर्ण सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

उनले जिल्लाकै ठूलो ताल गैडहवामा हजारौं प्रजातीका चराहरु विचरण गर्ने थलोका रुपमा रहेको बताउँदै ताललाई बिकास गर्नेगरि गाउँपालिकाले कार्यक्रम अघि बढाएको बताए ।

अध्यक्ष पौडेलले लुम्बिनीसँग गैडहवालाई जोड्न यहाँका पर्यटकीय क्षेत्रमा भौतिक संरचनाको बिकास, नागरिकमा सीप बिकास गरी होम स्टे सञ्चालको तयारी तथा सम्भाव्यताको अध्ययन गरि पर्यटकीय स्थलहरु थप गर्ने गरी पालिकाले काम अघि बढाएको बताए ।

प्रतियोगिता र ताल महोत्सवले समग्र गैडहवाको प्रचार प्रसारमा समेत महत्वपूर्ण योगदान पुग्ने अध्यक्ष पौडेलको विश्वास छ ।

त्यसैगरी कार्यक्रममा गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष बच्चुलाल केवटले गाउँपालिकाको प्रोत्साहनमा क्लवले आयोजना गरेको प्रतियोगिता र सांस्कृतिक महोत्सवले समग्र गैडहवाको विकास र प्रचार प्रसारमा योगदान पुग्ने बताए । उनले यस प्रकारका कार्यक्रम गरेर पालिकाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गरेको भन्दै पालिकाको सराहना गरे ।

गैडहवा गाउँपालिका वडा नंं ४ का वडा अध्यक्ष सुरेन्द्रसिंह कुर्मीले गैडहवा तालको विकासमात्र नभै समग्र गैडहवा क्षेत्रकै पर्यटन विकासमा प्रतियोगिता र महोत्सवले उत्साह थपेको बताए । यस्तै कार्यक्रममा विभिन्न राजनीतिक दल समाज सेवि बुद्धिजीवीहरुले आआफ्नो भनाइ राख्दै गैडहवा ताल बाट पालिकाको नामकरण गरिएकोले पालिलाले ताल बिकास संगै प्रचारप्रसार प्राथमिकताका साथ अगाडि बढाउन सुझाव दिए ।

प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट एक दर्जन बढी समूहको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष टंकप्रसाद बस्नेतले जानकारी दिए ।

भलिबल प्रतियोगिताको विजेताले प्रथम पुरस्कार ७५ हजार नगद राशीसहित ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक यमप्रसाद अधिकारीले जानकारी दिए ।

यसैगरी उपविजेताले ५० हजार, तेस्रो हुने समुहले ३० हजार तथा सान्त्वता हुने समूहले २० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिता सम्पन्न गर्न ८ लाख बढी खर्च अनुमान गरिएको छ ।

गाउँपालिका र वडा नम्बर ४ को आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न गर्न लागिएको हो । कार्यक्रम उदघाटनको अवसरमा स्थानीय परम्परा झल्किने साँस्कृतिक प्रस्तुती तथा स्थानीय कलाकारको नृत्य प्रस्तुत गरिएको थियो ।

३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जातीय तथा परम्परागत परिकारसँगै डुङ्गा सयर पनि गर्न पाइने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?