ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

८४ लाखको श्रीनगर डबली तानसेनलाई हस्तान्तरण

२७ मंसिर २०८०, बुधबार
२७ मंसिर २०८०, बुधबार

पाल्पा, २७ मंसिर । पाल्पाको सदरमुकाम तानसेनको वडा नं. ५ कैलाशनगरमा निर्माण भएको श्रीनगर सांस्कृतिक डबली लुम्बिनी प्रदेश सरकारले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको छ । लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठलाई चावी दिई डवली हस्तान्तरण गरेका हुन ।

लुम्बिनी प्रदेश सरकारको ६ करोड ८२ लाख ५६ हजार ९१ रूपैयाँ बजेटमा प्रतिक्षा कन्ट्रक्सन निर्माण कम्पनीले २०७६ साल असार ८ गते बाट निर्माण कार्य शुरु गरी ३ बर्ष लगाएर २०७९ साल असार ८ गते निर्माण सम्पन्न गरेको थियो । कम्पनीले दुई पटक ६, ६ महिनाको म्याद थपेर काम सम्पन्न गरेको हो ।

स्थानीय कला संस्कती लाई बचाउन, प्रचार प्रसार गर्न, पाल्पाको कला संस्कृतीलाई अन्य स्थानमा फैलाउन, पर्यटकहरूलाई आनन्द दिलाउँदै तानसेनमा पर्यटकहरूको बसाई लम्वाउन श्रीनगर सांस्कृतिक डवलीको प्रयोग गर्नुपर्ने मुख्यमन्त्री चौधरीले बताए । तानसेन नगरपालिकाले दैनिक कार्यतालिका बनाएर यस क्षेत्रको सबै किसिमका कला संस्कृतिहरू प्रदर्शन गर्नुपर्ने तानसेन आउँदा सबैले टिकट काटेर हेर्न पाउनु पर्ने व्यबस्था मिलाउन मुख्यमन्त्री चौधरीले तानसेन नगरपालिकालाई अनुरोध गरे ।

पाल्पामा नेवारी, मगरी तथा बाहुन क्षेत्री, गन्धर्वहरूको कला संस्कृतीको प्रस्तुती बाट यस क्षेत्रमा रोजगारी तथा आयआर्जनमा बृद्धि हुने प्रदेश सभामुख तुलाराम घर्तीमगरले बताए । प्रदेश सभा सदस्य विर बहादुर राना, खेम बहादुर सारु संविधानसभा सदस्य नारायणी शर्मा, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला लगायतले खुला प्रकृतिको सांस्कृतिक डवली नेपालमै नुमना शैलीको भएकोले तानसेन नगरपालिकाले बिस्तृत कार्ययोजना बनाएर नियमित रूपमा सांस्कृतिक डबल संचालन गर्नुपर्ने बताए ।

डिभिजन वन कार्यालय पाल्पा हँुदै हाल पर्यटन डिभिजन कार्यालय भैरहवाको मातहतमा रहेको श्रीनगर सास्कृतीक डवलीलाई पुन रंग रोगन तथा सरसफाई गरी तानसेन नगरपालिका लाई हस्तान्तरण गरिएको हो । लुम्बिनी प्रदेश सरकारकै सहयोगमा तिनाउ गाउँपालिका–२, दोभान नुवाकोटमा तीन करोड ८४ लाखमा सांस्कृतिक डबली निर्माण भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?