ट्रेंडिंग:

>> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने

होराइजन गौतम बुद्ध स्कुलमा चौथो जिल्लास्तरीय हाजिरीजवाफ

२७ मंसिर २०८०, बुधबार
२७ मंसिर २०८०, बुधबार

बुटवल, २७ मंसिर ।

होराइजन गौतम बुद्ध मा.वि.तिलोत्तमा १, ड्राइभरटोलद्वारा चौथो जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्लाभरिका विद्यालयहरूसंग आत्मीय सम्बन्ध स्थापित गर्ने तथा ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यका साथ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको हो । होराइजन गौतम बुद्ध स्कुल संचालक समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका, सामाजिक विकास मन्त्री चन्द्रकेश (सि.के.) गुप्ताले गरेका थिए ।

लुम्बिनी प्रदेशका, सामाजिक विकास मन्त्री चन्द्रकेश (सि.के.) गुप्ताले देशको समग्र शिक्षाको विकासमा संस्थागत विद्यालयहरूको ठूलो भुमिका रहेको, निजी क्षेत्रबाट उत्पादित जनशक्तिले देशका विभिन्न उच्च निकायमा नेतृत्वकारी भुमिका खेलीरहेको बताए ।

होराइजन गौतम बुद्ध स्कुलले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै विद्यार्थीहरूका निम्ति यस किसिमको हाजिरीजवाफ प्रतियोगिता महत्वपूर्ण हुने भन्दै आगामी दिनमा यसको निरन्तरताको शुभकामना दिए । साथै उनले संस्थागत विद्यालयलाई निरुत्साहित गर्न नहुने भन्दै संस्थागत विद्यालयको भूमिकालाई नजर अन्दाज गर्न नमिल्ले आफ्नो धारणा राखे ।

कार्यक्रममा संस्थाका प्राचार्य गोपालप्रसाद आचार्यले कार्यक्रमको औचित्य बारे मन्तव्य राख्दै जिल्लाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबीच आत्मीय सम्बन्ध स्थापना गर्ने र विद्यार्थीमा अन्तरनिहित क्षमताको प्रस्फुटन गराउने उद्देश्यका लागि विगत वर्षहरूदेखि नै जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिदै आएको र यसले जिल्लाभरिमा रहेका सम्पूर्ण विद्यालयहरूलाई जोड्ने कडीका रूपमा काम गर्ने बताए ।

प्याब्सन नेपालका सल्लाहकार, हिसान नेपालका केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्यायले विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ अत्यावश्यक रहेको बताए । उनले हाजिरीजवाफ प्रतियोगिताको व्यवस्थापन उच्च प्रविधिमैत्री र अनुकरणीय रहेको भन्दै आगामी दिनमा पनि संस्थाले यस किसिमका बौद्धिक कार्यक्रमलाई निरन्तरता दिंदै जानुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा प्राध्यापक मोहन मरासिनी, डा. नारायण प्रसाद पन्थले पनि बोलेका थिए । हजिरी जवाफका विभिन्न चरणका कार्यक्रममा ऋषिराम पौडेल, मोहन मरासिनी, सरस्वती भट्टराई, गोपालप्रसाद आचार्य,पुस्कर रायमाझी लगायतले सहजीकरण गरेका थिए । जिल्ला अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले यस प्रकारको प्रतियोगिताले विद्यार्थीहरूमा रहेको प्रतिभालाई उजागर गर्न मद्दत गर्ने तथा भोलि गएर लोकसेवा आयोग तथा अन्य आयोगमा नाम निकाल्न पृष्ठभूमिको निर्माण गर्ने विचार व्यक्त गरे । यसैगरी तिलोत्तमा नगरपालिका वडा नं. १ का वडाध्यक्ष फर्सुराम गिरीले होराइजन गौतम बुद्ध मा.वि. को यस क्षेत्रको गर्व गर्न लायक नेतृत्वदायी संस्था रहेको बताए । हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल लगायतले मन्तव्य राखेका थिए ।

उद्घाटन कार्यक्रमअन्तर्गत हाजिरी जवाफको हिट राउण्डमा २९ वटा विद्यालयहरूले सहभागिता जनाएका थिए । जसअन्तर्गत ६ वटा विद्यालयहरू क्रमशः प्यारामाउण्ट बोर्डिङ् सेकेन्डरी स्कुल, तिलोत्तमा दिप बोर्डिङ् हाइ स्कुल,बुटवल श्री शान्ति मोडेल सेकेन्डरी स्कुल, तिलोत्तमा पश्चिमाञ्चल इङ्लिस स्कुल, भैरहवा ग्रिन प्लान्ट इ.बो.स्कुल, देवदह एभेष्ट बोर्डिङ् स्कुल फाइनल चरणमा प्रवेश गरेका थिए ।

हाजिरीजवाफ प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेका विद्यालयबीचको प्रतिस्पर्धाबाट एभरेष्ट बोर्डिङ् स्कुलले प्रथम स्थान, दीप बोर्डिङ् स्कुलले द्वितीय स्थान शान्ति नमूना मा.वि.ले तृतीय स्थान तथा पश्चिमाञचल इङ्लिस स्कुल भैरहवा र ग्रिन प्लान्ट इ.बो स्कुल, देवदहले सान्त्वना स्थान हासिल गरेका थिए । जिल्ला प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना स्थान हासिल गर्न सफल विजयी समूहलाई क्रमशः रु २० हजार, शिल्ड तथा प्रमाण पत्र, द्वितीय स्थान हासिल गर्ने समूहलाई रु.१५ हजार, शिल्ड तथा प्रमाण पत्र, र तृतीय हुने समूहलाई रु.१० हजार शिल्ड तथा प्रमाण पत्र र सान्त्वना स्थान प्राप्त गर्ने दवै समूहलाई रु ३ हजार शिल्ड तथा प्रमाण पत्रले सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?