ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बुटवलको नीलकण्ठ बाबाधाममा तीन महिने महायज्ञ हुने

२७ मंसिर २०८०, बुधबार
२७ मंसिर २०८०, बुधबार

सुजिता श्रेष्ठ
बुटवल, २७ मंसिर ।

बुटवल उपमहानगरपालिका धार्मिक पर्यटकीय तीर्थस्थल श्री नीलकण्ठ बाबाधाम तथा श्री सन्तोषीमाता गुरुकुल विद्याश्रममा पुस १ गते देखि ३ महिने श्री शिवशक्ति, ११अतिरुद्री, अयुतचण्डी, राष्ट्रियकल्याण महायज्ञ २०८० सुरु हुँदै छ । चैत्र ४ गतेसम्म हुने महायज्ञको उद्घाटनका लागि अन्तिम तयारीमा रहेको श्री नीलकण्ठ बाबाधाम यज्ञ कार्य सम्पादन मूल समितिले जनाएको छ ।

संस्कृत र संस्कृतिको जगेर्ना सँगै हिन्दू सनातन धर्मको रक्षा र राष्ट्र कल्याणका लागि बुटवल उपमहानगरपालिका वडा नं ७ मा अवस्थित धार्मिक पर्यटकीय तीर्थस्थल श्री नीलकण्ठ बाबाधाम तथा श्री सन्तोषीमाता गुरुकुल विद्याश्रममा नेपालकै ईतिहासमा पहिलो पटक श्री शिवशक्ति,११ अतिरुद्री,अयुतचण्डी राष्ट्रकल्याण महायज्ञ सुरु हुने समितिले जनाएको छ । ३ महिने महायज्ञको पुस १ गते बिहान ८ः३० बजे कलश शोभा यात्रा बाट सुरु गरि बिहान ११ः१५ बजे गलेश्वर आश्रम देवघाटधाम तनहुँका अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्दगिरी जी महाराज पिठाधिसबाट उद्घाटन गरिने यज्ञ कार्य सम्पादन मूल समितिले जनाएको छ ।

यस पवित्र धार्मिक अनुष्ठानमा सम्पूर्ण भक्तजनहरुलाई परिवार सहित उपस्थित भई पुण्य लाभ लिनहुन निमन्त्रणा गर्दै महायज्ञलाई सफल पार्नका लागि श्री नीलकण्ठ बाबाधाम तथा श्री सन्तोषीमाता गुरुकुल विद्याश्रमका उपाध्यक्ष चुडामणि पौडेलले आग्रह गरे । श्री निलकण्ठ बाबाधाममा १३औं पटक हुन लागिरहेको महायज्ञमा यज्ञ आचार्य डा.राजेन्द्र रेग्मी र आचार्य हाकिम भण्डारी वशिष्ठ लगायत १२१ जना ब्राह्मण हरुको सहभागिता रहने यज्ञ कार्य सम्पादन मूल समितिले जानकारी दिएको छ । यसैगरी महायज्ञमा हुने दैनिक कार्यक्रमहरु पौष १ गते बिहान ८ः३० बजे कलश शोभा यात्रा, विहान ११ः१५ बजे महायज्ञ उद्घाटन विहान ७ बजेदेखि दैनिक नित्य पूजा ,अतिरुद्री, देवि भागवत, शिवपूराण, गणेशपुराण, सुर्यपूराण, विष्णुपुराण, चार वेद पाठ, अयुतचण्डी तथा हवन गरिने, दिउँसो ५ बजेसम्म दैनिक ३ पटक आरती र टिका प्रसाद वितरण गरिने, ११ अतिरुद्रि शान्ति अभिषेक बिहान ९ बजे, दिउँसो १ बजे र साँझ ५ बजे गरिने, तुलादान, चौरासी पूजन, लक्ष्यवती प्रज्वलन, धनधान्यांचल तथा तण्डुलाचल, आदि गरी चैत्र ४ गते महायज्ञको पुर्णाहुती तथा तिलक प्रसाद वितरण र महायज्ञ समापन गरिने यज्ञ कार्य सम्पादन मूल समितिले जानकारी दिएको छ ।

महायज्ञ अवधिभर अतिरुद्री ११ पटक पाठ हुने,देवि भागवत ९ पटक पाठ हुने, शिवपुराण ११ पटक पाठ हुने गणेशपुराण, ५ पटक पाठ हुने, सुर्यपूराण ५ पटक पाठ हुने, विष्णुपुराण ७ पटक पाठ हुने, ४ जना वेदाचार्यद्वारा चारैवेद पाठ हुने, चण्डी ११ हजार पटक पाठ हुने , दैनिक हवनादि कार्य हुने समेत यज्ञ कार्य सम्पादन मूल समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?