ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

घण्टदेव सामुदायिक वन मसुरियामा महायज्ञ सुरु

२७ मंसिर २०८०, बुधबार
२७ मंसिर २०८०, बुधबार

भालुवाङ, २७ मंसिर ।

लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा आजदेखि महायज्ञ सुरु भएको छ ।

हिन्दु धर्मको संरक्षण सम्बद्र्वन गरी धार्मिक साँस्कृतिक तीर्थस्थलको रुपमा विकास गर्न तथा घण्टदेव धाम धार्मिक पर्यटकीय जलाधार संरक्षण स्थलको प्रारम्भिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापनार्थ घण्टदेव सामुदायिक वन मूल आयोजक समितिको आयोजनामा सामुदायिक वन कार्यालय परिसर मसुरीयामा श्रीमद्भागवत महापुराण सप्ताह धनधन्याचल ज्ञानमहायज्ञ सुरु भएको हो ।

मूल आयोजक समितिका संयोजक टेकबहादुर गिरीको अध्यक्षतामा भएको महायज्ञको उदघाटन लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले गरेका थिए ।

महायज्ञको उद्घाटन गर्दै सभामुख घर्तीले मानव जातीमा सकारात्मक सोचाईको विकास गर्न महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । पछिल्लो समय मानवहरु अराजक तथा नकरात्मक गतिविधि तर्फ लागेको बताउँदै त्यस्ता क्रियाकलाप रोक्न यस्ता धार्मिक क्रियाकलापले पनि भूमिका खेल्ने हुँदा सम्पूर्ण वडा तथा राप्तीबासीहरुलाई महायज्ञमा सहभागी गराउन आयोजकले ध्यान दिन सक्नुपर्ने बताएका छन् ।

त्यस्तै सभामुख घर्तीले सामुदायिक वनले राखेको उद्देश्यमा प्रदेश सरकारले पनि सहयोग गर्ने बताएका छन् । आफु कानुन निर्माणको प्रमुख भएको नाताले पनि संसदमा र विकास गर्ने थलोमा रहेका मुख्यमन्त्रीसँग समन्वय गर्ने बताएका छन् । त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले समुदायमा रहेका विभिन्न धर्मावलम्बीहरुलाई मिलाएर राख्ने दायित्य स्थानीय सरकारको रहेकोले सकरात्मक विकासका लागि स्थानीय सरकार सहयोग गर्न सधैं तत्पर रहेको बताएका छन् ।

त्यस्तै उनले आयोजकले महान उद्देश्य राखेर आयोजना गरेको महायज्ञ प्रति आफु खुसी रहेको बताउँदै सम्पुर्ण मानव जातीलाई औकात हेरेर दान गर्न सुझाव दिएका छन् । सो अवसरमा राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, वन महासंघ दाङका अध्यक्ष हरि भुसाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसैबीच श्रीमद्भागवत महापुराण सप्ताह धनधन्याचल ज्ञान महायज्ञलाई पाल्पा निवासी बरिष्ठ वनकर्मी तथा समाजिक व्यक्तित्व भवानी गौतमले पहिलो नगद दान प्रदान गरेकी छिन् । गौतमले महायज्ञलाई पहिलो दान स्वरूप नगद २ हजार ५ रूपैयाँ प्रदान गरेकी छिन् ।

गौतम सामुदायिक वन उपभोक्ता महासंघ पाल्पा तानसेन नगर समिति अध्यक्ष तथा समाजिक व्यक्तित्व एवम् बरिष्ठ वनकर्मीका रूपमा कार्यरत छिन् । उनी पाल्पाको तानसेन नगरपालिका वार्ड नम्बर ९, मदनपोखरा निवासी हुन् । पहिलो दानदाता भवानी गौतमलाई लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले दोसल्ला र सम्मान–पत्र सहित सम्मान गरेका थिए ।

महायज्ञ अवधीभर नेपालकै ख्याती प्राप्त प्रखर वाचक व्यासाचार्य श्री भक्तराज जोशी भगवतशरणको मुखारबिन्दवाट सु–मधुर शैलीमा कथा वाचन हुने आयोजकले जानकारी दिएको छ । महायज्ञको आज पहिलो कलश यात्रा तथा महायज्ञ उद्घाटन गरिएकोे छ । त्यसै गरी मण्डप पुजा मंसिर २७ देखि पुस ४ गते सम्म दैनिक विहान ६ बजे देखि ८ बजे सम्म, दैनिक भागवत पाठ परायण, भजनकिर्तन साथै देवलिला झाँकी विहान ८ बजे देखि १० बजे सम्म, दैनिक प्रवचन विहान ११ बजे देखि ४ बजे सम्म र बेलुका ७ बजे देखि राति १० बजे सम्म, लाखबत्ती जागाराम, पुस ४ गते र महायज्ञ समापन पुस ४ गते गरिने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?