Butwal Today

सांसद अमरेशद्वारा एनसेलविरुद्ध दायर रिटको सुनुवाई आज

२६ मंसिर २०८०, मंगलवार
अ+
अ-

बुटवल,२६ मंसिर । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीश ढुंगानाको इजलासमा परेको छ।

दुई दिन हेर्न नभ्याइने हुँदै सरेको सुनुवाइ आज मंगलबार ढुंगानाको इजलासमा हुने भएको हो।

सिंहले गत शुक्रबार दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो। दुवै दिन हेर्न नभ्याइनेमा परेपछि रिटको पेसी आजलाई सरेको हो।

सांसद सिंहले एनसलेको ८० प्रतिशत सेयर भएको मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ठूलो भ्रष्टाचार भएको दाबी गर्दै रिट दायर गरेका छन्।

एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर सांसद सिंहले गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग समेतलाई विपक्षी बनाएर सांसद सिंहले रिट दायर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?