ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

फेरिँदैछन पर्यटक र पर्यटकीय स्थल

२५ मंसिर २०८०, सोमबार
२५ मंसिर २०८०, सोमबार

साधारणतया पर्यटक भन्ने वित्तिकै घुमघाम गर्ने व्यक्ति वा समूह भन्ने बुझिन्छ । निश्चय पनि यसको सोझो अर्थ घुमघाम गर्ने व्यक्ति भन्ने नै हो । कुनैपनि स्थानको भ्रमण गर्नु केही ज्ञान आर्जन गर्नु र आफैमा रमाउनु हो । यसका लागि उपयुक्त स्थान हुनु आवश्यक छ । जुन स्थानमा पुगेर केही सिकाइ हुन्छ, जुन स्थानमा पुगेर अनौठा वा आश्चर्य लाग्ने दृश्य देख्न सकिन्छ, जीवनमा मनोरञ्जनका साथै केही परिवर्तन हुन र आफूलाई दीर्घकालसम्म स्मरण हुने केही वस्तु खरिद गर्न समेत सकिने र त्यो ठाउँको विशेषता समेत अरू स्थानमा अनुकरण गर्न सकिने स्थान नै वास्तविक पर्यटकीय स्थल मानिन्छ । पर्यटकीय स्थलको अवलोकनले निकै लामो समयसम्म ज्ञान र मनमा आनन्द प्रदान गर्न सक्यो भने त्यो स्थान सफल अनि चर्चित पर्यटकीय स्थलका रूपमा रहन्छ । पर्यटक पर्यटकीय स्थल, पर्यटन व्यवसाय र पर्यटन केन्द्र सामान्यतया वेग्लावेग्लै कुरा हुन तर यी सबै एक अर्कासंग सम्वन्धित कुराहरू हुन् । एउटा कुरा अर्कोसंग जोडिएर आउने हुनाले यी एकसाथ रहने गर्दछन् । पर्यटक नभई पर्यटकीय स्थलको परिचय हुँदैन । पर्यटन व्यवसायी नभएर पर्यटकका लागि सुविधा हुँदैन । पर्यटन केन्द्र नभई पर्यटकको मन जित्न सक्दैन । यसकारण यी सबै एकसाथ जोडिनुपर्दछ । पर्यटकका लागि उपयुक्त पर्यटकीय स्थल चाहिन्छ । पर्यटकको सुविधाको लागि पर्यटन व्यवसाय चाहिन्छ भने उत्कृष्ट स्थान बन्नका लागि र सबैको मन जित्नका लागि पर्यटन केन्द्र बन्नुपर्दछ ।

पहिलेको तुलनामा आजभोली हरेक मानिसहरू विभिन्न स्थलहरू हेर्न रुचाउने भएका छन् । निकै वर्ष पहिलेको कुरा गर्ने हो भने पर्यटक भन्ने वित्तिकै विदेशी मात्र हुन्छन् वा हुन् भन्ने थियो भने आजभोली यो व्यापक बनेको छ । यसैले धेरैको मन जित्न सफल भएको छ । पहिले निश्चित स्थानमात्र पर्यटकीय स्थल भनेर बुझिन्थ्यो भने आजभोली आकर्षक स्थान बनाउन सके विभिन्न स्थानहरू पर्यटकीय स्थल बन्न सक्दछन् भन्ने पुष्टि भएको छ । पर्यटकीय स्थलहरू यही मात्र हो र यही मात्र हुन्छ भन्ने होइन । सूर्योदय देखिने पहाड होस् चाहे चराहरू रमाउने ताल तलैया वा सरोवर होउन यी सबै पर्यटकीय स्थलमा पर्दछन् । पर्यटकीय स्थलहरू पहिलो नम्वरमा प्राकृतिक हुन्छन् भने दोस्रो मानव निर्मित हुन्छन् । प्राकृतिक पर्यटकीय स्थलहरू पनि केही मात्रामा मानवले सजाएका हुन्छन् तर पनि यो प्राकृतिक नै हो । पर्यटकलाई आकर्षण गर्नका लागि कला थपेको मात्र हो । यही कलाले पर्यटकीय स्थललाई रमणीय बनाएको हुन्छ । मानव निर्मित आफैमा कलात्मक बनाइन्छ । यसकारण यो आफैमा मनमोहक हुन जान्छ । प्रकृति प्रदत्त स्थलहरूलाई कलात्मक बनाइयो भने यसको सौन्दर्य झन बढेर जान्छ । यसले हरेकको मन जित्न सक्दछ ।

भारतीय साहित्यकार राहुल साँकृत्यायन जसलाई संसारका सबैभन्दा बढ्ता घुमक्कडका रूपमा चिन्न सकिन्छ । उनले घुम्ने कुरालाई मनोरञ्जनका साथमा एउटा विचारमा ढालेका छन् । वास्तवमा घुम्ने जाने जो कोहीले पनि यो कुरालाई मनन् गर्न आवश्क छ भन्ने लाग्दछ । घुम्नुको मतलव खोल्दै साँकृत्यायन बुँदागत रूपमा भन्छन् । (१) नयाँ स्थानको भूगोल, वृक्ष, जलवायु, नदी, पर्वतको अवलोकन गर्नु र परिचय दिनु (२) उक्त स्थानको इतिहास प्रस्तुत गर्नु, समाज र राजनीतिको वर्णन गर्नु (३) त्यहाँका वासिन्दाको वंश शास्त्रीय अध्ययन र उनको आचारविचार बुझ्नु । (४) धार्मिक मत विश्वासको अध्ययन गर्नु । (५) भाषा साहित्य, लोक संस्कृति तथा कलाको अध्ययन गर्नु । (६) हरेक स्थानमा पुरातत्वको महत्व बुझी वास्तुकला र शिल्पकलाको इतिहास बुझ्नु । (७) पर्यटकीय दृष्टिले रहेका महत्व र सौन्दर्यको वर्णन गर्नु । (८) उक्त स्थानको वर्तमान अवस्था र भविष्यको यात्रामा गर्न सकिने सुधारको लागि सुझाव दिनु आदि । यी सबै कुरा राहुल साँकृत्यानले उठाएका कुरा हुन् । सबै मनन् योग्यछन् ।

पर्यटकहरू आफू पर्यटनको लागि जाँदा आवश्यक सरजाम लिएर जानुपर्दछ । त्यस मध्येमा अति आवश्यक वस्तु भनेको स्थान हेरी खाद्यवस्तु, क्यामरा, रेकर्डर, डायरी, कलम, वाइनाकुलर, स्थान अनुसारका पोशाक आदि विर्सनु हुँदैन । उकालो चढनु पर्ने स्थान भए उकालोको सहयोगी साथी (लाठी जस्तै) आदि आवश्यक सामग्रीको जोहो गर्नुपर्दछ । नेपालको यो स्थान पर्यटकीय स्थानमा पर्दैन भन्ने छैन । हाम्रा देवालयदेखि लिएर उच्च पहाडी भागबाट आएका झरना सबै पर्यटकीय स्थलहरू हुन् । नेपालमा जति पनि पर्यटकीय स्थलहरू छन् ती सबै कुनै मानव निर्मित छन् भने कुनै प्रकृतिप्रदत्त रहेका छन् । नेपालका पर्यटकीय स्थलहरूले आरम्भका दिनहरूमा स्वदेशीलाई भन्दा विदेशीको मन तान्न सफल भएका हुन् । हाम्रा हिमश्रृङ्खला अवलोकन मात्र नभएर कतिपय पर्यटकहरू आरोहण समेत गर्ने गर्दछन् । कतिपय त तलैयामा उनीहरू दृश्यावलोकन गर्न रुचाउँछन् भने त्यसमा जलविहार गर्न समेत रुचाउने गर्दछन् । यस्ता स्थानहरू एक होइन अनेक रहेका छन् । कतिपय स्थानहरू पूरातात्विक महत्वका रहेका छन् । जो परापूर्व कालमा अति महत्वका थिए । आज ती खोज अनुसन्धान गर्ने अवस्थामा पुगेका छन् । यस्ता स्थानको अवलोकन गर्नेहरूले त्यसको ऐतिहासिक महत्व जान्न चाहन्छन् । आजभोली कतिपय स्थानहरूमा प्राकृतिक सौन्दर्यता अवलोकनका लागि भ्यू टावरहरू निर्माण भएका छन् । यसबाट देखिने दृश्यले मनमा आनन्द प्रदान गर्ने गर्दछ ।

हाम्रा कतिपय भ्यू टावरहरूबाट उत्तर फर्किए हिमाल अवलोकन गर्न सकिने र कतिपय स्थानबाट तराईको केही दृष्य देख्न सकिने खालका पनि रहेका छन् । कतिपय भ्यू टावरबाट ताल तलैया र नदीनाला समेत देख्न सकिने खालका समेत रहेका छन् । पर्यटकीय स्थल एकपटक सजाउन सकियो भने निकै वर्षसम्म त्यसबाट पर्यटक तथा पर्यटन व्यवसायी वा राज्यले फाइदा उठाउन सक्दछ । पर्यटन व्यवसाय प्रायः गरेर एकपटक लगानी गरेर निकै लामो समयसम्म उपयोग गर्न सकिने भएको हुनाले यो व्यवसायमा लगानी गर्दा खेर जाँदैन भनिन्छ । यस्ता खालका पर्यटकीय स्थलहरू आजभोली पालिकास्तरबाट परिचालित भएको पाइन्छ ।

पर्यटन व्यवसाय फस्टाउनका लागि राज्यले पहल गर्नुपर्दछ । राज्य भन्नाले तिन तहको सरकार सकारात्मक हुनुपर्दछ । यसको लागि पहिलो स्थानको परिचय टाढासम्म पु¥याउन सक्नुपर्दछ । पर्यटक आकषर्णका लागि स्थान समेत रुचि जाग्ने खालको हुनुपर्दछ । पर्यटकका लागि आवास, भोजन र सुरक्षा समेत आवश्यक हुन्छ । यस्ता कुराहरू पर्यटकले आफूले लिएर जाने वस्तु होइनन् । सम्वन्धित स्थानमा उपलब्ध हुनुपर्दछ । एकपटक पुगेका पर्यटकका लागि त्यो स्थलको वारेमा जानकारी दिने सहयोगी व्यक्ति र सम्भव भए कुनै पुस्तिका समेत तयार पार्न सके अति उत्तम हुन्छ । जुन् पुस्तिकाबाट पर्यटकहरूले आफूले देखेका कुरा कुनै विर्सन सक्ने र कुनैमा ध्यान नगएको हुन सक्छ । पुस्तिका भएमा त्यसबाट फुर्सदमा थप ज्ञान आर्जन गर्न सकिन्छ । धार्मिक महत्वको स्थान भए त्यसको ऐतिहासिकता र अवलोकनबाट हुनसक्ने प्राप्ति समेत उल्लेख गर्नुपर्दछ भने पर्यटकीय महत्वको स्थल मात्र भए त्यसबाट अवलोकन हुन सक्ने स्थलहरूको वारेमा सामान्य जानकारी दिने । त्यो स्थानमा रहने वासिन्दाको वारेमा र उत्पादन हुने वस्तुका वारेमा पनि समान्यतया जानकारी हुने खालका पुस्तिका भए उनीहरूका चाहना मेटिने हुन जान्छ । जेहोस् आकर्षक पर्यटकीय स्थल पर्यटकका लागि एउटा अनुपम उपहार जस्तै हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?