ट्रेंडिंग:

>> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल

सुठौली नाकामा अब प्लान्ट क्वारेन्टाईन चेकपोष्ट

मन्त्रिपरिषदको निर्णय अनुसार अब भने सुठौली भंसार नाकामा क्वारेन्टाईन चेक पोष्ट सञ्चालनमा आउने सुनिश्चित भएको छ । क्वारेन्टाईनको अभावमा आफूहरूले पनि समस्या भोग्नु परेको र भंसार राजश्व असुलीको लक्ष्य समेत प्रभावित हुँदै आएको व्यवसायीहरु बताउँछन् ।
२५ मंसिर २०८०, सोमबार
२५ मंसिर २०८०, सोमबार

कपिलवस्तु, २५ मंसिर। मुल भन्सारको रूपमा स्तरोन्नती भएको ५ बर्षपछि कपिलवस्तुको सुठौली भंसार नाकामा क्वारेन्टाईन चेक पोष्ट स्थापना हुने भएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको मंसिर २१ गते सम्पन्न बैठकले कपिलवस्तुको सुठौली भंसार नाका र कैलाली जिल्लाको त्रिनगर नाकामा क्वारेन्टाईन चेकपोष्ट स्थापना गर्ने निर्णय गरेको हो । मन्त्री परिषदको निर्णय अनुसार कृषी तथा पशुपन्छी मन्त्रालयले प्लान्ट क्वारेन्टाईन तथा बिषादी व्यवस्थापन केन्द्र हरिहरभवन ललितपुरलाई पत्राचार गरेको छ ।

मन्त्रालयले गरेको पत्राचारमा मन्त्री परिषद बैठकबाट “बिरुवा क्वारेन्टाईन तथा संरक्षण ऐन २०६४ को दफा ३३ बमोजिम कैलाली जिल्लाको त्रिनगर नाका र कपिलवस्तु जिल्लाको सुठौली नाकामा विरुवा तथा बिरुवाजन्य उपज निकासी वा पैठारी गर्दा जाँच वा उपचार गर्न क्रमश कञ्चनपुर जिल्लामा रहेको क्वारेन्टाईन कार्यालय गड्डाचौकी र कपिलवस्तु जिल्लामा रहेको क्वारेन्टाईन कार्यालय कृष्णनगरको प्राबिधिक जनशक्ति परिचालन गर्ने गरि क्वारेन्टाईन चेक पोष्ट स्थापना गर्ने” निर्णय भएकोले सो को जानकारी तथा आवश्यक कार्यान्वयनको लागि निर्णय प्रति संलग्न गरि प्रेषित गरिएको जानकारी गराईएको छ ।

मन्त्री परिषदको निर्णय अनुसार अब भने सुठौली भंसार नाकामा क्यारेन्टाईन चेक पोष्ट सञ्चालनमा आउने सुनिश्चित भएको छ । क्वारेन्टाईको अभावमा आफूहरूले पनि समस्या भोग्नु परेको र भंसार राजश्व असुलीको लक्ष्य समेत प्रभावित हँुदै आएको व्यवसायी हबिबुल्लाह भाटले बताए । “क्वारेन्टाइृन स्थापना सगैं सुठौली भंसार नाकाबाट फलफुल र तरकारीजन्य पदार्थ आयातमा सहजता आउने छ । भंसारको राजश्व असुलीको लक्ष्य पुरा गर्न सहयोग पुग्ने देखेको छु,” व्यवसायी भाटले भने ।

तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले सुठौली छोठी भंसारलाई २०७५ साल असोज ८ गते मुल भंसारका रूपमा उद्घाटन गरेका थिए । तर मुल भंसारमा स्तारोन्नती गरिएको सुठौली भंसारमा क्वारेन्टाईन नहुदाँ व्यवसायीहरू समस्यामा पर्दै आएका थिए भने तोकिएको भंसार राजश्व उठन समेत समस्या पर्दै आएको थियो । सुठौली भंसारमा खाद्य र पशु क्वारेन्टाईनको स्थापना हुन नसक्दा तौलिहवा मर्यादपुर सडकखण्डमा घण्टौ सम्म नेपाल भित्रिने मालबाहक सवारी लाम लाग्नु पर्ने बाध्यता थियो । हाल सम्म खाधान्न, पशु र तरकारी लगायतका सामग्री भारतबाट आयात गर्ने व्यवसायीले क्यारेन्टाईन गर्न कृष्णनगर र क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवा धाउनु पर्ने बाध्यता थियो ।

क्वारेन्टाईटाईन नभएकै कारण सुठौली भंसारको यस बर्षको १ अर्ब ८१ करोडको भंसार राजश्व असुलीको लक्ष्य कार्तिक मसान्त सम्मको चार महिनामा २३ प्रतिशत हाराहारीमा मात्रै पुरा भएको अवस्था छ । क्वारेन्टाईन अभावमा जाँच पासमा समय लाग्दा कतिपय फलफूल र तरकारीजन्य वस्तु बिग्रिने समस्या समाधान हुने र सदरमुकाममा छिट्टै ती सामान पुर्याउन सहयोग मिल्ने देखीएको छ । सुठौली भंसारको लक्ष्य निर्धारण फलफुल र तरकारीजन्य, खाद्य पदार्थ र टेडिङ्गलाई आधार मानेर निर्धारण गरिएको भए पनि क्वारेन्टाईन अभावले लक्ष्य प्रभावित हँुदै आएको थियो । तर क्वारेन्टाईन चेक पोष्ट स्थापना भएसँगै एकातिर व्यवसायीलाई सुठौली भंसार नाकाबाट ती पदार्थ सदरमुकाम ल्याउन छिटो र छरितो हुने तथा अर्को तिर भंसार लक्ष्य हासिल गर्नमा पनि सहज हुने सुठौली भंसार कार्यालयका प्रमुख नारायण गैरेले बताए ।
“यहाँका उद्योगी, व्यवसायीको निरन्तरको पहल र कार्यालयले आवश्कयताको आधारमा बिभागमा निरन्तर ताकेता गर्दा क्वारेन्टाईन चेक पोष्ट स्थापनाको निर्णय भएको छ । ” प्रमुख गैरेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?