ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

पांचौं तिलोत्तमा उपमेयरकप महिला भलिबलको उपाधि एभरेष्टलाई,कुंवरवर्ती उपविजेता

२५ मंसिर २०८०, सोमबार
२५ मंसिर २०८०, सोमबार

तिलोत्तमा,२५ मंसिर । पांचौ तिलोत्तमा उपमेयर कप रनिङशिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि एभरेष्ट बोर्डिङ हाइ स्कूल बुटवलले जितेको छ । तिलोत्तमाको कुंवरवर्ती बोर्डिङ हाइ स्कुलमा सोमबार सम्पन्न फाइनलमा कुंवरवर्ती बोर्डिङ स्कूलको टिमलाई ३–१ को सेटमा पराजित गर्दै एभरेष्टले उपाधि जितेको हो । प्रतिष्पर्धात्मक खेलमा एभरेष्टले पहिलो सेट २५–२२,दोस्रो सेट २५–१४ र चौथो सेट २५–७ ले जितेको थियो भने कुंवरवर्तीले तेस्रो सेटको खेल २५–२३ ले जितेको थियो । एभरेष्टले गत वर्ष सम्पन्न रनिङ शिल्डको चौथो संस्करण पनि जितेको थियो । पहिलोदेखि लगातार तेस्रो संस्करणसम्म जितेर रनिङ शिल्ड हात पारेको कुंवरवर्तीले दोस्रो स्थानमा चित्त बुझाएको छ । सोमबार नै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा कपिलवस्तुको हिलबर्ट स्कूलले बुटवलको न्यू होराइजनलाई ३–१ सेटले जित्दै तेस्रो भएको छ ।
उपाधिसंगै एभरेष्टले नगद ६१ हजार रुपैया, कुंवरवर्तिले ४१ हजार, तेस्रो भएको हिलवर्टले २१ हजार तथा सान्त्वना भएको न्यु होराईजनले ११ हजार नगद,ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत भए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी एभरेष्टकी मिना सुनार,उदियमान खेलाडी हिलवर्टकी स्नेहा साहु, उत्कृष्ट सर्भर न्यु होराईजनकी सन्चिता चौधरी, उत्कृष्ट डिफेन्स एभरेष्टकी यमुना रसाईली, उत्कृष्ट ब्लकर एभरेष्टकी शान्ता सुनार, अनुसासित खेलाडी कुवरवर्तीकी रजनी थारु, उत्कृष्ट सेटर कुंवरवर्तीकै सरस्वती कट्टेल, उत्कृष्ट स्पाईकर कुवरवर्तीकि कोपिला राना, र उत्कृष्ट प्रशिक्षक हिलवर्टका भरत थापा भए । प्रतियोगिताको एक समारोहका बिच समापन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले पछिल्ला वर्षहरुमा खेलाडीहरुले खेल खेलेरै राम्रो आम्दानी गर्न सफल भएका र राष्ट्रको नाम उच्च बनाउन सफल भएका बताए । खेलकुदका माध्यमबाट पुर्वाधार विकासमा पनि योगदान पुग्ने भन्दै उनले तिलोत्तमालाई अब खेलकुदका माध्यमबाट पहिचान उचो बनाउने बताए ।
उपप्रमुख जागेश्वरी देवि चौधरी,तिलोत्तमा नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख गंगाराम आचार्य लगायतले कुंवरवर्ती स्कुलले भलिबल प्रतियोगिताको उत्कृष्ट व्यवस्थापन गरेको बताए । प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका ६ टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?