ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

पर्वतीय श्रृंखला संरक्षणमा वेवास्ता नहोस्

२५ मंसिर २०८०, सोमबार
२५ मंसिर २०८०, सोमबार

आज विश्व पर्वत दिवस । पर्वतको पर्यावरणलाई पुनस्र्थापित गरौं भन्ने नाराका साथ यो दिवस विश्वभरी मनाईदैछ । विश्व पर्वत दिवस मनाउँदै गर्दा हाम्रा पर्वहरूमा चुनौति बढेका छन । विश्वमा बदलिँदो जलवायु परिवर्तनको असर सोझै हाम्रा हिमाल र पर्वतहरूमा परिरहेका छन् । पर्वत बचाउने चुनौति बढ्दै गएको छ । नेपालका पर्वतहरूमा अव हिउँ होइन कि काला पहाड बन्ने खतरा देखिएको छ । दिवसको अवसरमा यो गंभीर विषयमा पनि बहस र छलफल गर्ने समय आएको छ । त्यसै त पटक पटक गैरहने भूकम्पका कारण हाम्रा हिमालहरूको आधार हल्लिएको हुनसक्ने अनुमान गरिएको छ । त्यसमाथि जलबायु परिवर्तनको असरले हिमाललाई प्रत्यक्ष प्रभावित गरेका छन् । हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिहरूको पनि लोप हुँदै गएको छ । प्रधानमन्त्री प्रचण्डले केही दिनअघि दुवईमा भएको कोप सम्मेलनमा पनि हिमाल संरक्षणको कुरा जोडतोडले उठाउनु भएको छ । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना कुरा राखिरहँदा विश्व समुदायको ध्यान नेपालमा आकर्षित भएको छ । निश्चितरूपमा बढ्दो जलबायु परिवर्तनको असरबाट हिमाल बचाउनेतर्फ नेपालकोमात्र होइन सारा संसारकै ध्यान जानुपर्ने खाँचो छ । विश्वका हिमश्रृंखलाहरू त्यसैपनि अहिले जलबायु परिवर्तनको चुनौतिसंग जुधिरहेको बेला अव विश्वको ध्यान संरक्षणमा जानु जरुरी छ । निश्चितरूपमा हामी नेपाली पर्वतेका रूपमा पनि विश्वमाझ चिनिन्छौं ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाईला टेक्नेपनि नेपाली नै हुन । नेपालीले नेपालका हिम श्रृंखलामा अनेक विश्व रेकर्ड कायम गरेका छन । नेपालीको पहाडसँग वा हिमालसँग वा पर्वतका चुचुरा र बेसीहरूसँग सदियौँदेखिको अन्योन्याश्रित सम्बन्ध छ । नेपाल हिमाल र पर्वतहरूको राजधानी हो । हाम्रो जीवन हिमाल र पर्वतसंग जोडिएको छ । नेपालको कूल भूभागको १५ प्रतिशत त हिमाली क्षेत्रले ओगटेको छ । त्यसैले पनि हामी विविधतामा धनी छौँ, हिमाली उत्पादनका विषयमा हामीले गर्व गर्न सक्ने थुप्रै विशेषता छन् । हिमाली जडीबुटीमा हामी विश्वमै धनी छौँ । तर पछिल्लोसमय चिन्ताको बिषय थपिएको छ । हाम्रा पर्वतहरू काला पहाड बन्नेक्रममा छन । पर्वतलाई पर्वतकै रूपमा रहन दिने हो भने जलवायु परिवर्तनको असरबाट नेपाललाई सुरक्षित वनाउनेतर्फ प्रयास गर्नु जरुरी छ । नेपालमा पाँच हजार आठ सय मिटरभन्दा अग्ला एक हजार ७९२ वटा चुचुरा छन् । यीमध्ये ४०८ वटा हिमाल आरोहणका लागि खुला गरिएका छन् । हाल एक हजार ३८४ वटा हिमाल आधिकारिक रूपमा खुला गरिएका छैनन् ।

नेपालमा रहेका आठ हजार मिटर उचाइका १४ वटा हिमालमध्ये आठ वटाले मात्रै विश्व पर्वतारोहण महासंघको अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहे पनि थप छ हिमाल सूचीकृत हुन बाँकी छन् । सरकारले थप चुचुराहरूलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनेतर्फ पहल गरोस् । पर्वत दिवस मनाउँदै गर्दा सरकारले पर्वतीय पर्यटन विकास र प्रवर्धन गर्न थप नयाँ हिमालमा आरोहण खोल्ने तयारी गरेको समाचार सार्वजनिक भएको छ । हाल सरकारले ४१४ हिमाल आरोहणका लागि खुला राखेको र थप हिमाल आरोहणका लागि खुला गर्ने प्रक्रिया रहेको छ । नेपालको पर्वतीय पर्यटनको विकास, साहसिक पर्यटनको संरक्षण र प्रवर्धन गर्न थप पर्वत खुलाउने भनिएपनि त्यसको वातावरणमा पर्ने असरका बिषयमा पनि सरकार सचेत बन्नुपर्ने आवश्यकता छ । पर्वत दिवस मनाउँदै गर्दा हाम्रा पर्वतमा कुनैपनि प्रकारको असर पर्न दिनु हुँदैन भन्नेतर्फ सचेत बन्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?