ट्रेंडिंग:

>> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज

फेरिँदैछन पर्यटक र पर्यटकीय स्थल

२५ मंसिर २०८०, सोमबार
२५ मंसिर २०८०, सोमबार

साधारणतया पर्यटक भन्ने वित्तिकै घुमघाम गर्ने व्यक्ति वा समूह भन्ने बुझिन्छ । निश्चय पनि यसको सोझो अर्थ घुमघाम गर्ने व्यक्ति भन्ने नै हो । कुनैपनि स्थानको भ्रमण गर्नु केही ज्ञान आर्जन गर्नु र आफैमा रमाउनु हो । यसका लागि उपयुक्त स्थान हुनु आवश्यक छ । जुन स्थानमा पुगेर केही सिकाइ हुन्छ, जुन स्थानमा पुगेर अनौठा वा आश्चर्य लाग्ने दृश्य देख्न सकिन्छ, जीवनमा मनोरञ्जनका साथै केही परिवर्तन हुन र आफूलाई दीर्घकालसम्म स्मरण हुने केही वस्तु खरिद गर्न समेत सकिने र त्यो ठाउँको विशेषता समेत अरू स्थानमा अनुकरण गर्न सकिने स्थान नै वास्तविक पर्यटकीय स्थल मानिन्छ । पर्यटकीय स्थलको अवलोकनले निकै लामो समयसम्म ज्ञान र मनमा आनन्द प्रदान गर्न सक्यो भने त्यो स्थान सफल अनि चर्चित पर्यटकीय स्थलका रूपमा रहन्छ । पर्यटक पर्यटकीय स्थल, पर्यटन व्यवसाय र पर्यटन केन्द्र सामान्यतया वेग्लावेग्लै कुरा हुन तर यी सबै एक अर्कासंग सम्वन्धित कुराहरू हुन् । एउटा कुरा अर्कोसंग जोडिएर आउने हुनाले यी एकसाथ रहने गर्दछन् । पर्यटक नभई पर्यटकीय स्थलको परिचय हुँदैन । पर्यटन व्यवसायी नभएर पर्यटकका लागि सुविधा हुँदैन । पर्यटन केन्द्र नभई पर्यटकको मन जित्न सक्दैन । यसकारण यी सबै एकसाथ जोडिनुपर्दछ । पर्यटकका लागि उपयुक्त पर्यटकीय स्थल चाहिन्छ । पर्यटकको सुविधाको लागि पर्यटन व्यवसाय चाहिन्छ भने उत्कृष्ट स्थान बन्नका लागि र सबैको मन जित्नका लागि पर्यटन केन्द्र बन्नुपर्दछ ।

पहिलेको तुलनामा आजभोली हरेक मानिसहरू विभिन्न स्थलहरू हेर्न रुचाउने भएका छन् । निकै वर्ष पहिलेको कुरा गर्ने हो भने पर्यटक भन्ने वित्तिकै विदेशी मात्र हुन्छन् वा हुन् भन्ने थियो भने आजभोली यो व्यापक बनेको छ । यसैले धेरैको मन जित्न सफल भएको छ । पहिले निश्चित स्थानमात्र पर्यटकीय स्थल भनेर बुझिन्थ्यो भने आजभोली आकर्षक स्थान बनाउन सके विभिन्न स्थानहरू पर्यटकीय स्थल बन्न सक्दछन् भन्ने पुष्टि भएको छ । पर्यटकीय स्थलहरू यही मात्र हो र यही मात्र हुन्छ भन्ने होइन । सूर्योदय देखिने पहाड होस् चाहे चराहरू रमाउने ताल तलैया वा सरोवर होउन यी सबै पर्यटकीय स्थलमा पर्दछन् । पर्यटकीय स्थलहरू पहिलो नम्वरमा प्राकृतिक हुन्छन् भने दोस्रो मानव निर्मित हुन्छन् । प्राकृतिक पर्यटकीय स्थलहरू पनि केही मात्रामा मानवले सजाएका हुन्छन् तर पनि यो प्राकृतिक नै हो । पर्यटकलाई आकर्षण गर्नका लागि कला थपेको मात्र हो । यही कलाले पर्यटकीय स्थललाई रमणीय बनाएको हुन्छ । मानव निर्मित आफैमा कलात्मक बनाइन्छ । यसकारण यो आफैमा मनमोहक हुन जान्छ । प्रकृति प्रदत्त स्थलहरूलाई कलात्मक बनाइयो भने यसको सौन्दर्य झन बढेर जान्छ । यसले हरेकको मन जित्न सक्दछ ।

भारतीय साहित्यकार राहुल साँकृत्यायन जसलाई संसारका सबैभन्दा बढ्ता घुमक्कडका रूपमा चिन्न सकिन्छ । उनले घुम्ने कुरालाई मनोरञ्जनका साथमा एउटा विचारमा ढालेका छन् । वास्तवमा घुम्ने जाने जो कोहीले पनि यो कुरालाई मनन् गर्न आवश्क छ भन्ने लाग्दछ । घुम्नुको मतलव खोल्दै साँकृत्यायन बुँदागत रूपमा भन्छन् । (१) नयाँ स्थानको भूगोल, वृक्ष, जलवायु, नदी, पर्वतको अवलोकन गर्नु र परिचय दिनु (२) उक्त स्थानको इतिहास प्रस्तुत गर्नु, समाज र राजनीतिको वर्णन गर्नु (३) त्यहाँका वासिन्दाको वंश शास्त्रीय अध्ययन र उनको आचारविचार बुझ्नु । (४) धार्मिक मत विश्वासको अध्ययन गर्नु । (५) भाषा साहित्य, लोक संस्कृति तथा कलाको अध्ययन गर्नु । (६) हरेक स्थानमा पुरातत्वको महत्व बुझी वास्तुकला र शिल्पकलाको इतिहास बुझ्नु । (७) पर्यटकीय दृष्टिले रहेका महत्व र सौन्दर्यको वर्णन गर्नु । (८) उक्त स्थानको वर्तमान अवस्था र भविष्यको यात्रामा गर्न सकिने सुधारको लागि सुझाव दिनु आदि । यी सबै कुरा राहुल साँकृत्यानले उठाएका कुरा हुन् । सबै मनन् योग्यछन् ।

पर्यटकहरू आफू पर्यटनको लागि जाँदा आवश्यक सरजाम लिएर जानुपर्दछ । त्यस मध्येमा अति आवश्यक वस्तु भनेको स्थान हेरी खाद्यवस्तु, क्यामरा, रेकर्डर, डायरी, कलम, वाइनाकुलर, स्थान अनुसारका पोशाक आदि विर्सनु हुँदैन । उकालो चढनु पर्ने स्थान भए उकालोको सहयोगी साथी (लाठी जस्तै) आदि आवश्यक सामग्रीको जोहो गर्नुपर्दछ । नेपालको यो स्थान पर्यटकीय स्थानमा पर्दैन भन्ने छैन । हाम्रा देवालयदेखि लिएर उच्च पहाडी भागबाट आएका झरना सबै पर्यटकीय स्थलहरू हुन् । नेपालमा जति पनि पर्यटकीय स्थलहरू छन् ती सबै कुनै मानव निर्मित छन् भने कुनै प्रकृतिप्रदत्त रहेका छन् । नेपालका पर्यटकीय स्थलहरूले आरम्भका दिनहरूमा स्वदेशीलाई भन्दा विदेशीको मन तान्न सफल भएका हुन् । हाम्रा हिमश्रृङ्खला अवलोकन मात्र नभएर कतिपय पर्यटकहरू आरोहण समेत गर्ने गर्दछन् । कतिपय त तलैयामा उनीहरू दृश्यावलोकन गर्न रुचाउँछन् भने त्यसमा जलविहार गर्न समेत रुचाउने गर्दछन् । यस्ता स्थानहरू एक होइन अनेक रहेका छन् । कतिपय स्थानहरू पूरातात्विक महत्वका रहेका छन् । जो परापूर्व कालमा अति महत्वका थिए । आज ती खोज अनुसन्धान गर्ने अवस्थामा पुगेका छन् । यस्ता स्थानको अवलोकन गर्नेहरूले त्यसको ऐतिहासिक महत्व जान्न चाहन्छन् । आजभोली कतिपय स्थानहरूमा प्राकृतिक सौन्दर्यता अवलोकनका लागि भ्यू टावरहरू निर्माण भएका छन् । यसबाट देखिने दृश्यले मनमा आनन्द प्रदान गर्ने गर्दछ ।

हाम्रा कतिपय भ्यू टावरहरूबाट उत्तर फर्किए हिमाल अवलोकन गर्न सकिने र कतिपय स्थानबाट तराईको केही दृष्य देख्न सकिने खालका पनि रहेका छन् । कतिपय भ्यू टावरबाट ताल तलैया र नदीनाला समेत देख्न सकिने खालका समेत रहेका छन् । पर्यटकीय स्थल एकपटक सजाउन सकियो भने निकै वर्षसम्म त्यसबाट पर्यटक तथा पर्यटन व्यवसायी वा राज्यले फाइदा उठाउन सक्दछ । पर्यटन व्यवसाय प्रायः गरेर एकपटक लगानी गरेर निकै लामो समयसम्म उपयोग गर्न सकिने भएको हुनाले यो व्यवसायमा लगानी गर्दा खेर जाँदैन भनिन्छ । यस्ता खालका पर्यटकीय स्थलहरू आजभोली पालिकास्तरबाट परिचालित भएको पाइन्छ ।

पर्यटन व्यवसाय फस्टाउनका लागि राज्यले पहल गर्नुपर्दछ । राज्य भन्नाले तिन तहको सरकार सकारात्मक हुनुपर्दछ । यसको लागि पहिलो स्थानको परिचय टाढासम्म पु¥याउन सक्नुपर्दछ । पर्यटक आकषर्णका लागि स्थान समेत रुचि जाग्ने खालको हुनुपर्दछ । पर्यटकका लागि आवास, भोजन र सुरक्षा समेत आवश्यक हुन्छ । यस्ता कुराहरू पर्यटकले आफूले लिएर जाने वस्तु होइनन् । सम्वन्धित स्थानमा उपलब्ध हुनुपर्दछ । एकपटक पुगेका पर्यटकका लागि त्यो स्थलको वारेमा जानकारी दिने सहयोगी व्यक्ति र सम्भव भए कुनै पुस्तिका समेत तयार पार्न सके अति उत्तम हुन्छ । जुन् पुस्तिकाबाट पर्यटकहरूले आफूले देखेका कुरा कुनै विर्सन सक्ने र कुनैमा ध्यान नगएको हुन सक्छ । पुस्तिका भएमा त्यसबाट फुर्सदमा थप ज्ञान आर्जन गर्न सकिन्छ । धार्मिक महत्वको स्थान भए त्यसको ऐतिहासिकता र अवलोकनबाट हुनसक्ने प्राप्ति समेत उल्लेख गर्नुपर्दछ भने पर्यटकीय महत्वको स्थल मात्र भए त्यसबाट अवलोकन हुन सक्ने स्थलहरूको वारेमा सामान्य जानकारी दिने । त्यो स्थानमा रहने वासिन्दाको वारेमा र उत्पादन हुने वस्तुका वारेमा पनि समान्यतया जानकारी हुने खालका पुस्तिका भए उनीहरूका चाहना मेटिने हुन जान्छ । जेहोस् आकर्षक पर्यटकीय स्थल पर्यटकका लागि एउटा अनुपम उपहार जस्तै हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?