Butwal Today

नेपाल सुपर लिगमा ललितपुर र चितवनबीच प्रतिस्पर्धा हुँदै

२४ मंसिर २०८०, आइतबार
अ+
अ-

बुटवल,२४ मंसिर । नेपाल सुपर लिग एनएसएलमा आइतबार ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदै छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे शुरु हुनेछ ।

यसअघिका चार खेलमध्ये एकमा जित र तीन खेलमा बराबरी गरेको ललितपुर तालिकाको चौथो स्थानमा छ। आइतबारको खेलमा जित निकाले ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।

चार खेलबाट पाँच अंक जोडेको चितवन तालिकाको पाँचौँ स्थानमा छ। चितवनले यसअघि एक खेलमा जित, दुई खेलमा बराबरी गरेको छ। एक खेलमा हार बेहोरेको छ। ललितपुरसँग जित्न सके चितवन तालिकाको शीर्ष चारमा प्रवेश गर्नेछ।

यही मंसिर ८ गते शुरु भएको एनएसएलको दोस्रो संस्कारणमा ९ टिम सहभागी छन्।