Butwal Today

अर्घाखाँचीमा ट्रक पल्टिँदा चालक र सहचालकको मृत्यु

२४ मंसिर २०८०, आइतबार
अ+
अ-

अर्घाखाँची ।

अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ। जिल्लाको शीतगंगा नगरपालिका-८ सातमारास्थित राप्ति पुलनजिकै ना ६ ख २७३९ नम्बरको ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए।

दुर्घटनामा ट्रकका चालक नवलपरासी पश्चिमको रामग्राम नगरपालिका १८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा जेनस अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ।