ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति

 छात्रवृत्ति पाएका विद्यार्थीलाई उपमहानगरले पनि सम्मान गर्ने उपमेयरको प्रतिवद्धता
२३ मंसिर २०८०, शनिबार
२३ मंसिर २०८०, शनिबार

बुटवल,२३ मंसिर । बुटवल योगिकुटीको मणिमुकुन्द कलेजले काठमाडौं उपत्यका बाहिर सबैभन्दा धेरै विद्यार्थीले एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको दावी गरेको छ । कलेजका ७ जना विद्यार्थीले एमबीबीएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेका हुन् ।  हालसम्म उपत्यका बाहिर एउटै कलेजमा ७ जना विद्यार्थीले एउटै वर्ष एमबीबीएसमा नाम निकालेको सूचना र जानकारी नआएकाले मणिमुकुन्दको नतिजा लुम्बिनी प्रदेशमा सबैभन्दा उत्कृष्ट भएको कलेजको भनाई छ । यस्तै इन्जिनियरिङ, बी अप्टोमेट्री, बीएस्सी फरेस्ट्री र बीएस्सी नर्सिङमा गरी ८ जना मणिमुकुन्दका विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । विभिन्न विषयमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल र बीबीएस चौथो सेमेस्टरमा उत्कृष्ट अंक हासिल गरेका ४ जना विद्यार्थीलाई कलेजले एक भब्य समारोहबीच सम्मान गरेको छ ।
एमबीबीएसमा पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीहरुमा खुशी सापकोटा, राम विनोद यावद, सौगात ढकाल,सन्देश चुदाली,समिर कुंवर,माधव कुमार चौधरी र अस्मिन सलामी रहेका छन् । यस्तै इन्जिनियरिङमा घनश्याम शर्मा,बिशाल रिजाल र रिदम शाही, बी अप्टोमेट्रीमा रिया जयसवाल, बीएस्सी नर्सिङमा मनिका पौडेल र प्रतिक्षा गैरे तथा बीएस्सी फरेस्ट्रीमा समिक्षा अधिकारीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका हुन् । यस्तै बीबीएस चौथो सेमेस्टरमा सुमन पराजुली (७९.४० %),स्मृति न्यौपाने (७८.४०%), सुस्मिता रिजाल (७७.६०%) र झरना अर्याल (७५.४०%) ले उत्कृष्ट अंक हासिल गरेकाले उनीहरुलाई पनि सम्मान गरिएको हो ।

छात्रवृत्ति पाएका विद्यार्थीलाई सम्मान गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले कलेज प्रशासन,प्राध्यापक, विद्यार्थी र अभिभावक गरी चार पक्षको सामूहिक मेहनतले विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताइन् । उनले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नेपालमै बस्ने वातावरण बनाउन तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिइन् ।
मणिमुकुन्द सहित बुटवलका विभिन्न कलेजबाट पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई बुटवल उपमहानगरपालिकाले पनि सम्मान गर्ने उपप्रमुख अर्यालले प्रतिवद्धता जनाइन् ।
सो अवसरमा कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले विद्यार्थीको शैक्षिक संगै सर्वाङगीण विकासमा कलेजले उत्तिकै महत्व दिएको बताए । सरकारले निजी शैक्षिक संस्था र निजी शैक्षि संस्थामा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति र अन्य सुविधामा विभेद गर्न नहुनेमा उनले सरकारको ध्यानाकर्षण गराए ।
कलेजका विज्ञान संयोजक लक्ष्मण गैरेले विद्यार्थीको उज्ज्वल भविष्यका लागि कलेज प्रशासन र प्राध्यापकहरुले कुनै सम्झौता नगर्ने बताए । कलेजका संयोजक पशुति चौधरीले पूर्ण छात्रवृत्तिका लागि परीक्षा दिने कलेजका विद्यार्थीमध्ये ९० प्रतिशतले नाम निकाल्न सफल हुने गरेको दावी गरे ।
कार्यक्रममा अभिभावक महासंघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, एपेक्स स्कुलका प्राचार्य दिपक गौतम,अभिभावक हरिप्रसाद चुदाली, विद्यार्थी खुशी सापकोटा र सुमन पराजुलीले मणिमुकुन्द कलेज शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापमा लुम्बिनी प्रदेशकै अग्रणी संस्था बन्दै गएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?