ट्रेंडिंग:

>> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ

बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव

२३ मंसिर २०८०, शनिबार
२३ मंसिर २०८०, शनिबार

बुटवल,२३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको पक्की पुल बन्न चाहेको बताएका छन् ।

भारतीय दूतावासले बुद्धजन्मस्थल लुम्बिनीमा आयोजना गरेको भारत–नेपाल साँस्कृतिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री किराँतीले आर्थिक रुपमा सबल रहेका दुई छिमेकी देशसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेकाले आफूहरु पक्की पुल बन्न चाहेको बताए ।

‘यो देश गौतबुद्ध र सगरमाथाको हो, यो देश सीताको पनि हो, भृकुटीको पनि हो । हाम्रो चेली भृकुटी चीनतर्फ गइन्, सिता छिमेकी भारततर्फ गइन्, त्यसैले हाम्रो सम्बन्ध आजको होइन, इतिहासदेखिको हो’ मन्त्री किराँतीले भने ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवको उपस्थितिमा भएको कार्यक्रमा मन्त्री किराँतीले लामो समयदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटका विषयमा भारत सकारात्मक नभएकोतर्फ संकेत गर्दै हवाई रुटमा पुर्नविचार गर्न आग्रह गरे । ‘नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने हवाई रुटका सन्दर्भममा महामहिममार्फत फेरी नेपाली जनताको तर्फबाट आग्रह गर्दछु, पुर्नविचार गरियोस्, सम्बन्धित निकायमा पुगोस् हाम्रो अपेक्षा छ’, उनले भने ।

उनले भारतीय दूतावासले लुम्बिनीमा गरेको साँस्कृतिक कार्यक्रमले नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध थप प्रगाण र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण बनेको बताए ।

लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री किराँतीले लुम्बिनीको पर्यटनमा साँस्कृतिक कार्यक्रमले एउटा इँट्टा थप गरेको बताए । भारतसँग नेपालको सम्बन्ध राम र सीताको पालादेखि जोडिएको बताउँदै उनले साँस्कृतिक रुपमा नेपाल र भारत एक अर्काबीच इतिहासदेखि नै जोडिएको जनाए ।

‘रामको मात्रै कुरा गर्दा भारत अपूरो हुन्छ, सीताको मात्रै कुरा गर्दा नेपाल अपूरो हुन्छ’ मन्त्री किराँतीले अगाडि भने –‘बुद्धजन्मस्थल लुम्बिनीको मात्रै कुरा गर्दा नेपाल अपूरो हुन्छ, महापरिनिर्वाण र ज्ञान प्राप्तिको मात्रै कुरा गर्दा भारत अपूरो हुन्छ ।’ भारतको काशी नपुग्दा नेपालीहरुको तीर्थयात्रा अधुरो र भारतीयहरु पशुपतिनाथ र मुक्तिनाथ नआउँदा अधूरो हुने मन्त्री किराँतीले बताए ।

मन्त्री किराँतीले जलवायु परिवर्तन विश्वको साझा चुनौती बनेकाले हिमालय क्षेत्रमा देखापरेको पर्यावरणीय संकट जोगाउनतर्फ भारत सरकारले सहयोग गर्नुपर्ने खाँचो औंल्याए । उनले भारतीय सेनामा कार्यरत नेपाली सेनाका कारणले सम्बन्ध चिनी र पानीजस्तै गुलियो रहेको बताए ।

कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव, पूर्वमन्त्रीहरु हृदेश त्रिपाठी, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा , लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, स्वास्थ्यमन्त्री राजु खनाल, सामाजिक विकास मन्त्री सिके गुप्तालगायत निजी क्षेत्रका उद्योग व्यवसायीको जमघट रहेको थियो ।

नेपाली शास्त्रीय संगीत, थारु नृत्य र अन्य विभिन्न साँस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई फरक पहिचान थपेको थियो । नेपाल र भारतबीचको सम्बन्ध युगौदेखि रहेको र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले लुम्बिनी विकास कोषसँग सहकार्य गरेर साँस्कृतिक कार्यक्रम गरेको कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले जनाए ।

साँस्कृतिक कार्यक्रमसँगै मायादेवी मन्दिर परिसरमा भारतमा रहेका बुद्धिष्ट स्थलहरुको फोटो र मण्डलाको प्रदर्शनी गरिएको थियो । मण्डलाको सँस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री किराँतीले उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?