ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

२२ मंसिर २०८०, शुक्रबार
२२ मंसिर २०८०, शुक्रबार

काठमाडौं ।

यूएईमा सुरु भएको यू १९ एसिया कप अन्तर्गत पहिलो म्याचमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

पाकिस्तानका जिसन खान एक्लैले ६ विकेट लिएपछि नेपालको ब्याटिङ धराशयी भयो । नेपालका लागि उत्तम थापामगरले अर्धसतक बनाए ।

टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेपालले खराब सुरुवात गरेको थियो । पाकिस्तानी बलरहरुको पेस र बाउन्सलाई नेपाली ब्याट्सम्यानहरुले सामना गर्न सकेनन् । सबैभन्दा बढी आशा गरिएका कप्तान देव खनाल र राष्ट्रिय टीमका अनुभवि गुल्शन झा दुवै फ्लप भए ।

छैटौं विकेटका लागि उत्तम थापा र दिपेश कँडेलको साझेदारीले नेपाललाई केही राहत दिएको थियो । ४६ रनमा ५ विकेट गुमाएको अवस्थाबाट यो जोडीले अर्धसतकीय साझेदारी गर्दै नेपाललाई एक सयको आँकडा पार गरायो । दिपेशले ५९ बलमा २ चौका र १ छक्कासहित ३१ बनाएर आउट भए । उत्तमले ७६ बलमा ५१ रन जोडे, जसमा ३ चौका र २ छक्का समावेश थिए ।
३३ रनको अवस्थामा कप्तान देव खनाल आउट भएपछि दवावमा परेको अवस्थामा पाचौं नम्बरमा उत्तम क्रिजमा आएका थिए । अर्को इन्डबाट लगातार विकेट झरिरहँदा उनले एउटा इन्डबाट रन बटुलिरहे । उत्तम आउट भएपछि पछिल्लो क्रमका ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । यद्यपि, अन्तिम विकेटका लागि नेपालले १७ रनको महत्वपूर्ण साझेदारी गरेको थियो ।

पाकिस्तानका जसिम साहले अविस्मरणीय बलिङ गर्दै नेपालका ६ विकेट लिए । उनले ओपनर अर्जुन कुमाल, देव खनाल, दिपेश कँडेल, विशाल विक्रम केसी, विपिन रावल र आकाश चन्दको विकेट लिएका थिए । अग्लो कदका जिसनको बाउन्सले नेपालका ब्याट्सम्यानलाई अप्ठेरोमा पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?