ट्रेंडिंग:

>> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन

२२ मंसिर २०८०, शुक्रबार
२२ मंसिर २०८०, शुक्रबार

प्रदीप ज्ञवाली
सैनामैना, २२ मंसिर ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामपुर क्याम्पसमा नाटक मञ्चन कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा रहेको साहित्यिक क्लवको आयोजनामा कार्यक्रम भएको हो ।

युवावर्गलाई राजनीतिको नाउँमा मुर्दावाद र जिन्दाबादको दोसाँधमा उभ्याएर बेरोजगार बनाएको र युवा विदेशीन बाध्य पारिएको चित्रलाई दर्शाउदै देश र राजनीति शीर्षकमा नाटक मञ्चन गरिएको हो ।

सत्तालाइ चुनौती दिदै उज्जवल मार्ग देखाउने हेतले राज्यको नीति लागू गरी राजनीतिको वास्तविक अर्थ बुझाउनुपर्नेछ भन्ने नाटकको सार रहेको थियो ।

उक्त नाटकको लेखन अञ्जली घिमिरेले गरेकी हुन । लेखीका घिमिरेकै परिकल्पना र निर्देशनमा रहेको नाटक देश र राजनीति हेरिरहँदा दर्शक पनि निकै गम्भीर मुद्रामा देखिन्थे ।

नाटक मार्फत देशको वास्तविक अवस्थालाई देखाउने प्रयास गरिएको थियो । घटना, पात्र र परिवेश मार्फत हालसम्म भइरहेको सत्ताको हानथापलाई नाटक मार्फत देखाउँदा नाटक रुचिकर बनेको लेखिका एवम निर्देशक घिमिरे बताउँछिन् ।

आफ्नो शक्ति अनि स्वार्थको लागि हुने आपसी टकराव, संघर्ष र लुछाचुँडी र यसको युवामा पर्ने प्रभाव यसको विषयवस्तु नाटकमा रहेको थियो ।

नाटकमा देशमा भइरहेका गतिविधिलाई दर्शकले नजिकबाट बुझ्न पाएको आयोजकले बताएका छन् ।

देश बिर्सिएका कैयौ युवावर्गलाइ स्वदेश फर्किएर कर्मठशील बनेर आफ्नै देशमा मिहिनेत अनि संघर्ष गर्नुपर्छ भन्ने उद्देश्यलाइ आत्मसात गर्दै कार्यक्रमको आयोजना पनि गरिएको हो । जहिल्यै देश बिग्रियो वा देशको जिम्मेवारी बोकेका अभिभावकहरु भ्रष्ट भए भन्ने गुनासोलाई पुनः दोहोर्याउन नपरोस् भन्ने हेतुले प्रदर्शन गरिएको हो ।

अस्तव्यस्त जनजीवनलाई नियाल्दा चिसो पसेको छ देशप्रेमी हुँ भन्नेहरुको हृदयमा देशका लागि प्रस्फुटित हुन नसकेका लाखौ भावनाहरु नाटकद्वारा मन्चन गरी देशप्रेमको वास्तविक अर्थ बुझाउन सफल भएको यस नाटकको लेखिका घिमिरे बताउँछिन् ।

कार्यक्रममा मन्तव्य राख्दै क्याम्पसका प्रमुख हेमबहादुर थापाले क्याम्पसमा रहेका विद्यार्थीहरुको प्रतिभा र क्षमतालाई क्याम्पसले सधै उचित स्थान दिने बताए । विद्यार्थीको प्रतिभा उजागर गर्न आफुहरु लागि परिरहेको उनले बताए ।

साहित्यिक क्लबका संरक्षक यदुलाल पन्तको अध्यक्षतामा भएको कार्यक्रममाा क्याम्पस प्रमुख हेमबहादुर थापा, साहित्यिक क्लवका प्रमुख अञ्जली घिमिरे (सुप्रियाञ्जली), सुशिला गौतमलगायतले नाटकले वर्तमान परिवेशलाई उजागर गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?