ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

पर्यटन क्षेत्रले जगाएको आशा

२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

पछिल्लोसमय नेपालमा पर्यटक आगमन उत्साहजनकरूपमा बृद्धि भएको छ । पर्यटक आगमनले नेपालको अर्थतन्त्रलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । गत कार्तिक महिनामा अहिलेसम्मकै धेरै पर्यटकले नेपाल भ्रमण गरेका छन । यो नेपालका लागि अत्यन्त खुसीको कुरा हो । यसैगरी हरेक महिना पर्यटक बढ्ने हो भने यसले नेपालको अर्थतन्त्रमाथि उठाउन ठूलो भूमिका निर्वाह गर्नेछ । अर्थतन्त्र चलायमान बनाउनेमात्र नभै आन्तरिक रोजगारी सिर्जनाका साथै बजार गुल्जार हुन ठूलो सहयोग पुग्न सक्छ । नेपालका धार्मिक तथा ऐतिहासिक स्थलमा पर्यटक आगमनले ठूलो उत्साह सिर्जना गरेको छ र यसबाट पर्यटन ब्यवसायी खुसी र उत्साहित भएका छन । त्यसै त कोरोनाका कारण विगत तीन बर्षदेखि थला परेको भगवान गौतमबुद्ध जन्मस्थल लुम्विनीको पर्यटन क्षेत्र पनि विस्तारै माथि उठ्न थालेको छ । लुम्विनीमा अहिले भारतीयदेखि तेश्रो मुलुकका पर्यटकको चहलपहल बढेको छ । पर्यटक आगमनको सिजन भएकोले पनि लुम्विनीमा पर्यटन क्षेत्रले आशा जगाएको छ ।

लुम्विनीका पर्यटन व्यवसायी विगत तीन बर्ष सुस्ताएको पर्यटनमा अव सुधार आउने अपेक्षा गरेका छन । लुम्विनीमा अहिले आन्तरिक पर्यटकहरूको चहलपहल समेत बढेको छ । कूल राष्ट्रिय गार्हस्थ्य उत्पादनमा १५ प्रतिशत बढीको योगदान दिने पर्यटन क्षेत्र राष्ट्रिय आम्दानीको मुख्य स्रोतमध्येको एक हो । लुम्विनीसंगै देशका अन्य क्षेत्रमा रहेका पर्यटकीय गन्तब्यमा समेत अहिले पर्यटकको आगमन बढेको छ । त्यसबाट नीजि क्षेत्रपनि उत्साहित वनेको छ र विस्तारै पर्यटनसंगै अन्य क्षेत्रपनि आफ्नो गतिमा आउने आधार सिर्जना भैरहेको छ । यो खुसीको कुरा हो ।
पर्यटन व्यवसाय ओझेलमा परेको अवस्थामा देशको समग्र आर्थिक कृयाकलापमा प्रभाव पर्ने गरेको विगतको उदाहरण काफी छन । तसर्थ अव सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि ठोस पहल गर्नु जरुरी छ । देशको आर्थिक अवस्था सुधारमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेकोले देशभर रहेका पर्यटकीय स्थलको संरक्षणमा अव चासो दिनु जरुरी छ । अहिले जसरी लुम्विनीको पर्यटन क्षेत्रले आशा जगाएको छ, त्यो अवस्था सवैतिर हुनुपर्दछ भन्ने हो । कोरोना कालको विगतको कठिन परिस्थतिमा नेपालको पर्यटन क्षेत्र थला परेकै हो । अव यसलाई उठाउने जिम्मा सरकारले लिनुपर्दछ । सरकारका एउटै निर्णयले पनि पर्यटन व्यवसायमा धेरै परिवर्तन आउन सक्छ ।

सरकारका प्रयासले पर्यटन क्षेत्रलाई पूर्ववत गराउन धेरै सहयोग पुग्छ । पर्यटन क्षेत्रलाई सुचारु गराउन सकिएमा यो क्षेत्रमा आश्रित हजारौं मजदुर तथा व्यवसायीको दैनिक जीवन निर्वाहमा ठूलो सहयोग पुग्नेछ । अव सरकारले लुम्विनीसंगै नेपालको समग्र पर्यटन क्षेत्रलाई आकर्षित गर्न स्थानीय स्तरमै ठोस प्याकेज ल्याउनुपर्छ । अव आन्तरिकसंगै बाह्य पर्यटक नेपाल ल्याउन सके देशको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेछ । सरकारले पर्यटन दशक समेत घोषणा गरेको सन्दर्भमा पर्यटन व्यवसायीले समेत सरकारको योजना सफल बनाउनेतर्फ ठोस पहल जरुरी छ । जेहोस पछिल्लोसमय जसरी पर्यटन क्षेत्रले आशा जागृत गरेको छ, यस्तै अरू देशले समेत हौसला जगाउन सक्ने हो भने निश्चितरूपमा नेपालको ओरालो लागेको अवस्थामा सुधार आउनेछ । नेपालमै रोजगारी बढाउन मद्दत पुग्नेछ । आगामी दिनमा पर्यटन क्षेत्रमा देखिएको उत्साहमा कमी आउन नदिने हो भने पर्यटकहरूलाई आकर्षित गर्ने विभिन्न प्याकेज घोषणामा समेत ध्यान दिनु जरुरी छ । पर्यटन दशक मनाउँदै गर्दा थप पर्यटक आकर्षित गर्ने माध्यम खोजी गर्नुपर्दछ । त्यसका लागि सरकार र पर्यटन व्यवसायीबाट सामूहिक प्रतिवद्धता र सहकार्यको खाँचो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?