Butwal Today

एनएसएल फुटबलमा आज इलाम र पोखरा बीच प्रतिस्पर्धा हुँदै

२० मंसिर २०८०, बुधबार
अ+
अ-

बुटवल,२० मंसिर । नेपाल सुपर लिग एनएसएल फुटबलमा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल दशरथ रंगशालामा अपराह्न ५ बजे शुरु हुनेछ ।

जारी लिगमा तीन खेलबाट अपराजित रहँदै पोखरा पाँच अंकसहित तालिकाको चौथो स्थानमा छ । तीन अंक जोडेको इलाम छैटौँ स्थानमा छ ।

मंसिर ८ गते शुरु भएको प्रतियोगितामा ९ टिम सहभागी छन्।