Butwal Today

नेपाल–भारत सिमामा रहेका पिल्लर मर्मत तथा रङरोगन गरिदै

१९ मंसिर २०८०, मंगलवार
अ+
अ-
लमही, १९ मसिर । दाङको गढवा गाउँपालिका –८ कोईलावासमा रहेको नेपाल–भारत छुट्याउने नेपाल ५९९/५ (३८)  नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत  कार्य सुरु भएको छ।  नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन कार्य गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले रङरोगन गरेर शुभारम्भ गरेका छन  ।
लुम्बिनी प्रदेशको दाङ जिल्लाको कुल ७६ पिल्लर मध्ये जोर संख्या भारत र बिजोर संख्या नेपालले मर्मत तथा रङरोगन गर्ने शसस्त्र प्रहरी बल दाङका प्रमुख गोपाल श्रेष्ठले जानकारी दिए।
नेपालले ३५ वटा पिल्लरको मर्मत तथा रङरोगन गर्ने जानकारी दिदै प्रमुख श्रेष्ठले सन् २०१४ भन्दा पहिलेका पिल्लर मर्मत सम्भार नहुने बताए । सरकारको निर्णयअनुसार मंगलबारबाट लुम्बिनी प्रदेशको दाङ जिल्लामा रहेका सीमास्तम्भ मर्मतको काम सशस्त्र प्रहरी बलले सुरु गरेको छ।