ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

एलपिएलमा घोडाघोडी र शुक्लाफाटा विजयी

१९ मंसिर २०८०, मंगलवार
१९ मंसिर २०८०, मंगलवार

धनगढी, १९ मंसिर । कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग एलपिएलको आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी भएका छन्।

समुह सी अन्तर्गतको आजको पहिलो खेलमा कैलालीको घोडाघोडी क्रिकेट एकेडेमीले सुदूरपस्चिमान्चल एकेडेमीलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्यो। प्रतियोगितामा सुदूरपस्चिमान्चलको यो दोश्रो हार हो।

सुदूरपस्चिमान्चलले दिएको १११ रनको लक्ष्य घोडाघोडीले १६.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

घोडाघोडीको ब्याटिंगमा ओपनर बिपिन बिक्रम शाहीले सर्वाधिक ३१ रन योगदान दिए। सन्जय बोहराले २२ तथा कृष कार्कीले २० रन बनाए। ८१ रनमा ६ विकेट गुमेको अवस्थामा सन्जय र कृषले अविजित ३२ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

सुदूरपस्चिमान्चलको बलिंगमा बिरेन्द्र चन्द र पारस सुनारले २–२ तथा सौर्य श्रेष्ठ र निसान रेग्मीले १–१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको सुदूरपस्चिमान्चल एकेडेमीले १८.५ ओभरमा ११० रनमा सबै विकेट गुमायो।

सुदूरपस्चिमान्चलको लागि आशिष लुहारले सर्वाधिक ४२ रन योगदान दिए जुन क्रममा उनले ३६ बलमा १ चौका र ४ छक्का प्रहार गरे। सन्दिप बिस्टले २७ तथा किरण कार्कीले १४ रन बनाए।

घोडाघोडी क्रिकेट एकेडेमीका हरिश बस्नेत एक्लैले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २२ रन खर्चिए। यस्तै संजय बोहराले ३ विकेट लिए भने कृष कार्कीले २ तथा भुपेश जोशीले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच अलराउण्ड योगदान दिएका संजय बोहरा घोषित भए।

आजको दोश्रो खेलमा समुह ए अन्तर्गत शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले विजयी सुरुवात गर्ने क्रममा खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टरलाई ११२ रनको विशाल अन्तरले पराजित गरेको छ।

शुक्लाफांटाले दिएको १७७ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोरले १५.१ ओभरमा ६४ रन मात्र बनायो।

खप्तडको लागि पुकार चन्दले १३ तथा प्रकाश पाण्डेले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

खप्तडलाई सस्तोमा सिमित गर्न शुक्लाफांटाका दायाँ हाते पेसर कैलाश ऐर एक्लैले ५ विकेट लिए। प्लेयर अफ द म्याच घोषित ऐरले ३.१ ओभरमा १५ रन खर्चिए। सुशील रावल, भरत चन्द, बसन्त खत्री र सुरज तिरुवाले १–१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा ९ विकेट गुमाएर १७६ रन बनायो।

शुक्लाफांटाको लागि ओपनर अशोक बिस्टले सर्वाधिक ४१ रन योगदान दिए जुनक्रममा उनले ३५ बलमा ६ चौका प्रहार गरे। किरान ठगुन्नाले २२ बलमा ४ चौका र २ छक्का मद्दतले ३५ रन बनाए। बसन्त खत्रीले २३ तथा लोकेश जोशीले २० रन बनाए।

खप्तड इन्डोर स्पोर्ट्सको बलिंगमा रवी बिस्टले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभरमा २१ रन खर्चिए। प्रकाश पाण्डेले २ तथा मुकेश बिस्ट, नगेन्द्र उपाध्याय र दिपक टमाटाले १–१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत चौंथो दिन पनि दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे आयोजक लिटल फ्लावर र घोडाघोडी क्रिकेट एकेडेमी बीच तथा दोश्रो खेल १ बजे कैलाली जिल्ला क्रिकेट क्लब र खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टर बीच हुनेछ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?