Butwal Today

सत्ता गठबन्धन यताउता हुन्न : प्रधानमन्त्री

१८ मंसिर २०८०, सोमबार
अ+
अ-

काठमाडौं,१८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन यताउता नहुने दाबी गरेका छन्।
सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
सम्पादकहरूले राखेको जिज्ञासाबारे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले हल्ला भइरहन्छन् तर गठबन्धन यताउता हुँदैन भने ।
साथै उनले गठबन्धनमा केही असन्तुष्टि भए मिलाउने पनि बताए।
प्रधानमन्त्री प्रचण्डले आफ्नो पाँच दिने दुबई भ्रमण र कोप २८ सम्मेलनबारे पनि बिफिङ गरेका थिए।
प्रधानमन्त्रीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियान विस्तारै तुहिने दाबी गरे।
गणतन्त्र विरोधी गतिविधि बल प्रयोग नगरी नियन्त्रणमा लिइएको बताए।

लोकतन्त्र बाहिर गएर बोल्न र चल्न नपाइने भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारले संविधानभित्रै रहेर प्रतिवाद गरेको बताए।