ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

लगानी सम्मेलनको औचित्य

१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

सरकारले बैशाखमा लगानी सम्मेलन घोषणा गरेर बैदेशिक लगानी नेपाल भित्राउने प्रयास गरेको छ । लगानी सम्मेलन गर्नुअघि नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता किन अनिच्छुक भैरहेका छन भन्ने प्रश्नको उत्तर समाधान नभएसम्म जतिसुकै लगानी सम्मेलन गरेपनि त्यो निरर्थक र उपलब्धिशून्य हुन्छ । भर्खरै एनसेलबाट आजियाटा कम्पनी बाहिरियो । यद्यपि उसले आफ्नो सेयर विक्री गरेर बाहिरिएको छ तर उसले नेपालमा लगानीको बाताबरण नरहेको भन्दै नेपालबाट बाहिरिने घोषणा गरेको हो । अवस्था यस्तो छ । अनि हामी फेरी उही लगानी सम्मेलनको रटमात्रै लगाईरहेका छौं । लगानीका लागि आवश्यक वातावरणको खोजी गर्न चुकिरहेका छौं । त्यसै त अहिले नेपालको राजनीतिक खिचातानी र जालझेलका कारण अहिले मुलुक नै दिशाहीन भैरहेको छ । जसको प्रत्यक्ष असर लगानीमा परिरहेको छ । विदेशका लगानीकर्ताहरू नेपालमा लगानीको सुरक्षित वातावरणको अवसरमा छन तर त्यो अवसरको उपयोग गर्न नपाउँदा केवल निरासावाहेक केही छैन । नेपालमा जारी राजनीतिक अस्थिरताका बीचमा लगानीकर्ताहरू लगानी गर्न हिचकिचाईरहेका छन् । उद्योगी मैत्री वातावरण मुलुकमा छैन । २०५२ सालयता मुलुकमा सञ्चालनमा रहेका उद्योगहरू समेत धरासायी बन्दै गएका छन् । कतिपय त थेग्न नसकेर बन्द समेत भए । बडो दुःखका साथ भन्नुपर्छ ऋण धन गरेर लगानी गरेको उद्योग व्यवसाय बन्द गर्नुपर्दा उद्योगीहरूको अवस्था कस्तो हुन्छ ? सायदै कल्पना गर्न सकिन्छ । केही समय अघिसम्म मुलुकको आर्थिक क्षेत्रमा करिव १७ प्रतिसत योगदान पु¥याएको नीजि क्षेत्रको योगदान अहिले ४ देखि ५ प्रतिसतमा झरेको छ । यस्तो अवस्था रह्यो भने मुलुकको आर्थिक अवस्था कहाँ पुग्ला ? मुलुकको आर्थिक बिकासमा ठूलो योगदान गर्न सक्ने नीजि क्षेत्रको विकास तथा विस्तारमा सरकारले समयमै सोँच्न जरुरी छ । सरकारले उद्योग व्यवसायमा भएको लगानी संरक्षण गर्ने गरी ऐन कानुनहरू वनाउने र भएका ऐन कानुनको सहज कार्यान्वयन मात्रै गर्ने हो भने पनि उद्योग व्यवसायको विकासमा एउटा ईटा पक्कै थपिने छ । तर सरकारमा सहभागी दल र तिनका नेतृत्वकर्ताहरूले आर्थिक अवस्थाको यो भयावहताप्रति गंभीर हुन ध्यान दिइरहेका छैनन् । मुलुकमा लगानीको सम्भावना नभएको होईन तर त्यसका लागि राजनैतिक इचछाशक्तिको खाँचो छ । यसका लागि सरकार तथा राजनीतिक दलहरू धुमिल भएको लगानीको वातावरण सुधार गर्ने अभियानमा जुट्न जरुरी छ ।

त्यसै त कोभिड महामारीले अघिल्लो आर्थिक वर्षसम्म नेपालको अर्थ व्यवस्था करिव करिव ऋणात्मकको अवस्थामा थियो । अव भने आर्थिक वृद्धिदरमा झिनो भए पनि सुधार आउने संभावना छ । नेपाल राष्ट्र बैंकले पछिल्लोपटक साढे ३ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । यो बर्ष सरकारले पुँजीगत खर्च समयमा गर्न सकेको अवस्थामा अर्थव्यवस्थाका धेरै अवयव चलायमान बन्ने छ जसबाट आर्थिक सुधारका विषयमा आशा गर्ने ठाउँ हुनेछ । तर, पुँजीगत खर्चको अवस्था हेर्दा आशालाग्दो अवस्था छैन । अर्थतन्त्र लयमा आउने अर्को मूख्य कारण रेमिटान्स पनि हो । अहिले नेपालमा रेमिटान्स आगमनमा भारी बृद्धि भएको छ । रेमिटान्ससंगै अहिले इ कारोबार बढेको छ । यो पनि मुलुकका लागि सकारात्मक पाटो हो । अर्थतन्त्र सुधारमा चुनौतिका रूपमा देखिएका एक दुई पक्षमा अझै सुधार ल्याउन सक्ने हो भने नेपालको बित्तिय अवस्था चिन्ताजनक हुनेछैन । त्यसका लागि नेपालमा लगानीको वातावरण सुनिश्चित गरिनुपर्दछ । केवल लगानी सम्मेलनले मात्र नेपालमा लगानीको वातावरण बन्न सक्दैन् । लगानी भित्राउन आवश्यक पूर्वाधार निर्माणको जरुरी छ । जेहोस् सरकारले प्रयास थालेको छ । त्यो सकारात्मक पक्ष हो तर विदेशी लगानीकर्ता नेपालमा लगानीका लागि हिचकिचाउनुका पछाडीको कारण खोजेर जहाँ समस्याको गाँठो छ, त्यो फुकाउने काम गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?