ट्रेंडिंग:

>> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित)

छैठौं लुम्बिनी प्रादेशिक महोत्सव सकियो

नौं करोड बढीको कारोबार
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

भैरहवा (बुटवलटुडे), १८ मंसिर– चेम्बर अफ कमर्श, रूपन्देही (उद्योग व्यापार संगठन, रूपन्देही) को आयोजनामा भैरहवामा सञ्चालित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सम्पन्न भएको छ । ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने मूल नाराका साथ सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा मंसिर ६ गतेदेखि सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म चलेको थियो ।

महोत्सवमा करिब ९ करोड ५५ लाख रूपैयाँको कारोबार भएको उद्योग व्यापार संगठन, रूपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले बताए । महोत्सवको १ लाख ५० हजार दर्शकले अवलोकन गरेको श्रेष्ठले जानकारी दिए । उनले संगठनले विगतका वर्षहरूदेखि संगठनले व्यापार मेला, महोत्सव, सडक खाना महोत्सव लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । उनले भने, ‘आर्थिक मन्दीमा केही भए पनि अर्थतन्त्र चलायमान गराउन केही भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले १३ दिनसम्म महोत्सव सञ्चालन गरेका छौं ।’ अस्थायी संरचनामा महोत्सव सञ्चालन गर्दा धेरै खर्च र समय लाग्ने गरेको उनको भनाइ छ । महोत्सव समापन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले आर्थिक मन्दीको बेला पनि महोत्सव सफलतापूर्वक सम्पन्न भएको बताए । उनले महोत्सव सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । नगरप्रमुख खानले मण्डपको लागि अब जग्गाको खोजीमा लाग्नुपर्नेमा जोड दिए । उनले महोत्सव आयोजना गर्न मण्डपको आवश्यकता रहेको बताए । उनले पर्यटनको विकासको डण्डा कोरिडोर आवश्यक रहेको र डण्डा कोरिडोर योजना सफल भए पर्यटकको बसाइ लब्याउन सकिने बताए ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले मेला‘महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग गर्ने बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका महाप्रबन्धक हंसराज पाण्डेले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनुपर्छ भन्ने मागप्रति आफ्नो पनि ऐक्यवद्धता भएको बताए ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास व्यक्त गरे । उनले मेला शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए ।

उद्योग व्यापार संगठन, रूपन्देहीका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले स्थायी मण्डप नहुँदा मेला–महोत्सव सञ्चालन झन खर्चिलो भएको बताए । उनले विदेशमा मेला–महोत्सव सरकारी निकायले सञ्चालन गर्ने र निजी क्षेत्रले स्टल राख्ने गरेको तर नेपालम महोत्सव निजी क्षेत्रले सञ्चालन गरे पनि सरकारी निकाय विशेष गरी मन्त्रालयहरूबाट अपेक्षित सहयोग हुन नसकेको गुनासो गरे । संगठनका पूर्वअध्यक्ष खिम बहादुर खत्रीले महोत्सव सफल पार्न विभिन्न स्थानबाट सहयोग प्राप्त भएको र सफलतापूर्वक सम्पन्न भएको बताए ।

जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले मेला–महोत्सव मनोरञ्जनका लागि मात्र नभइ यसले अर्थतन्त्र चलायमान गराउन सहयोग गर्ने बताए । लुम्बिनी प्रेस क्लब, रूपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले विश्वव्यापी रूपमा आर्थिक मन्दी रहेको बेला पनि मेला–महोत्सव आयोजना गर्नु महत्वपूर्ण रहेको बताए । उनले महोत्सवमा केही कुरा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा लुम्बिनी महोत्सव विशेषांक (स्मारिका) विमोचन गरिएको थियो । त्यस्तै मंसिर ६ गते निकालिएको औद्योगिक जनचेतना ¥यालीमा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यालय तथा संघ–संस्था तथा मेलामा राखिएका स्टलमध्ये उत्कृष्ट स्टलहरूलाई पुरस्कृत गरिएको थियो । उक्त ¥यालीमा श्री बेलहिया माध्यमिक विद्यालय सिद्धार्थनगर–१, रूपन्देही प्रथम भएको थियो । ¥यालीमा रूपन्देही लीलाराम न्यौपाने मावि सिद्धार्थनगर–८ द्वितीय, तमु ह्युला छोंज धिं गुरुङ्ग राष्ट्रिय परिषद इकाई समिति अञ्चलपुर सिद्धार्थनगर–८ तृतीय र मुनलाइट सेकेण्डरी बोर्डिङ स्कूल सान्त्वना भएको थियो ।

महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका, कृषि तथा भूमिव्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, प्रवद्र्धकमा पर्यटन विकास परिषद, लुम्बिनी प्रदेश, लुम्बिनी साँस्कृतिक नगरपालिका, मर्चवारी, सियारी, शुद्धोधन, कञ्चन, रोहिणी, ओमसतिया, कोटहीमाई र सम्मरीमाई गाउँपालिका, रूपन्देही रहेका थिए ।महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्श, काठमाडौं र नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश रहेका थिए ।त्यस्तै महोत्सवको मुख्य प्रायोजकमा होटल मौर्य, सह–प्रायोजकमा रिया एण्ड रक्षा फुड प्रोडक्ट, माया तेल, एसआर स्टील, नेट पार्टनरमा फाइबर नेट, टिकट प्रायोजकमा एनजी मार्केट मणिग्राम, आधिकारिक बैंकमा प्रभु बैंक, पर्यटन पार्टनरमा बोधी रेडसन होटल र मुख्य गेट प्रायोजकमा माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि. रहेका थिए । संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्का ,अध्यक्ष अनिल कुमार ज्ञवाली तथ महासचिव लक्ष्मी अधिकारी लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?