ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

प्याब्सन लुम्बिनीको लोकनृत्यमा बांकेको एन्जल्स स्कूल प्रथम

१७ मंसिर २०८०, आइतबार
१७ मंसिर २०८०, आइतबार

बुटवल,१७ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन लुम्बिनी लुम्बिनी प्रदेश समितिद्वारा आयोजित अन्तरविद्यालय राष्ट्रिय लोक नृत्य प्रतियोगिता रुपन्देहीमा सम्पन्न भएको छ । तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा भएको फाइनल प्रतियोगितामा बांकेको एन्जल्स स्कूल प्रथम, रुपन्देहीको तिलोत्तमास्थित कुंवरवर्ती बोर्डिङ स्कूल द्वितीय, रुपन्देहीकै दुर्गा शैक्षिक गृह तृतीय र कृष्णसार विद्या निकेतन बर्दिया सान्त्वना भएका छन् । गत असोजदेखि पालिकास्तरबाट छटनोट हुंदै शुरु भएको प्रतियोगितामा जिल्लास्तर हुंदै प्रदेशस्तरमा आइपुग्दा लुम्बिनी प्रदेशका ८ जिल्लाबाट १४ विद्यालयका नृत्य टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यालयले क्रमश: २० हजार,१५ हजार,१० हजार र ५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी विद्यालयका नृत्य टिमहरुलाई लुम्बिनी प्रदेश सभा सदस्य एवं पुर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
कोरोना महामारीका कारण केही समय विद्यार्थीहरुमा एक खालको मानसिक डर त्रास उत्पन्न भएको र शैक्षिक गतिविधि समेत शिथिल बनेको सन्दर्भमा प्याब्सन केन्द्रले विद्यार्थीलाई मनोरन्जनात्मक क्रियाकलापमा सहभागी गराई मानसिकरुपमा तन्दुरुस्त बनाउने उद्देश्यले राष्ट्रियस्तरमै लोक नृत्य प्रतियोगिता शुरु गरेको प्याब्सल लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले बताए । यो प्रतियोगिताले लुम्बिनी प्रदेशका सबै पालिका,जिल्ला र प्रदेशको ऐतिहासिकता, लोक संस्कृति, परम्परा र भेषभुषालाई नृत्यका माध्यमबाट विद्यार्थीहरुले उजागर गरेको अध्यक्ष पाण्डेयले बताए ।
प्रतियोगितालाई तिलोत्तमा नगरपालिकाले पनि आर्थिक सहयोग गरेको उपमेयर जगेश्वरदेवी चौधरीले बताइन् । कार्यक्रम गर्न वनबाटिकाले प्रतियोगी छात्र छात्रा र आयोजकलाई निशुल्करुपमा कार्यक्रमस्थल र प्रवेश टिकट निशुल्क उपलब्ध गराएका थिए ।
प्रतियोगिताको निर्णायकमा राष्ट्रिय नाचघर जमलका निवर्तमान महाप्रवन्धक राजेश थापा र सुरेन्द्र देशराज रहेका प्याब्सन लुम्बिनीका सहसचिव कृष्ण शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?