ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

सुन्तलाले बदलेको अमलाबास

आशालाग्दो आम्दानी देखिएपछि अमलावासबासी अन्य खेती छोडेर सुन्तलातिर आकर्षित भएका छन् । अमलावासका ५० घरपरिवारको मुख्य आम्दानी नै सुन्तला खेती भएको छ । यहाँका कृषकले दुई लाखदेखि १५ लाख रूपैयाँको सुन्तला बिक्री गर्दै आएका सुन्तला व्यवसायी चेतनारायण न्यौपानेले बताउँछन् ।
१७ मंसिर २०८०, आइतबार
१७ मंसिर २०८०, आइतबार

बुटवल, १७ मंसिर । पश्चिम पाल्पाको रैनादेवी छहरा गाँउँपालिका वडा नं. ४ अमलावासको नामनै सुन्तला गाउँ भनेर चिनिन थालेको छ । अमलावासको पूरै गाउँ सुन्तला खेतीले ढाकेको छ । यहाँका कृषकले अन्य खेतीबाली छोडेर सुन्तला खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । गाउँमा २०४० सालमा पहिलोपटक सुन्तला लगाएर चर्चामा आएका गाउँका अगुवा यमलाल कोइराला नै सुन्तला खेतीको प्रेरणा मानिन्छन् । मकै, कोदो र गहुँ आदि फल्ने बारीमा सुन्तला रोप्दा आलोचना खेपेका कोइरालालाई पहिलो वर्ष गाउँमा ‘पागल’ को उपमा पाएका थिए । तर लगाएको तीन वर्षमै कोइरालाले सुन्तलाबाट २० हजार आम्दानी गर्न सफल भएपछि गाउँका अन्य व्यक्तिले सिको गरी सुन्तला खेती गर्न थालेका थिए । अहिले यहाँका प्रत्येक परिवारले एक सयदेखि पाँच सयसम्म सुन्तलाका बोट लगाएका छन् ।

प्रशस्त आम्दानी देखिएपछि अमलावासवासी अन्य खेती छोडेर सुन्तलातिर आकर्षित भएका हुन् । अमलावासमा ५० घरपरिवारको मुख्य आम्दानी नै सुन्तला खेती भएको छ । अमलावास क्षेत्रमा एक कृषकल दुई लाख देखि १५ लाख रूपैयाँको सुन्तला बिक्री गर्दै आएका सुन्तला व्यवसायी चेतनारायण न्यौपानेले बताउँछन् । उनी भन्छन्–‘२५ वर्ष अगाडी भारतमा गर्दै आएको काम छोडेर गाँउमै सुन्तलाको विरुवा रोपेको छु । १५ वर्षदेखि सुन्तला खेतीवाट आम्दानी गर्दै आएको छु, यसैबाट ४ जना छोराछोरी पढाएँ, घरखर्च चलाएँ ।’

सुन्तला खेतीकै आम्दानीवाट सबैको बिवाह दान गरेर उम्केको उनी बताउँछन् । उनले यो वर्ष पनि करिव दश लाखको सुन्तला बेच्ने आशा पालेको छन् । रोग निम्त्याउने किराको व्यवस्थापन समयमै भएकाले सुन्तलाको उत्पादन राम्रो भएको कृषक न्यौपानेले बताउँछन ।
उत्तरतर्फ फर्केको जमिन, ओसिलो जमिन, हिमालका प्रशस्त भूभाग देखिने स्थान भएकाले सुन्तला खेतीलाई आवश्यक पर्ने हावापानी सुहाउँदो हुँदा उत्पादन पनि राम्रो हुने सुन्तला व्यवसायी तथा अमलावास सुन्तला तथा फलफुल समुहका अध्यक्ष कृषक सरोज पोखरेलले बताए गाउँमा अचेल बुढाबुढीको पेन्सन भनेकै सुन्तला भएको स्थानीयको भनाई छ ।

व्यापारीले किसानको बारीमा पुगेर प्रतिकेजी ६० रूपैयाँदेखि ९० रूपपैयाँसम्म सुन्तला खरिद गरेका छन् । सुन्तला गाउले परिचित यो गाउँमा पछिल्लो समय अन्य ठाउँका सुन्तला कृषक समेत सुन्तला बगैचाको अवलोकनमा आउने गरेका छन । पश्चिम पाल्पाको सुन्तला राम्रो ठुलादाना र सफा भएकै कारण बिर्की गर्न कुनै कठीनाइ नहुने सुन्तला व्यापारीहरू बताउछँन् । पश्चिम पाल्पासंगै अर्घाखाँची जिल्लाबाट समेत दैनिक दर्जन गाडीमा सुन्तला बजारतर्फ गैरहेको पाइन्छ । उत्पादीत सुन्तला सदरमुकाम तानसेनसंगै बुटवल र भैरहवा नेपालगञ्ज सम्ममा बिक्री हुन्छ ।
पाल्पाबाट मात्र वार्षिक १८ करोडको सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । अहिले पाल्पामा स्थानीयले जमिनको अवस्था अनुसार ५० देखि सात सयसम्म बिरुवा लगाएर सुन्तला खेती गर्दै आएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको सोमादी, भुवनपोखरी, मुझुग, छहरामा राम्रो सुन्तला उत्पादन हुन्छ । यस क्षेत्रका किसानले वार्षिक रु. १५ लाखसम्म आम्दानी गर्छन् । जिल्लाकै रिब्दीकोट गाउँपालिकाको पालुङ मैनादी, कुसुम खोला, भैरवस्थान, खस्यौली, बगनासकाली गाउँपालिकामा व्यावसायिक रूपमा सुन्तला खेतीप्रति युवापुस्ता आकर्षित बनेका छन् । पाल्पाबाट वार्षिक ५० हजारभन्दा बढी सुन्तलाका बिरुवा बाहिरी जिल्लामा जाने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?