ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण

एक उद्योग, तीन दिदीबहिनी

पढाईमा डिग्रीहोल्डर तीन जना दिदीबहिनीले नेपालमै पहिलो पटक नयाँ प्रविधिको स्टक्चरल घर निर्माणको युरोपियन प्रविधि भिœयाएका छन् ।
१६ मंसिर २०८०, शनिबार
१६ मंसिर २०८०, शनिबार

बुटवल, १६ मंसिर । तीन जना छोरीहरूले नेपालमै पहिलो पटक ‘लाईट गेज स्टिल फ्रेमिङ सिस्टम’ को भवन निर्माण गर्ने उद्योग स्थापना गरेका छन् । कोरोना कालमा स्थापना भएको उक्त उद्योग अहिले ३ बर्षमा टेकेको छ । तीन छोरीमध्ये शोनाली गुरुङ्ग फाईनान्स विषयमा एमबिए गरेकी छिन् । उनकी बहिनी शृष्टि गुरुङ्ग कम्प्युटर साईन्स (आईटी) मा स्नाकोत्तर छिन् भने कान्छी बहिनी डा. शिल्पी गुरुङ्ग दन्त चिकित्सक हुन् ।

रूपन्देहीको पहिलो प्राईभेट लिमिटेड उद्योगको रूपमा आईटीपीएफ सुरुवात गरेका उद्योगी व्यवसायी राजेन्द्रसिंह गुरुङ्ग र राधिका गुरुङका छोरीहरूलाई आफ्नै बुबाको दुई वटा उद्योगमा काम गरेको अनुभवले उद्योगको यात्रा बढाउन सहज भएको हो । आफूसंग भएको सीप क्षमता र दक्षतालाई उपभोग गर्दै उनीहरूले रूपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नम्बर १ लौसामा १३ कठ्ठा क्षेत्रफलमा आई.टी स्टील स्टक्चरल सोलुसन प्रालि स्थापना गरी काम गरिरहेका छन् । युरोपियन प्राविधिमा आधारित लाईट गेज स्टील फ्रेमिङ्ग सिस्ष्टम हाउस, आवास तथा व्यवसायी प्रयोजनको लागि बनाउँदै आएका हुन् । यो दौरानमा उनीहरूले ७ वटा भन्दा बढिघर, भवन, भवनको तला लगायतका संरचना बनाएका छन् ।

उद्योगका म्यानेजिङ्ग डाईरेक्टर सोनाली गुरुङ्गका अनुसार यो उद्योग स्थापनाको लागि ५ करोड लगानी लगाएका छन् । आफ्नै १४ कठ्ठा जग्गामा उनीहरूले उद्योगको संरचना निर्माण गरेका हुन । अत्याधुनिक मेसिनको प्रयोग गरी पूर्ण कम्प्युटराईज विधिबाट उत्पादन भएको संरचनाको प्रयोग गरी भवन तथा आवाशिय संरचना निर्माण गर्दै आएका हुन ।  उद्योगमा सृष्टि गुरुङ्गले प्राविधिक निर्देशकको रूपमा काम गर्दै आएकी छिन् । सोनाली गुरुङ्ग प्रमुख निर्देशक हुन भने डा. सिल्पी चाही कार्यकारी निर्देशक हुन । यी तीनै दिदिबहिनीले त्यसै उद्यम रोजेका होइनन् । अध्ययनसँगै सृष्टि जीआईजेड नेपालमा सिनियर आईटी एड्भाइजर थिइन् । उनीसँग आफ्नै बुवाको कम्पनी इन्टरटेक ग्रुप अफ इण्डष्ट्रिजमा ६ वर्ष काम गरेको अनुभव पनि छ ।

सानोलीसँग पनि माइती नेपालमा प्रोजेक्ट म्यानेजर र कसमस कलेजमा म्यानेजमेन्टमा डिपार्टमेन्ट हेड भएर काम गरेको अनुभव छ । उनले पनि बुवाको कम्पनीमा ६ वर्ष काम गरिसकेकी छिन् । महिला भएकाले अरू कुरामा पनि धेरै गाह्रो हुने उनीहरू बताउँछन । तर, महिला भएर उद्योग सञ्चालन गर्दा धेरै चुनौतीको सामना गर्नुपरेको तीतो अनुभव पनि छ उनीहरूको । फलामे उद्योगमा हात हालेका उनीहरूलाई उद्योग दर्ता गर्नै ६ महिना लाग्यो ।

१४ जनालाई रोजगकारीः उनको उद्योगले निर्माण गर्ने स्टकचरल भवनको लागि आवश्यक पर्ने कच्चा पदार्थ भारतको प्रसीद्ध कम्पनी टाटा स्टील्सले उत्पादन गर्दै आएको छ । टाटा बहुराष्ट्रिय कम्पनी हो । उसले ठूलो संख्यामा कच्चापदार्थ निर्यात गर्दछ । तर नेपालमा गाउँमा तीन जना महिलाहरूद्धारा स्थापना गरिएको उद्योग भएको कारण टाटा ग्रुपका भाईस पे्रसीडेन्ट ले अनलाईनबाट नै कुरा गरेर उनीहरूको लागि स—सानो अंशमा समेत समान पठाएको । एक दिन नेपाल आउने योजना समेत बनाएका छन् । उनहरूले गरेको उद्यमबाट हाल ३ जना ईन्जीनियर सहित १४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अन्य थप दर्जन बढिले फिल्डमा काम भएको बेला रोजगारी पाएका छन् ।

भूकम्प प्रतिरो धी संरचनाः उनीहरूले ने पालमा भित्र्याएको यो संरचना युरो पीयन प्रविधिको संरचना हो । पूर्ण रूपमा भुकम्प प्रतिरो धी र वातानुकुलित समेत रहेको बताइएको छ । ठुलो कंक्रिट संरचनामा दुर्घटना हुँदा वा भुकम्प जाँदा भत्कीएको संरचनाको अंशले लागे र हजारौको संख्यामा मानिसले ज्यान गुमाउने अवस् था रहे को मा यो संरचनाबाट निर्माण गरिएको भवनमा भने क्षती अत्यान्तै न्यून रहे को छ ।

सरकारसँग सहकार्यको आशाः महिला उद्यमीहरूले स् थापना गरे को उद्यो गको लागि सरकारी निकायबाट ठो स रूपमा प्रो त्सहान लगायतका सहयो ग नभएको उद्यमी दिदीबहिनीहरूले गुनासो गरे का छन् । आयात गर्ने कच्चा पदार्थमा अहिले पनि २२ प्रतिशत भन्सार शुल्क लागाएको बताउँदै उनीहरूले सरकारी निकायबाट महिला उद्यमीहरूको लागि प्रो त्साहन गर्नुपर्ने , भुकम्पीय जो खिम युक्त क्षे त्र रहे को ने पालको लागि भकुम्पको क्षती न्युनीकरणका लागि स् कटचरलर कन्सट्रक्सनको प्रयो ग गर्नुपर्ने माग समे त गरे का हुन । उनीहरूले यसको लागि सरकारले भूकम्पबाट क्षतीभएको घरहरूको लागि अब कंक्रीटको भवन भन्दा पनि स् टकचरल भवन निर्माणमा जो ड दिनुपर्ने माग गरे का हुन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?