ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

शेखर र गगनको एकै स्वर : आगामी चुनावमा कांग्रेस एक्लै लड्छ

१६ मंसिर २०८०, शनिबार
१६ मंसिर २०८०, शनिबार

बुटवल, १६ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेस वडादेखि आम चुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।

पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइराला र थापाले एक्लै चुनाव लड्न अहिल्यैबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह गरे ।
‘अब आगामी चुनावमा वडादेखि संघसम्म कांग्रेस एक्लै चुनाव लड्न पर्छ,आजैदेखि तयारी सुरु गर्नुस्’–नेता कोइरालाले भने–‘एक्लै चुनाव लड्न कांग्रेस एक ढिक्का हुनुपर्छ, कांग्रेस एक ढिक्का भए कसैको सहारा लिनुपर्दैन ।’ २०८४ को चुनाव जित्न पार्टीको महाधिवेशन २०८२ भित्र सक्नुपर्ने कोइरालाको भनाइ छ ।

नेता कोइरालाले कांग्रेस परिवर्तन भएमात्र देश परिवर्तन हुने बताए । गौतमबुद्धको उदाहरण दिंदै कांग्रेस परिवर्तन हुन नेताहरुले त्याग गर्न सक्नुपर्ने र उग्र महत्वाकांक्षा र खराब आचरण त्याग्न जरुरी रहेको बताए ।

त्यागले मात्रै नयां नेपाल र नयाँ नेपाली कांग्रेस बन्ने कोइरालाको भनाइ छ । मुलुकमा भ्रष्टाचार र दण्डहीनता बढेको बढ्यै गरेको भन्दै कोइरालाले सुशासन र पारदर्शिता कायम नभएसम्म कांग्रेसले विश्राम लिन नहुने बताए ।

राजनीतिज्ञ, उद्योगी–व्यापारी, कर्मचारीको मिलेमतोमा देशमा भ्रष्टाचार मौलाएको नेता कोइरालाले दावी गरे । बैंक सञ्चालक र उद्योगी ब्यापारी एउटै घरानाका हुँदा नेपालको अर्थतन्त्र समस्यामा परेको र बैंक ब्याजदर चर्को भएको नेता कोइरालाले बताए ।

नेता कोइरालाले बैंकहरु सबैभन्दा ठूला मिटरब्याजी भएको आरोप लगाए ।
कृषि उत्पादन बढाउन सके मात्रै रोजगारी सिर्जना हुने र आत्मनिर्भर अर्थतन्त्र हुने भन्दै उनले युवा पलायन रोकेर स्वदेशमै ४०–५० हजार कमाउने वातावरण बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि चुनाव अघिको गठबन्धनले लोकतन्त्रलाई विकृत बनाएको बताउंदै आउदो च्ुनावमा कांग्रेस एक्लै चुनाव लड्नु्पर्नेमा जोड दिए । समानुपातिक निर्वाचन प्रणालीले पनि विकृति ल्याएको भन्दै उनले यसबारे पनि संसदीय समितिमा गहन छलफल गरी कानून संशोधन गर्नुपर्ने बताए ।
मिश्रित निर्वाचन प्रणालीमा कुनै दलको एकल वहुमत आउंदैन भन्ने कुरा सत्य नभएको भन्दै दल सञ्चालन र नेतृत्वमा समस्या भएकाले वहुमत आउन नसकेको बताए ।
पार्टीको संसदीय समितिले सांसदको टिकट बांड्ने परिपाटीले पार्टीमा गुटबन्दी मौलाएको भन्दै महामन्त्री थापाले सम्बन्धित क्षेत्र,पालिका र वडाबाट मतदान गरेर टिकट वितरण गरेमा पार्टी बलियो हुने तर्क गरे ।
माओवादीले जनयुद्धको नाममा अनावश्यक ढंगले १० वर्षे युद्धको भारी बोकाएर देशको अर्थतन्त्र कमजोर बनाएको थापाले बताए । २०४६ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानवीन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले छानवीन गरेर अनियमित तरिकाले कमाएको भेटिए सम्पत्ति खोस्ने कानून बनाउनुपर्ने बताए ।
महामन्त्री थापाले प्रदेश सरकार महंगो भएको र ठीक ढंगले काम नगरेको जनस्तरमा गुनासो आएको बताए । प्रदेशदेखि संघसम्म धेरै मन्त्रालय हुंदा जनस्तरमा प्रदेशप्रति नकारात्मक टिप्पणी भएको बताए ।
प्रदेशलाई केन्द्रले अधिकार नदिंदा राम्रोसंग काम गर्न नसकेको भन्दै उनले मुख्यमन्त्रीलाई भन्दा सिडिओलाई बढी अधिकार भएको टिप्पणी गरे ।
‘लोभले गर्दा तलदेखि माथि सम्म सबैलाई मन्त्री बन्नुपरेको छ’–थापाले भने–‘मन्त्रालय घटाउनुपर्छ, संघमा ८देखि १० मन्त्रालय भए पुग्छ ।’
आफ्नो क्षेत्रमा टुक्रे वजेट पार्न मरिहत्ते गर्ने प्रवृत्तिले संघका मन्त्रीहरु र वडा अध्यक्षबीच फरक छुट्याउन कठीन हुन थालेको थापाको टिप्पणी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?