ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

ग्रामीण महिला उत्थान केन्द्र आर्थिक र सामाजिक विकासको मियो बन्दै

१६ मंसिर २०८०, शनिबार
१६ मंसिर २०८०, शनिबार

दाङ, १६ मङसिर ।

ग्रामीण महिला उत्थान केन्द्रको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी संस्थापक अध्यक्ष आशमानी चौधरीले राजनीतिक अस्थिरताले देश धेरैपछि परेको बेलामा ग्रामीण महिला उत्थान केन्द्र सामाजिक, आर्थिक सशक्तीकरणको काममा निडर भई उतारचढावका बिच अघि बढेकाले संस्थामार्फत धेरैले जीवनमा सफलता पाउन सम्भव भएको बताएकी छन् ।

सरकारले गर्ने कामलाई एउटा सामाजिक संस्थाले कटिवद्ध भई अनवरत रुपमा सफलताको यात्रा तय गर्न सक्नु आफैमा ठूलो सफलता भएको उल्लेख गरिन् । द्वन्द्वकालीन समयमा समाजका लागि केही गर्नुपर्छ भनेर स्थापित सामाजिक संस्थाले आफुलाई हजारौँको सपना पूरा गर्न खेलेको भुमिका जति प्रशंसा गरे पनि कम हुने उनको भनाई थियो । कार्यक्रममा आर्थिक सबलीकरण, आत्मनिर्भरता, शिक्षा, स्वास्थ्य, कृषि, सचेतनालगायत क्षेत्रमा गरिएको प्रयासले अहिले धेरैले आफुलाई समाजमा उदाहरणीय रुपमा प्रस्तुत गर्न सकेको भन्दै संस्थागत अभियानलाई अझ उँचाईमा पुर्याउन अनुरोध गरेकी थिइन् ।

आत्मनिर्भर र सशक्त समाजको निर्माण गर्ने लक्ष्यका साथ अघि बढेको ग्रामीण महिला उत्थान केन्द्रले प्रदान गर्दै आएको सेवाबाट लाभ लिनेहरु संस्थाको बलियो खम्बाका रुपमा रहेको संस्थाका संस्थापक सल्लाहकार सोगतबीर चौधरीले बताए । संस्था स्थापनाको सुरुवाती कालमा फलामको चिउरा चपाए जस्तै संघर्ष गर्नु परेपनि संस्थाको नीति, सिद्धान्त अनुसार अविचलित भई अथक रुपमा अघि बढ्दा अन्ततः सबैले विश्वास गर्ने संस्थाको रुपमा स्थापित भएको उनले बताए । अहिले संस्थामा ५० हजार बढी सदस्य प्रत्यक्ष जोडिएको जानकारी गराउँदै उनीहरुका परिवारका सदस्यहरुले पनि लाभ लिन पाएको बताए ।

संस्थाका कार्यक्रम अधिकृत एचबी थापाले रोजगारी सिर्जना गर्ने र आत्मनिर्भरको भुमिका खेल्ने काम, शिक्षामा योगदान निकै सराहनीय रहेको बताए । वित्तीय साक्षरतासँगै लगानी गरेर आत्मनिर्भर र सचेतना प्रदान गर्दै गरिबी निवारणमा खेलेको भुमिका सराहनीय भएको र सामाजिक उत्तरदायित्वको दायरा अझ बढाएर सबैका साझा संस्थाका रुपमा उभ्याउन अपिल गरे ।

संस्थाले आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, जलवायू परिवर्तन, आर्थिक जिविकोपार्जन लगायतको विभिन्न क्षेत्रमा काम गर्दै आईरहेको छ । ग्रामीण महिला उत्थान केन्द्रले आत्मनिर्भर लघुवित्त वित्तीय संस्थामार्फत वित्तीय सेवा दिँदै आएको छ । यस्तै, संस्थाले स्थापना गरेको सुनिता ट्रष्ट फाउन्डेसनले पनि विपन्न परिवारका बालबालिकाको शिक्षा र स्वास्थ्यमा लगानी गर्दै आएको छ भने उनीहरुका अभिभावकहरुलाई उद्यममा लाग्न हौसला प्रदान गर्दै आएको छ ।

दाङ, बाँके, बर्दिया, प्यूठान, सल्यान र कपिलवस्तु कार्य क्षेत्र रहेको ग्रामीण महिला उत्थान केन्द्रको वार्षिक साधारण सभाले वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रस्तावित योजना र आगामी रणनीति पनि पारित गरेको छ ।

करीव ३ दशकको बीचमा संस्थाले हजारौँ घरका लाखौँ परिवारमा सेवा पुर्याउँदै योगदान दिईरहेको छ । आत्मनिर्भर लघुवित्तमार्फत सशक्त रुपमा वित्तीय क्षेत्रमा सेवा प्रदान गर्दै सरकारलाई दाङमै सबैभन्दा धेरै कर तिर्ने संस्थाका रुपमा स्थापित हुन सफल भएको छ । उद्यमशीलताका क्षेत्रमा काम गर्दै स्वदेशमै रोजगोरी सिर्जना गरेर वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यता न्यूनीकरणमा सचेत टेवा पुर्याउँदै आएको संस्थाले दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?