ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

एचआइभी संक्रमित नागरिकताबाट बन्चित !

१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

बुटवल १५ मंसिर । रूपन्देहीको ओमसतियाकी ५० वर्षकी सोमकली थारु (नाम परिवर्तन) को अहिले सम्म नागरिकता बन्न सकेको छैन । उनले जन्माएका छोराहरू विदेश गईसके तर उनको नागरिकता बन्न सकेको छैन । एचआईभी संक्रमित थारुलाई नगारिकता नहुँदा औषधी उपचारमा समस्या सृजना भएको छ । उनी भन्छिन् अहिले जसोतसो औषधी खान पाए पनि सरकारले दिने स्वास्थ्य बीमा हुन सकेको छैन । यसले पनि समस्या पारेको छ ।

पहिलो श्रीमानको मृत्युपछि दोस्रो विहे गरेकी थारुलाई पहिलो श्रीमानको घर परिवारको दबाबले गर्दा नागरिकता बनाउन समस्या परेको बताउँछिन् । नागरिकता नबन्दा उनको स्वास्थ्य उपचारमा समस्या भएको छ । नत उनी आफूलाई एचआएभी संक्रमित हुँ भनेर समाजमा खुल्न सक्छिन नत नागरिकता बनाएर स्वास्थ्यको सेवा पाउन सकेकी छन् । त्यसैगरी २० वर्ष देखि रूपन्देहीको ठुटीपिपललमा बस्दै आएका शिव चौधरी (नाम परिवर्तन) को पनि समस्या यस्तै छ । उनी पनि एचआइभी संक्रमित हुन् नागरिकता छैन त्यसैले उपचारमा समस्या भएको छ ।
सरकारले दिने औषधी सहितको अरू सुविधाबाट बञ्चित छन् । उमेरले ५० वर्ष काटिसकेका थारुको यो क्षेत्रमा आफन्त पनि कोहि छैन । उनी भन्छन् आफन्तहरू सबै भारततिर छन् । नागरिता बनाउन समस्या भएको हो ।

गणेश भट्टराई (नाम परिवर्तन) ले सरकारले जोखिममा परेका युवहरूको लागि छुट्टै योजना ल्याउनु पर्नेमा जोड दिए । उनले शिक्षा युवाको आवश्यकता भए पनि जोखिममा परेका धेरै युवाहरू आर्थिक अभावका कारण समस्याका भोग्नु परेको बताए । उनले सरकारी अस्पतालमा पनि संक्रमित ब्यक्तिले अपमानित हुनु परेको भन्दै त्यसका लागि सचेतना जरुरी रहेको बताए । अस्पतालमा गएर संक्रमित हु भन्ने थाहा पाए पछि निजि अस्पतालमा रिर्फर गर्ने गर्दछन् । संक्रमित ब्यक्ति गरिव त्यस माथि निजि अस्पतालको शुल्क महङ्गो यस्तै धेरै सामाजिक विभेदका कारण धेरै संक्रमितहरू मानसिक रोगको सिकार हुन पुगेको बताए ।

जिवन गुरुङ्ग (नाम परिवर्तन) ले एचआईभी संक्रमितहरू धेरै टाढाबाट औषधी उपचारका लागि आउनु पर्ने भएकाले उनीहरूलाई थप सहयोगका लागि यातायातको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले धेरै जसो संक्रमितहरू गरिव परिवारका हुने भएकाले उनीहरूलाई सहज रूपमा अस्पताल आउन र उपचारमा सहयोगका लागि भत्ता हुनुपर्नेमा जोड दिए । उनले केहि संघ संस्थाले उपचारमा आउँदा केही रकम दिए पनि त्यो दिर्घकालिन नहुनी भएकाले सरकारले यस तर्फ सोच्नु जरुरी रहेको बताए ।

एचआइभी संक्रमितहरूको राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश संयोजक अजुन ज्ञवालीले भैरहवामा १६ जना संक्रमित बालबालिका पोषण प्रदान गर्ने, कञ्चन गाँउपालिका र देवदह नगरपालिकामा अन्तरक्रिया लगायतका कार्यक्रम गरेर दिवस मनाउने कार्यक्रम रहेको जानकारी दिए । कार्यक्रममा बोल्दै फिल्ड कर्मचारी रामरतन मालीले समाजमा एचआइभी संक्रमितलाई हेर्ने नजर अझै पनि सकारात्म हुन नसकेको बताए । उनले विद्यालयमा पनि संक्रमित बालबालिकालाई दुव्यवहार गर्ने साना बच्चाको जन्मदर्ता र युवाको नागरिता बनाउन समेत समस्या हुने गरेको बताए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका एचआइभी फोकलब्यक्ति भीमप्रसाद ज्ञवालीले संकमित ब्यक्तिहरूलाई समुदायमा स्थापित गर्न सबैको पहल जरुरी रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?