ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

उखु किसानको माग, उखुको न्यूनतम मूल्य छिट्टै तोक

१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

सुनवल, १५ मंसिर । नवलपरासीका उखु किसानले उखुको न्यूनतम समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् । उखु क्रसिङ्गको सिजन सुरु भईसक्दा समेत उखुको समर्थन मूल्य निर्धारण गर्न सरकारले ढिलाई गरेको प्रति किसानहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
समयमै उखुको समर्थन मूल्य तोके किसानहरूले उद्योगलाई उखु बिक्री गर्न पनि सहज हुने र ठगिनु नपर्ने किसानहरूको भनाइ रहेको छ । नगदे वालीको रूपमा रहेको उखुको उत्पादन लागत र चिनीको वर्तमान बजार मागको आधारमा सर्मथन मूल्य तोक्न उखु उत्पादक कृषक समितिले माग गरेको छ ।

किसानहरूले क्रसरमा उखु विक्रि गर्न सुरु गरिसकेकाले सरकारले तत्कालै मुल्य निर्धारण गर्नुपर्नेमा उखु उत्पादक कृष समिति पश्चिम नवलपरासीका अध्यक्ष उमेश चन्द्र यादवले जोड दिए । जिल्लामा रहेका चिनि उद्योगहरूले अब केहि दिन भित्रबाट मिल संचालन गर्ने तयारी गरिरहेकोले तत्काल उखुको मूल्य तोक्नु आवश्यक रहेको समितिको भनाई छ । कम्तिमा ६ सय ५१ रूपैयाँ प्रतिक्वीन्टल न्यूनतम समर्थन मूल्य निर्धारण गर्न समितिको माग छ । बिगतका वर्षहरूको तुलनामा यस वर्ष जिल्लमा उखुको उत्पादन घट्दै गएको छ ।

यस वर्ष नवलपरासीमा करिब १० देखि १२ लाख क्वीन्टल मात्र उखु उत्पादन भएको समितिको अनुमान छ । बिगतका वर्षहरूमा उखु बिक्री बापतको भुक्तानी समयमा नपाएका कारण किसानहरूले उखुको बिकल्पमा केरालगायतका अन्य बालि लगाउन थालेपछि उखुको उत्पादन घटेको हो । चिनी मिलहरूले अझै पनि किसानको पुरा रकम भुक्तानी गरेका छैनन् भने सरकारले पनि अनुदान बापत पाउनुपर्ने पुरा रकम किसानलाई दिएको छैन् ।

उखु किसानहरूको लागी गत आर्थिक वर्षको अनुदान बापतको रकम केहि हप्ता अगाडी बल्ल सरकारले जिल्लामा पठाएको छ । कुल १५ करोड ७३ लाख रूपैयाँ पाउन बाँकी छ । सरकारले अहिले १५ करोड १२ लाख १५ हजार ५५८ रूपैयाँ अनुदान रकम वितरण गर्न पठाएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल केशव पौडेलले जानकारी दिए । जिल्लाका चार चिनी उद्योगले अनुदान पाउने किसानको नाम कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाएको र त्यसैको आधारमा रकम वितरण गरिने छ । सरकारले समयमै न्यूनतम समर्थन मुल्य नतोक्दा उद्योगहरूले पुरानै वर्षको मुल्यको आधारमा उखु खरिद गर्ने भएकाले किसानहरूले घाटा व्यहोर्न बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?