ट्रेंडिंग:

>> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने

बुटवलमा ३ करोडको लगानीमा खुल्यो ग्याष्ट्रो सेन्टर

१४ मंसिर २०८०, बिहीबार
१४ मंसिर २०८०, बिहीबार

बुटवल, १४ मंसिर ।

बुटवलमा ३ करोडको लगानीमा ग्याष्ट्रो सेन्टर स्थापना भएको छ । वरिष्ठ चिकित्सकसहित चारजना स्वास्थ्यकर्मीहरुको टोलीले ग्याष्ट्रो सेन्टर स्थापना गरेको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा पेट, कलेजो तथा आन्द्रा रोगको सम्पूर्ण उपचार तथा निदान गर्न निजी संस्थाको रुपमा ग्याष्ट्रो सेन्टर प्रालि स्थापना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यसको औपचारिक शुभारम्भ भने मंसिर १६ गते हुने छ ।

काठमाडौं शिक्षण अस्पतालबाट विज्ञता प्राप्त गरेका डा. मोहन भुसालको सक्रियतामा यो संस्थाको स्थापना गरिएको हो । डा. भुसाल वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ हुन् । यस क्षेत्रका बिरामीलाई पेट आन्द्रा तथा कलेजो रोगको उपचार तथा निदान गर्न अव बाहिर जानु नपर्ने डा. भुसालले बताए ।

राजधानी बाहिर लुम्बिनी प्रदेशमा कलेजोको उपचारको व्यवस्था गर्नु, सर्वशुलभ रुपमा पेट सम्बन्धी रोगको व्यवस्थापन गर्नु, भविष्यमा इआरसिपी सेवा सुरु गर्नु, पेटसँगै अन्य समस्यामको उपचार व्यवस्थापन गर्नु ग्याष्ट्रो सेन्टरको उद्देश्य रहेको उनले बताए ।

उक्त सेन्टरमा हाल इन्डोस्कोपी सेवा, क्लोनोस्कोपी सेवा, इभिएल ब्यान्डिङ, पोलि पेक्टोमी र भिडियो एक्सरे सेवा उपलव्ध छन् । अन्य निजी क्लिनिक तथा अस्पतालको शुल्कको तुलनामा केही कम शुल्क तय गरिएको, जेष्ठ नागरिक तथा अशक्त अपाङ्गता भएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकाको हकमा छुटको व्यवस्था गरिएको डा. भुसालले बताए ।

ग्याष्ट्रो सेन्टरमा डा. भुसालसहित चारजना स्वास्थ्यकर्मीहरुको लगानी छ । ग्याष्ट्रो सेन्टरमा नयाँ र आधुनिक प्रविधिबाट उपचार हुने डा. भुसालले बताए।

ग्यास्ट्रो सेन्टरमा फाइब्रोस्क्यान सेवा समेत उपलव्ध रहेको छ । यसले कलेजोको कडापन मापन गर्नुका साथै लिभर फाब्रोसिस, सिरोसिसको निदानमा सहयोग गर्दछ । त्यस्तै हेपाटाइटिस, फ्याट्टी लिभर अल्कोहोलिक लिभर डिजिज÷लिभर इन्जाइम बढेका बिरामीहरुको अवस्थाबारे जानकारी गराउँछ ।

त्यस्तै फाइब्रोस्क्यानले लिभर बायोप्सीबिना नै लिभर ड्यामेज भएको छ छैन भनेर पत्ता लगाउँछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?