ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

नियम बनाउने तर कार्यान्वयन नगर्ने !

१४ मंसिर २०८०, बिहीबार
१४ मंसिर २०८०, बिहीबार

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रभित्र गुटखा प्रयोगमा प्रतिवन्ध लगाएको मात्र होइन बिक्री समेत गर्न नपाउने भन्दै प्रचारात्मक अभियान चलाएको एक बर्ष पनि भएको छैन । पालिकाले कार्यपालिका बैठकबाटै निर्णय गरेर सुर्तीजन्य र गुटखा प्रतिबन्ध ग¥यो तर एक बर्ष नहुँदै पालिकाभरी अहिले गुटखाको बिक्री खुलेयाम भैरहेको छ । तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा भैरहेको मेलामा खुलेयाम रूपमा सुर्ती र गुट्का विक्री भैरहेको समाचार बाहिर आएको छ । तिलोत्तमा नगरपालिकाले गएको २०७९ चैत ७ गते सूचना प्रकाशन गरी नगरपालिकाभित्र सुर्ती र गुट्खाजन्य कुनैपनि पदार्थ विक्री गर्न नपाईने उल्लेख गरेको थियो । तर उक्त नियम एक बर्ष नहुँदै उल्लंघन भएको छ । हजारौं दर्शक आउने मेलास्थलमै भैरहेको खुल्ला बिक्रीले तिलोत्तमाका जनप्रतिनिधिहरूलाई गिज्याईरहेको छ । नियम बनाउने तर नियमको कार्यान्वयन नगर्ने यही र यस्तै अवस्थाका कारण नेपालको विकास र समग्र सिस्टममा धक्का लागेको हो भन्दा अत्युक्ति नहोला । मेलाका आयोजकले स्टल राख्न दिएपनि नियमन गर्ने तिलोत्तमा नगरपालिकाले आँखा चिम्लिनु कदापि राम्रो होइन । त्यसै त सुर्तीजन्य पदार्थका कारण वर्षेनी हजारौं नेपालीले अकालमा ज्यान गुमाउन बाध्य भएका छन । त्यही संवेदनशीलता बुझ्दै १८ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ वेच्न नपाईने कानुन वनेको छ । सरकारले दैनिक अन्य उपभोग्य वस्तु बिक्री गर्ने स्थानमा सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाउने नियम वनाएको छ तर त्यो नियम कार्यान्वयनमै आउन सकेको छैन । कम्तीमा सुर्तीजन्य पदार्थ सेवनमा प्रतिवन्ध लाग्ने हो भने समाजमा हुने विकृति र विसंगति धेरै हदसम्म अन्त्य हुने विश्वास गर्न सकिन्छ । कुनैपनि सरकार आएपनि नेपाली जनताको हितका लागि यो नियममा कडाई गर्नु जरुरी छ । सरकारले सूर्तिजन्य पदार्थ सेवन स्वास्थ्यका लागि हानिकारक भन्दै यसको नियमन गर्न थालेको बर्षौ भएको छ तर यसको नियन्त्रण प्रभावकारी हुन सकेको छैन ।

मानव स्वास्थ्यका हिसावले हानिकारक हुँदाहुँदै पनि राजस्वको ठूलो हिस्सा ओगटेको सूर्तिजन्य बस्तुको उत्पादन तथा बेचविखनमा रोक लगाउन सरकारले सकिरहेको छैन । सरकारका यस्तै कार्यक्रम घोषणा हुने तर कार्यान्वयन नहुने अवस्था छ । यसअघि सिद्धार्थनगर नगरपालिकाले पनि सुर्तीजन्य पदार्थ विक्री तथा प्रयोगमा प्रतिवन्ध लगाएकै हो तर त्यो नियम पनि उल्लंघन भएको छ । सिनपाले पनि कार्यपालिका बैठकबाटै उक्त निर्णय गरेको हो तर सिद्धार्थनगरका हरेक चोक र गल्लीमा सुर्तीजन्य गुटदा, पुकार, पानपराग, सुर्तीको विक्री खुल्ला रहेको छ । सरकारले सूर्तिजन्य बस्तुको बिक्री वितरणकालागि इजाजत पत्र लिएर छुट्टै पसल सञ्चालन गर्नुपर्ने नियम पनि बनाएको छ तर त्यो नियम पनि कार्यान्वयनमा आउन सकेको छैन । यसैले सस्तो लोकप्रियताका लागि घोषणा गर्ने र पछि कार्यान्वयन नगर्ने नेपालको नियती नै बनेको छ । तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका उदाहरणमात्र हुन । अरू पालिकाहरूको अवस्था पनि उस्तै छ । बनेका नियम कार्यान्वयनमा आउन सकेका मात्रै छैनन, अनुगमन समेत हुँदैन । तसर्थ जनप्रतिनिधिहरूले कुनैपनि निर्णय गर्दा कार्यान्वयन गर्न सकिन्छ सकिदैन भन्ने अध्ययन गरेर मात्र गर्नु राम्रो हुन्छ । क्षणिक लोकप्रियताका नाममा हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने काम नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?