Butwal Today

त्रिपालमुनि बस्दै आएकी बालिकाको कठ्याङ्ग्रिएर मृत्यु

१४ मंसिर २०८०, बिहीबार
अ+
अ-

सुर्खेत, १४ मंसिर ।

भुकम्प पछि त्रिपालमुनि बस्दै आएकी जाजरकोट कुशे गाउँपालिकाकी एक बालिकाको चिसोको कारण ज्यान गएको छ ।

कुशे गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिया देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको उनले बताए । बालिकाको बुधवार ज्यान गएको उनले जानकारी दिए । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएका थिए ।