© 2026
सुनवल ।
पश्चिम नवलपरासीको भूमहीमा लुम्विनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रदेशस्तरीय तेक्वान्दो समितिको र योङ्ग गोर्खालीज क्लबको आयोजनामा आगामी मसिर २४ गतेदेखि भूमहीमा प्रथम रामनगर प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने लागेको हो ।
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताका अध्यक्ष तपनकुमार केवटका अनुसार मसिर २४ गतेदेखि २६ सम्म आयोजना गर्ने लागिएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका १२ वर्ष माथिका एकल तथा विभिन्न उमेर समूहमा पुरुष तथा महिला गरी ३०० बढी खेलाडी सहभागी हुने छन् ।
प्रदेश सरकारको सहयोगमा हुन लागेको प्रतियोगितामा टिममा शीर्ष तीन स्थान हात पार्नेले टफ्रि सहित प्रथमलाई गोल्ड मेडल र प्रमाण पत्र, दोश्रोलाई सिल्भर र प्रमाण पत्र साथै तेश्रो हुनेलाई कास्य र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष केवटले जानकारी दिए । उत्कृष्ट क्यारुगी, अनुशासित खेलाडीलाई आकर्षक पुरस्कार दिइने छ ।
योङ्ग गोर्खालीज क्लबको समन्यवमा प्रतियोगिता भूमही स्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा हुने योङ्ग गोर्खालीज क्लबका उपाध्यक्ष विशाल पौडेलले जानकारी दिए ।