ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

नेपालमा बढ्दो छ– बेथितीहरुको छलाङ

१४ मंसिर २०८०, बिहीबार
१४ मंसिर २०८०, बिहीबार

‘क्रान्तिकारी कालमा परिस्थिति निकै तीव्ररूपले वदलिन्छ, यदि वदलिएको परिस्थिति अनुसार क्रान्तिकारीहरूको ज्ञानपनि तिव्ररूपले वदलिएन भने उनीहरूको क्रान्तिलाई विजयसम्म पु¥याउन सकिदैन ।’ माओत्सेतुङ्गको भनाइलाई आत्मसात गर्दै २०५१ साल फाल्गुन १ गतेदेखि आन्दोलनको उद्घोष गरेको प्रचण्डको नेतृत्वको ऐतिहासिक जनआन्दोलनले क्रान्तिको छलाड मार्ने क्रममा तत्कालीन क्रान्तिकारी (आन्दोलनकारी) र सरकार पक्षका गरी १७ हजार भन्दा वढी नेपालीले प्राण आहुती गरेको नेपाल सरकारको अभिलेखमा सुरक्षित छ । अझै अभिलेखमा नसमेटिएका वेपत्ता परिएकाको वmुनै निश्चित संख्या थाहा छैन । उनीहरू त केवल आफ्नै घर परिवार तथा आफन्तहरूको पीडामा मात्रै छन् । उनीहरू के कस्तो अवस्थामा कहाँ छन् भन्ने वmुनै जानकारी छैन । किनकी आन्दोलन कहिले कथित् सामन्ती, फटाहा तथा चुक्लीवाला व्यक्तिले वोलाएर जंगल वा एकान्त ठाउँमा लग्ने, बेल्चा वmुटो कोदालो जस्ता हतियारहरू दिई ठूलो खाल्टो खन्न लगाउने स्वयंलाई अनि खाल्टोमै गएर माथिबाट ढुंगा माटो फालिदिएर पुर्ने अनि छोडेर नारा लगाउदै विजय जुलुश मनाउँदै हिड्ने गरिएका, एकान्तमा जंगलमा लगी गोली प्रहार गरी मारेर खाल्टोमा पुरेका, नेपाल प्रहरी, नेपाली सेना तथा सुरक्षाकर्मीलाई धम्कीपूर्ण किसिमवाट मारिएका वा लखेटिएका वा अत्तोपत्तो नदिएका संख्या पनि त्यो १७ हजारमा पर्दैनन । त्यस्ता व्यक्ति (मृतक) को आफन्तलाई पर्न गएको आफ्नो मान्छेको बेखवरले अहिलेसम्म पनि तड्पाईरहेको छ । मारिएर प्रमाणित भएका आफन्तहरूको पीडामा मल्हम लगाउने अवस्था अब न आयो होला अपेक्षा गर्नु स्वाभाविक मानिन्छ । तर आन्दोलनको नेतृत्व गरेका प्रचण्डले मुलुककै काण्ड पनि तीन पटकसम्म सम्हाल्दा त्यो लक्षण देखिने छाँट छैन ।

अन्तर्राष्ट्रिय सर्वहारा फौजको एउटा सशक्त टुकडीका रूपमा कथित नेपाली सर्वहारा वर्गको राजनैतिक अग्रदस्ता माओवादीको नेतृत्वमा आधार इलाकाहरूको निर्माण गर्दै तिव्ररूपमा अगाडि वढिरहेको दश वर्षे जनयुद्धको ऐतिहासिक प्रक्रियाले विचारधारात्मक संश्लेषणका रूपमा पार्टीका निर्देशक सिद्धात निर्माण ग¥यो । त्यही निर्देशक सिद्धान्तकै जगमा टेकेर वृहत शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइराला र प्रचण्डकै हस्ताक्षरबाट वृहत शान्ति सम्झौता सम्पन्न भयो । त्यही बृहत शान्ति सम्भौता पश्चात यो मुलुकमा तीन तीनचोटी कार्यकारी प्रमुखको रूपमा प्रधानमन्त्री भइसकेका प्रचण्डले खोई पार्टीको निर्देशक विचारको आधारमा ती प्रमाणित भैसकेका मारिएका १७ हजारभन्दा वढी संख्यामा रहेका मृतकको आत्मशान्तिका निम्ति तथा तिनका आफन्तहरूको बन्धन सहित रोइरहेको आशु पुछ्ने प्रयास गरेको ? अनि ती वेपत्ता पारिएका व्यक्तिहरूको आफन्तलाई दिने जवाफ खोई ? देश वनाउने सपना बुनेर आन्दोलनमा होमिएका आन्दोलनकै क्रममा आफ्ना साथीहरू मारिएर आफैले खाल्टो खनी पुरेर छोडेका साथीहरूको सम्झना,उनीहरूको आजको अवस्थामा हेर्ने दृष्टिकोण, घाइते तथा अपाङ्गहरूको अहिले भोग्नुपरेको पीडालाई हिजो देखाइएको सपनाले कति जिस्क्याए होला ? अनि मुलुकको शिक्षा प्रणालीलाई बुर्जुवा शिक्षा प्रणाली भनी पढिरहेका विद्यार्थीलाई आन्दोलनमा लग्ने र आन्दोलनलाई एक पटकमा सफल वनाउन सहयोग गर्ने र उनीहरूको पढाईलाई अलपत्र होइन विवस पार्ने तर आफ्ना (नेता) का छोरा–छोरी, नाती नातिनालाई यही देशको विगतमा कथित बुर्जुवा शिक्षा प्रणाली भनिएको स्कुल÷बैकिङ्ग÷कलेजमा पढाएको देख्न सु्न्न पर्दा हिजोका दिनमा पढ्न पर्दैन भन्दै उक्साएर आन्दोलनमा लगिएका अनि अयोग्य लडाकुको रूपमा आफ्नै घरमा फिर्ता वस्नुपरेका पूर्व लडाकूहरूको मनमा त्यो नेतृत्वप्रति कस्तो धारण वन्यो होला ? तत्कालिन अवस्थामा पार्टीले लिएको नीति पनि अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारबाद भन्दै रटान पारिएको शब्दावली लडाकूहरूको रात्री सपनामा निदाउँदा पनि घोके जस्तो रटानले अहिले भारतप्रति हेर्ने दृष्टिकोणको विवेचनामा पनि रणभूल्लमा परियो होला । कालापानी, लिपुलेक तथा लिम्पियाधुरा एवं पश्चिम नेपालको नवलपरासीको सुस्तामा भारतीयवाद साँच्चैकै देखिएको छ । मुलुक मिचिएको छ, सिमाना साटिएको छ, राष्ट्रियता गुमेकै छ तर यो मुलुकको कार्यकारी प्रमुख, मुलुककै प्रधानमन्त्री चुइकक नवोल्ने र मौनव्रत वसे जस्तो बरु उल्टै भारतको भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्रीलाई खुशी पार्न मन्दिर दर्शन, पहिरन परिवर्तनमार्फत चाकडी गरेको भेटिन्छ तर चु गरेको विरोध गरेको स्वर सुन्न पाइदैन । आफ्नो स्वतन्त्रताका लागि दशकौदेखि राष्ट्रिय भूमिमा युद्ध लड्दै आएका उत्तर पूर्वी भारतका जनसमुदाय, कश्मिरी जनताको लडाई, कश्मिरलाई मुद्दा वनाएर चलिरहेको भारत पाकिस्तान वीचको छिनाझम्टी अवस्था तथा अन्त्यमा भारतको अधिनमा कश्मिर राज्य गाभिएको अवस्था राम्रोसँग हेक्का भएका प्रचण्डपथका अगुवा प्रचण्डले नै कालापानी लिपुलेक लिम्यिाधुरा विवादमा दह्रोसँग आफ्नै खुट्टामा उभिएर तार्किक किसिमबाट प्रमाणित गर्न सक्ने गरी भारतीय प्रधानमन्त्री समकक्षी नरेन्द« मोदीसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने कि नसक्ने ? जबकि नेपाली भूमिमा नेपाली नागरिकहरूसँग भेटेर सामान्य वातचित गरेर गएका छन् नरेन्द« मोदी तर हाम्रै मुलुकका प्रधानमन्त्री अहिलेसम्म त्यहाँ पुग्ने आँट नगर्नु कारण के ?

प्रचण्ड सरकारकै पालामा यो वेथितलिाई नियन्त्रण गर्न प्रदेश संरचना खारेज होस्, मन्त्रीमण्डल सानो होस, समानुपातीक सांसदको व्याख्या खारेज होस्, राष्ट्रिय सभाको भूमिका रचनात्मक होस, पूर्व भिआईपीहरूको सुविधा कटौती होस । जनतालाई उत्पादनमुखी तालिमको व्यवस्था होस्, शिक्षा स्वास्थ्य एवं कृषिमा वजेट वढोस्, वितरणमुखी वजेटको अन्त्य होस् । अनावश्यक सवंैधानिक आयोगहरू खारेज होस् र नयाँ गाडी खरिद वन्द होस्, कृषकको उत्पादनको जिम्मा लिइयोस् । नीतिगत भ्रष्टचारको अन्त्य होस र कथित वुर्जुवा शिक्षाको अन्त्य होस् ।
कहिले सडकबाट आन्दोलन गर्छु भन्नु, कहिले दुईलाख मान्छे उतारेर प्रदर्शन गर्छु भन्नु, कहिले शिक्षा नीतिमा गलत मनसाय प्रकट गर्नु, कक्षा १२ पछिका उच्च शिक्षा पढ्नका लागि विदेशतिर केही अमेरिका, केही क्यानडा, धेरै अष्ट्रेलिया, भारत, रसिया, चीन लगायतका राष्ट्रहरूमा अधिकांश विधार्थीहरू जानेक्रम रोकिएको छैन । ती विदेशी पनि नेपाली विद्यार्थीहरूलाई नेपालमै उच्च शिक्षा पठनपाठनमा रोक्नुपर्ने यो मुलुकले चालेको पहलकदमी खोई ? भारत, चीन, दक्षिण कोरिया पढ्न गएका नेपाली त बरु भविष्यमा फर्केर आउलान् तर क्यानडा, अमेरिका, अष्ट्रेलिया गएका नेपालीहरू भविष्यमा पनि फर्केर आउने संभावना कम छ । त्यसकारण तिनीहरूलाई जान नदिने, गए पनि फर्केर नेपालकै सेवा गर्न आउने वातावरण कहिले बनाउने ?

हिजो आन्दोलन गर्न जाँदा पढ्न नपाएका र आन्दोलनमै अधिकांश जीवन विताएका र अहिले अयोग्य लडाकू भनिएकाहरू पनि विदेशिए, ती अयोग्य लडाकूका पुत्रहरू पनि विदेशमा कथित वुर्जुवा शिक्षा प्राप्ति गर्नका लागि विदेसिए । तिनीहरूलाई रोक्न पहल होस् । आफ्नो उमेरको १८ वर्ष माथिका युवाहरू चाहे पढाइको सिलसिलामा विदेसिउन, चाहे काम गर्ने सिलसिलामा विदेसिउन, यो मुलुकको दुर्भाग्य नै हो । त्यसैले ती युवा तथा युवतीलाई देश निर्माणका लागि रोक्नुपर्दछ । देशको चौतर्फी विकासमा उचित परिश्रमिक दिएर कज्याउनुपर्दछ । त्यसैमा राष्ट्रियता छ । राष्ट्रिय नीतिमार्फत बाहिरिएका आम नेपाली दाजुभाई दिदी वहिनीहरूलाई नेपालकै सेवा गर्नका लागि रोक्ने नीति वनोस् । देशको रक्षा होस्, नेपालमे बसौंबसौं भन्ने भावनको विकास होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?