ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण

भैरहवाबाट अन्तर्राष्ट्रिय नियमित उडान, आश्वासनमात्र विमान आएन

१३ मंसिर २०८०, बुधबार
१३ मंसिर २०८०, बुधबार

बुटवल, १३ मंसिर । वि.सं. २०७९ जेठ सोमबार नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमान स्थल सञ्चालमा आयो । कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा पहिलो उडान अवतरण गरेको थियो । ३२० जहाज अर्थात् न्यारोबडी जहाज अवतरण गरेको छ । भैरहवा विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले भैरहवामा जजिराको जहाज अवतरण गरेको जानकारी दिए । ७४ वर्षसम्म नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको परिभाषा बदलेको यो एअरले केही समय नियमित उडान गरेपनि अहिले भने ठप्प छ । यो बीचमा नेपाल अएरलाईन्स, सौर्य एअर लगायतका एअरलाईन्सले केही छिटपुट मात्रै उडान भरेपनि अहिले भने भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प छ ।

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान टप्प भएपछि यो क्षेत्रका व्यवसायीहरूले कुनै पनि संघीय नेता आउँदा नियमित विमानस्थल सञ्चालनको लागि ज्ञापन पत्र बुझाउँदै ‘विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको गुहार माग्दै’ आएका छन् । भैरहवामा आउने प्रधानमन्त्री देखि मन्त्री वा कुनै पनि संघीय नेताहरूलाई नियमित अन्तर्राष्ट्रिय उडानको मागद गर्दै आएका हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काग्रेसका सभापती शेर बहादुर देउवा सहित सरकारका गृहमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रीहरूलाई समेत यो क्षेत्रका व्यवसायीहरूले नियमित विमानस्थल सञ्चालनको लागि पहलको माग गर्दै ज्ञापन पत्र दिनेको साथै काठमाडौंमा नै गएर भेटेर अनुरोध गर्दै आएका हुन । तर यसमा सरकारले भने ठोस पहल गर्न सकेको छैन ।
वि.सं. २०८० कार्तिक १४ गते लुम्बिनी कार्यक्रममा आएको बेला भैरहवा विमानस्थलमा नै सिद्धार्थ सञ्जाल रूपन्देहीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका थियो । लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले यथाशक्य विमानस्थल नियमित र पूर्ण सञ्चालनका लागि कूटनीतिक पहलकदमी गर्न तथा नेपाल सरकारको स्वामीत्व रहेको नेपाल वायुसेवा निगमको जहाजहरूबाट उडान भर्न अपिल गरेको थियो ।

विमानस्थल सञ्चालनमा नआए यहाँका आमनागरिक, उद्योगी व्यवसायी, विभिन्न संघ–संस्था विमानस्थलमा धर्ना दिने, आन्तरिक उडान ठप्प पार्नेसम्मका दबाबमूलक आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका थिए । सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले विमानस्थल सञ्चालनको व्यवस्था मिलाउन र कार्गो सञ्चालन गर्न तथा वैदेशिक यात्राका लागि गरिने सम्पूर्ण विषयगत कार्यालयको स्थापना गर्न सरकारको पूर्ण ध्यानाकर्षण गराउँदै गराउँदै ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले यथासक्य पहल गर्ने बताएको भएपनि यो विषयमा प्रधानमन्त्री दाहालले ठोस पहल गरेका छैनन् ।

एमालेको लुम्बिनी प्रदेश महाधिवेशनको लागि बुटवल आएको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि व्यवसायीहरूले ज्ञापन पत्र बुझाएका थिए । यो बेलामा आफू प्रतिपक्षमा रहेको भन्दै ओलीले सक्दो पहल गर्ने आश्वासन दिएका थिए । व्यवसायीले पटक–पटक आन्दोलन र ज्ञापन पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गरिरहेका छन् । तर, विमानस्थल पूर्ण क्षमतामा चल्न सकेको छैन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ, सिद्धार्थ होटल संघ, नेपाल टुर्स एण्ड ट्राभल एजेण्ट (नाट्टा) लगायतका दर्जर्नौं व्यावसायिक संघसंस्थाले विमानस्थल पूर्ण क्षमतामा नचलेकोप्रति चिन्ता व्यक्त गर्दै आएका छन् । यो बीचमा पर्यटनमन्त्रीसँगै पर्यटन राज्यमन्त्री, नागरिक उड्यन प्राधिकरण, काँग्रेस, एमाले, माओवादी लगायतका उच्चका तहका नेताहरूलाई व्यवसायीले ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गरेका छन् ।

एक महिना अघि त ४० बढी संस्था विमानस्थलको गेटमा धर्ना नै दिए । विरोध जनाए । सरकारलाई तत्काल नेपाल वायुसेवाबाट सेवा सुरु गर्न आग्रह गरे । तर, कतैबाट सुनुवाइ भएको छैन । बुद्धजयन्तीको अवसरमा लुम्बिनी आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सिद्धार्थ उद्योग वाणिज्य संघले दर्जन माग राख्दै विमानस्थल तत्काल पूर्ण क्षमतामा सञ्चालनका लागि ज्ञापन पत्र बुझाएको छ ।
‘हामीले विरोध गर्ने, ज्ञापन पत्र दिने जति गरे पनि सरकारले सुनेन’, उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘अब थप कार्यक्रम घोषणा गरेर नै आन्दोलन गर्नुपर्ने स्थिति नआउला भन्न सकिँदैन ।

उद्योग व्यापार संगठनका अध्यक्ष अनिलकुमार ज्ञवालीले सरकारले पूर्णरूपमा बेवास्ता गरेकाले अब आन्दोलन चर्काउने चेतावनी दिए । विमानस्थल नियमित सञ्चालनको माग गर्दै रूपन्देहीका उद्योगी व्यवसायीले पछिल्ला केही महिनायता निरन्तर दबाबका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उडान नियमित नभएपछि उनीहरूले दबाबका कार्यक्रम सञ्चालन गरिरहेका हुन् ।
अहिले कुवेतको जजिरा एयरलायन्सले मात्र उडान भरिरहे पनि जजिराले पनि केही समययता उडान रोकेपछि यहाँका उद्योगी व्यवसायी चिन्तित बनेका छन् । विमानस्थल लक्षित गरेर जिल्लामा ठूलो लगानी भइसकेको जनाउँदै उनीहरूले पूर्ण क्षमतामा चलाउनु पर्ने माग गरिरहेका हुन् । सरोकारवालाले नेपाल एयरलायन्सले यहाँबाट उडान भर्नुपर्नेमा माग गरिरहेका छन् । विमानस्थल चलाउन स्थानीय, प्रदेश र संघ सरकारलाई दबाब दिने उनीहरूले जनाएका छन् । जजिरा एयरलाइन्सले अहिले सातामा तीन दिन उडान भरिरहेको थियो ।
धेरैजसो जजिराले खाडी मुलुक आउजाउ गर्ने श्रमिक मात्र बोकिरहेको छ । यहाँबाट भारत लगायतका मुलुकमा यात्रा गर्ने धेरै व्यक्ति भए पनि मुलुककै वायुसेवा कम्पनीले उडान नभर्दा विमानस्थल ओझेलमा परेको स्थानीयको दुखेसो छ ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमको कम्तीमा एउटा विमान अनिवार्य रूपमा सञ्चालनमा ल्याउनुपर्ने बताए । निजी क्षेत्रले आवाज उठाइरहेको सम्बन्धित निकायले नसुनिदिँदा बाह्य पर्यटकका अगाडि मुलुककै लाज भइरहेको उनले बताए । ‘सरकारको ध्यान नै नपुगेकाले समस्या देखिएको हो,’ उनले भने,‘भौतिक पूर्वाधार बनाएर खर्च गर्ने, सञ्चालन गर्न नसक्ने हो भने जनताको पैसाले बनेका सरकारी सबै संरचना यसरी नै खेर जानेछन् ।’
व्यवसायीले दर्जनौंपटक विमानस्थल कार्यालयलाई ज्ञापन पत्र दिएका छन् । छलफल गरेका छन् । तर, व्यवसायीको माग सरकारले नसुन्दा सार्थकता पाउन सकेको छैन । एक हिसाबले भन्ने हो भने सरकारले व्यवसायीको माग र विमानस्थल सञ्चालनप्रति पूर्ण बेवास्ता गरिरहेको छ ।
निजी क्षेत्रले विमानस्थललाई लक्षित गरी अर्बौँ लगानी गरेको छ । तर, त्यो लगानी विमानस्थल पूर्ण क्षमतामा नचल्दा बालुवामा पानी हाले सरह भएको छ । व्यवसायीको निरन्तर दबाब पछि सरकारले आउँदो जेठ १७ बाट नेपाल वायुसेवामार्फत भैरहवाबाट उडान भर्ने जनाएको छ । पर्यटन मन्त्री किराँतीले जेठ १६ बाट उडान हुने भन्दै व्यवसायीलाई ढुक्क हुन आग्रह गरेका छन् । तर, पटक पटक झुकाइरहेको सरकारले जेठ १६ गतेबाट नेपाल वायुसेवामार्फत उडान सुरु गर्छ भन्नेमा व्यवसायी ढुक्क भने छैनन् ।

पुर्व प्रधानमन्त्री देउवालाई ज्ञापन
सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सुचारु गर्न समन्यवात्मक भूमिका निर्वाह गरिदिन पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माग गरेको छ । संघले यस क्षेत्रको आर्थिक मेरुदण्डका रूपमा रहेको यो विमानस्थलबाट निरन्तर उडानको व्यवस्था गर्न माग गरेको हो ।
मंगलबार भैरहवामा देउवालाई ज्ञापनपत्र बुझाउँदै संघले विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन तथा आर्थिक अवस्था समेत नराम्रोसँग प्रभावित भएको बताएको छ । विमानस्थल पूर्णरूपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।
संघले ७ बुँदे माग राख्दै पूर्वप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले बताए । संघले राष्ट्रिय ध्वजाबाहकको विमान उडान सुरु नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी एयरलायन्सहरू आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाज निरन्तर उडान हुनुपर्ने, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमबाट तत्काल भैरहवा–मलेसिया मात्र नभइ भैरहवा–दिल्ली, भैरहवा–कतार सेक्टरमा उडान सुरु गर्नुपर्ने, विश्वका सबै बौद्धिष्ट मुलुकहरूलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अथवा चार्टर्ड उडानका लागि समन्वय गरिनुपर्ने माग गरेको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान हुने अन्तर्राष्ट्रिय विमानहरूमध्ये कम्तीमा २५ प्रतिशत अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानका लागि समन्वय गरिदिनुपर्ने, विमानस्थलमा उडान भएर सञ्चालनमा आउन नसकेका विद्युतीय उपकरण शीघ्र सञ्चालनमा ल्याउनुपर्ने संघको माग छ । ज्ञापनपत्रमा भनिएको छ, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अघि र पछि यहाँको पर्यटन क्षेत्रको सम्भावनादेखि होटल तथा पर्यटन व्यवसायमा रु. ८० अर्ब भन्दा बढी लगानी भइसकेको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरेको लगानी असुरक्षित भएको महसुस गरिएको छ । अहिले बैंकले विभिन्न बहानामा धरपकड गरिरहेको छ । यस्तो अवस्थामा सहयोग हुनुपर्छ तर धरपकडले मानसिक चिन्ता बढ्दो छ । सो लगानी सुरक्षित गराउने वातावरणका लागि समन्वय गरिदिनुहुन हुन माग गर्दछौं ।’

संघले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल विमान सेवा कम्पनीलाई उडान अवतरण गर्नको लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकोमा त्यो छुट सेवा पुनः एक वर्षसम्मका लागि निरन्तरता दिने व्यवस्था गर्न माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले ४३ अर्ब बढी लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ८० अर्बको निजी क्षेत्रको लगानी भए पनि विमानस्थल सञ्चालनमा नआउँदा निजी क्षेत्र मर्कामा परेको बताए । ज्ञापनपत्र बुझ्दै पूर्वप्रधानमन्त्री देउवाले व्यवसायीको मागप्रति आफू सकारात्मक रहेको र विमानस्थल पूर्ण सञ्चालनका लागि आवश्यक पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?