Butwal Today

संघको ४६ अौ स्थापना दिवसको पुर्वसन्ध्यामा स्वस्थ्य शिविर तथा खाना खुवाउने कार्यक्रम

१३ मंसिर २०८०, बुधबार
अ+
अ-

बुटवल, १३ मंसिर। रुपन्देही उद्योग संघको ४६ अौ स्थापना एवं अौधोगिक दिवसको पुर्वसन्ध्यामा मानव सेवा आश्रम भलबारीमा आश्रितहरुलाई स्वस्थ्य परिक्षण तथा खाना खुवाउने कार्यक्रम गरेको छ। शिविरको शुभारम्भ गर्दै संघका निवर्तमान अध्यक्ष माधव पौडेलले विगतबाट नै संस्थागत रुपमा सामाजिक कार्यमा सहयोग गर्दै आएको बताए। गौतमबुद्घ सामुदायिक मुटु अस्पताल स्थापना गरि स्वस्थ्य क्षेत्रमा योगदान दिएको भन्दै ब्यवसायिक विकाससंगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताए।

कार्यक्रममा संघका अध्यक्ष दिलिप सापकोटा, पुर्व अध्यक्ष बोनिन पिया, वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीले शुभकामना ब्यक्त गरे। गौतमबुद्घ सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको संयोजक असोक कुवरले बताए। अस्पतालका मुटुरोग विशेषज्ञ डा गौतमलाल शाक्य, डा मिलन पोखरेलसहित ११ जनाको टिमले शिविरमा परिक्षण गरेका थिए। मुटु, मृगौला र सामान्य परिक्षणसहित ईको, ईसिजि, ल्याब परिक्षण र आवश्यक अौषधि समेत निशुल्क वितरण गरिने उनले बताए।

आश्रमका जिल्ला संयोजक टिकामाया थापाले यश क्षेत्रका ब्यवसायिक र सामाजिक संघसंस्थाहरुको सहयोगमा आश्रमलाई निरन्तर सहयोग हुदै आएको बताईन। हाल आश्रममा ८३ जना पुरुष, ३० जना महिला र १२ जना आश्रित छन।

स्थापना दिवस अन्तरगत संघसंस्थाहरुबिच मैत्रीपुर्ण ब्याडमिन्टन, रक्तदान, मंसिर १५ गते उद्योगी सम्मान सहित शुभकामना आदानप्रदान कार्यक्रम गरिने महासचिव हिरामणी भट्टराईले बताए।