ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

मधेश प्रदेशविरुद्ध नेपाल पुलिस विजयी, केशल भुर्तेलको शतक

११ मंसिर २०८०, सोमबार
११ मंसिर २०८०, सोमबार

पोखरा ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका टिम कप्तानसमेत रहेका कुशल भुर्तेलको शतकीय पारीमा नेपाल पुलिस क्लवले पोखरामा जारी ‘प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता’मा शानदार विजयी सुरुवात गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा समूह सी अन्तर्गत आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लवले मधेश प्रदेशविरुद्ध ५७ रनले जित हाँसिल गरेको हो । कुशलले ५६ बलमा सात छक्का र आठ चौकाको मद्दतले १०२ रन बनाए । उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत हुन् । कुशलले २६ बलमा ५० रन पूरा गरेका थिए भने, उनको विष्फोटक पारीलाई मधेश प्रदेशका विशाल सुस्लिङले ब्रेक गरेका थिए ।

टस जितेर पारीको सुरुवात गरेको पुलिसले २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन जोड्न सफल भयो । खेलमा पुलिसका लागि कुशलसंगै पारीको सुरुवात गरेका सुनिल धमलाले सुस्त गतिमा ४७ बल खेल्दै व्यक्तिगत ४५ रनको योगदान दिए । खेलमा ५ वल फेस गरेका करन केसीले २ छक्का र एक चौका प्रहार गर्दै १६ रन जोडे । तर अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । आरिफ शेख ६ रन बनाउँदै पेभिलियन फर्किदा राशिद खानले ३ रन बनाए । मधेश प्रदेशका लागि विशाल सुस्लिङले २, विशाल पटेलले २ र रुपेश सिंहले १ विकेट हात पारे ।

यता जवाफी व्याटिङमा उत्रिएको मधेश प्रदेश भने १८.२ ओभरमा ११८ रनमा नै समेटियो । मधेशले १३ रन अतिरिक्तको रुपमा पाएको थियो । मधेशका व्याटरहरु पुलिसका घातक बलर सामु खुलेर खेल्न सकेनन् । रुपेश सिंहले २५ बलमा ३ चौका र ३ छक्का प्रहार गदै सर्वाधिक ४० रन बनाए । इमरान शेखले २२ रन, रोहन विक र राकेश कमातले समान १०–१० रन जोडे । पुलिसका लागि करन केसीले आफ्नो ३ ओभरको स्पेलमा १७ रन दिंदै २ विकेट हात पारे । सागर ढकाल, राशिद खान र ललित राजवंशीलेसमेत समान २–२ विकेट लिए । कुशल भुर्तेल र सुनिल धमलाले १–१ विकेट हात पारे ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत सोमबार सुदुरपश्चिम प्रदेशविरुद्ध नेपाल पुलिस र दोश्रो खेल कोशी प्रदेश र त्रिभवन आर्मी क्लवकाविच हुने प्राविधिक संयोजक शक्ति गौचनले जानकारी दिएका छन् ।
एपिएफ अन्तिम चारमा, गण्डकी पराजित
पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा गण्डकी लुम्बिनीसंग पराजित हुँदा शसस्त्र प्रहरीको एपिएफ क्लब सेमीफाइनलमा स्थान पक्का गरेको छ ।

गण्डकी र एपिएफका लागि उत्तिकै महत्वपूर्ण मानिएको आजको खेलमा गण्डकी पराजित हुँदै खेलबाट बाहिरिएको छ भने एपिएफ रनरेटका आधारमा सेमीफाइनलमा स्थान पक्का गरेको छ । गण्डकी विरुद्ध खेल जिते पनि लुम्विनी अन्तिमचार बाट बाहिरन पुगेको छ ।

पोखरामा आइतबार भएको खेलमा गण्डकी लुम्बिनीसंग ५ रनले हार व्यहोरेको हो । घरेलु मैदानमा १०४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी १८.५ ओभरमा ९८ रनमा नै समेटिएको थियो । लक्ष्य पछ्याउने क्रममा गण्डकीका सुदिप अर्यालले २४ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ३५ रनको यागदान दिए पनि उनले टिमलाई जिताउन सकेनन् । १८ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्ने क्रममा उनी लङ अफमा मोहमद हुसेनको बलमा ध्रुव सुनारको हातबाट क्याच आउट हुने पुगे । गण्डकीका लागि अमृत गुरुङले १९, कप्तान विपिन खत्रीले १९, दिनेश बुढामगरले १३, र कमल परियारले ११ रन बाहेक अन्य खेलाडी क्रिजमा जम्न सकेनन् । लुम्विनीका लागि मोहमद हुसेनले ३ं.५ ओभरमा ९ रन दिएर ४ विकेट हात पारे ।

यसअघि टस हारेर पारीको सुरुवात गरेको लुम्विनीले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १०३ रन बनायो । टिमका लागि नर कार्की र धुर्व सुनारले समान २३–२३ रनको योगदान दिंदा, विराट भण्डारीले १६ र मिर्नाल गुरुङले ११ रन जोडे । वलिङतर्फ गण्डकीका अमृत गुरुङले ३ विकेट हात पार्दा चन्द्र पौडेलले २ विकेट लिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?